Dictionary

All Word

9701 घरजग्गा ना. घर र खेतबारी ।
9702 घरजग्गा कर ना. घर र जग्गामा लाग्ने नियम - कानुनबमोजिमको निर्धारित कर ।
9703 घरजग्गावाला ना. घर र जग्गाको मालिक वा स्वामी, घर र जग्गाको धनी ।
9704 घरजम ना. घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर-गृहस्थी, गृहस्थाश्रम |
9705 घरजुवाईं / घरज्वाइँ ना. ससुरालीमा बसेर जीविका चलाउने जुवाइँ |
9706 घरझगडा ना. घरभित्र हुने झगडा वा बाझो; गृहकलह ।
9707 घरझारो ना. प्रत्येक घरबाट मद्दत लिने काम, घरलौरी |
9708 घरतरुल ना. १. पानका जस्ता पात हुने, मञ्जरीजस्तो फूल फुल्ने र गिट्ठाजस्ता खैरा फल फल्ने, लामा र विभिन्न रङका कन्द हुने एक लहरो ।
9709 घरतरुल ना. २. त्यसैको कन्द वा गानो ।
9710 घरदर ना. १. जनगणना, जनगणनासम्बन्धी काम ।
9711 घरदर ना. २. घरको सङ्ख्या, घरधुरी ।
9712 घरद्वार ना. घरबार, घरबास ।
9713 घरधनी ना. घरको मालिक, गृहस्वामी; गृहपति ।
9714 घरधन्दा ना. घरको कामकाज, घरेलु व्यवहार, घरेलु धन्दा, घरायसी काम, कोठेधन्दा |
9715 घरपटी /घरपट्टी ना. घरको मालिक, घरधनी, गृहपति, गृहस्वामी ।
9716 घरपाइक ना. घरको नजिक, घरको छेउछाउ ।
9717 घरपारुवा वि. ना. अन्न तथा फलफूल आदिबाट पारम्परिक घरेलु प्रविधिद्वारा तयार पारिएको रक्सी |
9718 घरपाला / घरपालुवा वि. घरमा पालेको वा पालिने; घरेलु (पशुपक्षी आदि) ।
9719 घरपाला / घरपालुवा मौरी ना. घरका बारी, बगैंचा आदि ठाउँमा पालिने र चाकाबाट धेरै मह र थोरै मैन प्राप्त हुने एक प्रकारको मौरी ।
9720 घरपैंचो ना. १. नयाँ घरको प्रतिष्ठा, घरको वास्तुकर्म ।
9721 घरपैंचो ना. २. बाहिरफेरको लिनुदिनु नभई घरैमा गरिएको पैंचो वा सापटी |
9722 घरफोरा वि. १. घरको भेद शत्रुलाई बताउने घर बझाउने वा घरमा फुट ल्याउने ।
9723 घरफोरा वि. २. घर फोर्ने चोरी गर्ने ।
9724 घरबन्दी ना. घरमै थुनेर राख्ने काम, घरबाहिर जान नदिने गरी लगाइने बन्देज |
9725 घरबार ना. १. घर र बारीको बन्दोबस्त, घरजम, घरगृहस्थी।
9726 घरबार ना. २. विवाह।
9727 घरबारी ना. घर र खेतीपाती, घर र घरवरिपरिको जमिन, गृहस्थी ।
9728 घरबारी सन्न्यासी ना. १. जोगी र जोगिनीबाट जन्मेको व्यक्ति जन्मदेखि नै सन्न्यासी ।
9729 घरबारी सन्न्यासी ना. २. घरबार गरी बसेको सन्न्यासी, गृहस्थ सन्न्यासी ।
9730 घरबास ना. आफू बस्ने घर, रासोबासो; घरबार ।
9731 घरबिदा ना. सरकारी वा कुनै पनि संस्थानका कर्मचारीले सालभरमा नियमले तोकेबमोजिम घर बस्न पाउने बिदा |
9732 घरबुना ना. घरेलु तानमा तयार गरिने एक जातको मोटो कपडा, खाँडी, खादी।
9733 घरबेटी ना. हे. घरभेटी ।
9734 घरभँडुवा / घरभाँडा वि. १. घर-परिवारमा नचाहिँदा झमेला झिकेर घर भाँड्ने काम गर्ने, घरको मूली वा मालिकका अदबमा नरही जथाभाबी गरेर अरू जहानको मन बिगार्ने ।
9735 घरभँडुवा / घरभाँडा वि. ना. २. त्यस्तो किसिमको मानिस ।
9736 घरभाडा ना. आफ्नो घर अरू कसैलाई निश्चित वा केही समयका लागि चलन गर्न दिएबापत पाइने बहाल, महसुल, किराया ।
9737 घरभेटी ना. १. घरजग्गाको धनी घरको मालिक, घरबेटी ।
9738 घरभेटी ना. २. भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द घरपट्टी ।
9739 घरवाला ना. घरको मालिक, घरपट्टी; घरबेटी ।
9740 घरसङ्गा ना. घर बनाउन चाहिने मालसामान (खाँबो, बलो आदि काठपात) ।
9741 घरसङ्गी ना. घरसङ्गा।
9742 घरसाङ्लो ना. प्रायः दही, दुध भएका घरमा हुने कैलो - कैलो रङको साइलो |
9743 घरसापटी ना. घरखर्चका निम्ति एक घरका मानिसले अर्का घरका मानिससँग लिने सापटी |
9744 घरसार ना. १. घरायसी काम घरधन्दा ।
9745 घरसार ना. २. घरगृहस्थी, घरजम; घरायस।
9746 घरसारको वि. घरमा गरिएको वा लेखिएको ( लिखत ); घरसम्बन्धी ।
9747 घरान ना. घरको सम्पत्ति तथा मर्यादा, वंश, कुल, खानदान ।
9748 घरान ना. कपडा आदिको लमाइ र चौडाइको नाप ।
9749 घराना ना. १. उच्च कुल, प्रसिद्ध खानदान ।
9750 घराना ना. २. वंश, कुल ।