Dictionary

All Word

9601 घनात्मक वि. १. लम्बाइ, चौडाइ र मोटाइ बराबर हुने |
9602 घनात्मक वि. ना. २. लम्बाइ, चौडाइ र मोटाइका गुणनबाट निस्केको फल |
9603 घनात्मकता ना. घनात्मक हुनाको भाव वा स्थिति।
9604 घनान्धकार ना. घोर अन्धकार, गाढा अँध्यारो, चुक घोप्ट्याएजस्तो अँध्यारो ।
9605 घनघसाइ ना. चर्को मिहिनेत कठोर परिश्रम |
9606 घनिष्ठ वि. १. ज्यादै नजिकको निकटको ।
9607 घनिष्ठ वि. २. खुब घना, बाक्लो ।
9608 घनिष्ठता ना. घनिष्ठ हुनाको भाव वा स्थिति, सामीप्य; निकटता ।
9609 घनीमाव ना. १. गाढा हुनाको भाव, घनत्व, घनता ।
9610 घनीमाव ना. २. एकै ठाउँमा थुप्रो लाग्ने काम, केन्द्रीभूत भाव।
9611 घनीभूत वि. १. घना भएको, साहो, जमेको ।
9612 घनीभूत वि. २. केन्द्रीभूत |
9613 घनीभूत वि. ३. गाढा; बाक्लो ।
9614 घनू वि. हे घना |
9615 घनेरा वि. १. प्रशस्त; मनग्गे; ज्यादा; धेरै ।
9616 घनेरा वि. ना. २. थुप्रो, रास ।
9617 घनेराबात ना. जसो होला भन्ने ठुलो आँट, हिम्मत, साहस ।
9618 घनौटो ना. गोल चलाउने अङ्कुसे परेको हतियार ।
9619 घन्कनु अ.क्रि. १. धेरै जनाले एकैसाथ बोल्दा, गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु, धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर निस्कनु।
9620 घन्कनु अ.क्रि. २. रन्को छुट्नु, प्रतिध्वनि निस्कनु ।
9621 घन्काइ ना. घन्कने क्रिया वा प्रक्रिया |
9622 घन्काइनु क.क्रि. घन्कने पारिनु ।
9623 घन्काउनु प्रे. क्र. घनघन्न आवाज निकाल्नु घन्कने पार्नु ।
9624 घन्किनु अ. क्र. घन्न आवाज निस्कनु, घन्कनु ।
9625 घन्को ना. घन्केको ध्वनि, घन्काइ, रन्को।
9626 घन्क्याइ ना. घन्किने क्रिया वा प्रक्रिया ।
9627 घन्काइनु क.क्रि. घन्किने पारिनु ।
9628 घन्काउनु प्रे. क्रि. घन्नघन्न आवाज निकाल्नु, घन्कने पार्नु ।
9629 घन्किनु अ.क्रि. घन्न आवाज निस्कनु, घन्कनु ।
9630 घन्को ना. घन्केको ध्वनि, घन्काइ, रन्को ।
9631 घन्क्याइ ना. घन्किने क्रिया वा प्रक्रिया |
9632 घन्क्याइनु क.क्रि. घन्किने पारिनु ।
9633 घन्क्याउनु प्रे. क्रि. घन्किने पार्नु, घन्किन लाउनु ।
9634 घन्क्याहट ना. घन्कने चाल वा किसिम; घन्क्याइ ।
9635 घन्चमन्च ना. धेरै मानिसको ठेलमठेल, घचमच, घचारो; घुइँचो ।
9636 घन्ट ना. देवदेवीको पूजाआजा गर्दा हातले हल्लाई बजाइने रालो भएको बाजा; घण्टा ।
9637 घन्टाउके वि. हे. घनटाउके ।
9638 घन्टे वि. १ घण्टजस्तो, घण्टका आकारको।
9639 घन्टे वि. ना. २. सेतो वा रातो रङमा फुल्ने, घण्टजस्तो देखिने, एक प्रकारको फूल ।
9640 घन्टेसो ना. १. घाँटीको गिर्खो; गाँड २. किलकिले ।
9641 घपना ना. कुनै भाँडोमाथि घोप्टो पारेर छोपिने बिर्को, ढकना ।
9642 घपनाघपनी ना. सानो घपना; ढकनी ।
9643 घपु ना. १. जुवामा गन्दै नगनी धेरै रुपियाँपैसा थाप्ने काम, घप्पु ।
9644 घपु ना. २. थप्ने काम थप |
9645 घप्प क्रि.वि. एकैपल्ट घोप्ट्याउने वा पोख्ने किसिमले ।
9646 घप्पु ना. १. लङ्गुरबुर्जा खेल।
9647 घप्पु ना. २. घपु |
9648 घबडाइ ना. घबडाउने भाव, प्रक्रिया |
9649 घबडाइनु अ.क्रि. हे. घबराइनु ।
9650 घबडाउनु अ.क्रि. [प्रा. घुण्डई ] है. घबराउनु ।