Dictionary

All Word

9651 घबडाहट ना. घबराहट ।
9652 घबराइ ना. घबराउने क्रिया वा प्रक्रिया ।
9653 घबराइनु अ.क्रि. घबराउने होइनु, हडबडाइनु ।
9654 घबराउनु अ.क्रि. १. दुःख वा डरबाट मन विचलित हुनु, हडबडाउनु।
9655 घबराउनु अ.क्रि. २. अत्यासमा पर्नु, आत्तिनु ।
9656 घबराहट ना. घबराउने स्थिति, क्रिया वा प्रक्रिया ।
9657 घमन्ड ना. आफआफ्नो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रूप अभिमान सेखी; तुजुक, अहङ्कार, मैमत्ता ।
9658 घमन्डी वि. घमन्ड भएको, घमन्ड गर्ने, तुजुकी, सेखीवाल, अभिमानी ।
9659 घमाइलो वि. लामो झरी वा बदली उघ्रिएर घाम लागेको; घाम लागेको; घाम लाग्ने भएको; पहारिलो।
9660 घमाउनु अ.क्रि. घामले बेसरी तात्नु, टट्टाउनु।
9661 घमास ना. वर्षाकालमा हावा नचल्दा हुने गुम्स्याहट, उकुसमुकुस हुने गर्मी।
9662 घमासान ना. ठुलो डरलाग्दो लडाइँ वा झगडा, घम्साघम्सी ।
9663 घमौरा ना. गर्मी याममा पसिनाबाट उने साना बिमिरा, गर्मीबाट छालामा आउने मसिना खटिरा ।
9664 घम्साघम्सी ना. परस्परको लुछाचुँडी, मारामार, सङ्घर्ष, मुठभेड, ठुलो लडाइँ ।
9665 घर ना. १. गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ, गृह, आलय भवन निकेतन; निवासस्थान, आवास ।
9666 घर ना. २. खाना; कोठा (थर्की आदिको ) ।
9667 घर ना. ३. कुण्डलीमा ग्रहको आफ्ना राशिको स्थान।
9668 घर ना. ४. गृहस्थीको व्यवस्था, गृहस्थी ।
9669 घर ना. ५. पतिगृह ।
9670 घरआँगन ना. १. घर र आँगन, घरको आँगन ।
9671 घरआँगन ना. २. धेरै नजिकको ठाउँ आँखाकै सामुन्नेको ठाउँ ।
9672 घरकटेरो ना. मानिस बस्ने घर र गाईबस्तु बाँध्ने वा सरसामान राख्ने कटेरो ।
9673 घरकेटो ना. छोरी बिहा गरेर दिनलाई हेरिने केटो वा त्यस्तो केटो र उसका घरको स्थिति।
9674 घरखर्च ना. घर-गृहस्थी चलाउनका निम्ति लाग्ने वा लागेको रुपियाँ, पैसा आदि सम्पत्ति ।
9675 घर खानु टु. १. पतिका घरमा पठाइएकी छोरी चेलीले सो घरको कामधन्दा राम्ररी चलाउनु, बुहारीले राम्रोसँग घरको काम गर्नु ।
9676 घर खानु टु. २. घरमा आगो लाग्नु आगाले घर भस्म पार्नु ।
9677 घरखायल ना. घर बनाउने ठाउँ, घर बनाएर बस्न पुग्ने जमिन घरघडेरी ।
9678 घरखेत ना. १. घर र खेत घरजग्गा, घरबास गाँसबास ।
9679 घरखेत ना. २. सर्वस्व ।
9680 घरखेती ना. घर र खेती; घरखेत ।
9681 घरखोप्री ना. केटाकेटीहरूले साना ढुङ्गाको घर बनाई खेल्ने एक खेल वा त्यस्तो खेलौना ।
9682 घरगन्ती ना. घरको गन्ती प्रत्येक घर ।
9683 घरगाउँले ना. बिहामा दुलहीपट्टिका गाउँलेहरूलाई भनिने शब्द, दुलहीका दाजुभाइ, इष्टमित्र ।
9684 घरगृहस्ठ वि. घरगृहस्थी भएको घरजम भएको वा घरजम गरेर बसेको, गृहस्।
9685 घरगृहस्थी ना. १. घरजम ।
9686 घरगृहस्थी ना. २. घर र घरका सबै सरसामान।
9687 घरगौथली ना. घरका दलिनहुँदो माटाको गुँड लगाएर बस्ने एक प्रकारको चरो ।
9688 घरघडेरी ना. घर र त्यसले चर्चेको जग्गा जमिन ।
9689 घरघर क्रि.वि. गाडी आदि चल्दा शब्द आउने किसिमले, साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौं र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी ।
9690 घरघराइ ना. घरघराउने क्रिया वा प्रक्रिया |
9691 घरघराइनु अ.क्रि. घरघर शब्द निक्लिनु ।
9692 घरघराउनु अ.क्रि. घरघर शब्द आउनु ।
9693 घरघराना ना. १. घर र जेथा; घर र घरका सरसामान।
9694 घरघराना ना. २. घरसार, घरायस; घैघराना ।
9695 घरघराहट ना. घरघर गर्ने चाल वा किसिम ।
9696 घरघरिनु अ.क्रि. घरघर शब्द निक्लिनु ।
9697 घरघरे वि. घरघर शब्द गर्ने ।
9698 घरघुरिया ना. थारू जातिका परिवारको नाइके, घरको मूली ।
9699 घरङ्घाट ना. १. घरगृहस्थी बिग्रँदै गएको अवस्था, आर्थिक स्थिति घर्कंदै गएको चाल, ओरालो लाग्ने काम, अवनति ।
9700 घरङ्घाट ना. २. सर्वनाश, सत्यानाश ।