Dictionary

All Word

9751 घरानियाँ वि. १. ठुलो कुलको, घरानको; खानदानी, कुलीन ।
9752 घरानियाँ वि. २. कुलको वंशको ।
9753 घरानी वि. घरानियाँ |
9754 घरायस ना. गाउँघर, घरसार।
9755 घरायसी वि. घरसारको; घरैमा हुने वा गरिने ( लिखत आदि); घरेलु ।
9756 घरिना ना. १. पत्नी, स्वास्नी ।
9757 घरिना ना. २. घरपट्टी महिला ।
9758 घरिया ना. सुनचाँदी गाल्ने माटाको भाँडो ।
9759 घरियाल ना. एक जातको ग्राह, घडियाल ।
9760 घरी ना. केराका काइँया भएको सिङ्गो झुप्पो, डाँठसमेतका केराका काइँयाहरूको ठुलो गुच्छो ।
9761 घरी ना. घडी, थोरै समय एकै छिन ।
9762 घरीको घराँस ना. आतुरीको बेला ।
9763 घरीघरी क्रि.वि. १. छिनछिन थोरथोरै समयमा ।
9764 घरीघरी क्रि.वि. २. बारम्बार बारबार, पटक-पटक; घडीघडी ।
9765 घरुवा ना. वरिपरि डिल पारी बिचको पानी उल्झेर माछा मार्न वा समात्न बनाइएको ठाउँ ।
9766 घरेलु वि. १. घरको घरसम्बन्धी, घरायसी ।
9767 घरेलु वि. २. घरमा पालिने वा पालिएको, घरपालुवा ।
9768 घरेलु इलम ना. आफ्नै घरमा बसी-बसी गर्न सकिने सानो खालको उद्योग वा शिल्प, घरेलु उद्योग ।
9769 घरेलु उद्योग ना. १. घरेलु इलम घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग, परम्परागत प्रविधिअनुसार जात- जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग।
9770 घरेलु उद्योग ना. २. बढीमा दुई लाखसम्मको स्थिर पुँजी लगानी गरेर चलाइने उद्योग, कुटीर उद्योग ।
9771 घरेस ना. गृहप्रबन्ध (दिव्योपदेश ) ।
9772 घर्कनु अ.क्रि. १. घट्तै जानु, सिद्धिदै जानु, घहरिनु ।
9773 घर्कनु अ.क्रि. २. खस्कनु अवनति हुनु ।
9774 घर्कनु अ.क्रि. ३. ढल्कनु, बित्तै जानु ।
9775 घर्कनु अ.क्रि. ४. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु, भाग्नु।
9776 घर्काइ ना. घर्कने काम वा प्रक्रिया |
9777 घर्काइनु क.क्रि. घर्कन लाइनु ।
9778 घर्काउनु प्रे. क्रि. घर्कन लगाउनु ।
9779 घर्काहट ना. घर्कने काम वा अवस्था ।
9780 घर्काहा वि. घर्कने खालको ।
9781 घर्किनु अ. क्रि. घर्कने होइनु ।
9782 घर्क्याइ ना. घर्किने क्रिया वा प्रक्रिया |
9783 घर्घर ना. १. गाडा, बग्गी आदिको आवाज ।
9784 घर्घर ना. २. सुतेका मानिस घुर्दा आउने आवाज ।
9785 घर्घर ना. ३. हे. घरघर।
9786 घर्घरिका ना. १. मही पार्ने ठेको ।
9787 घर्घरिका ना. २. एक प्रकारको पुरानो बाजा ।
9788 घर्ती ना. १. नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग ।
9789 घर्ती ना. स्त्री. घर्तिनी ।
9790 घर्ती ना. २. क्षत्रीको एक थर।
9791 घर्तेना ना. घर्तीजातकी स्त्रीलाई आदर जनाउँदा प्रयोग हुने शब्द, घर्तिनी ।
9792 घर्म ना. १. घाम ।
9793 घर्म ना. २. गर्मी ।
9794 घर्म ना. ३. ग्रीष्म ऋतु गर्मी याम।
9795 घर्याँस ना. घर्केको बेला थोरै समय ।
9796 घर्याँस ना. (उदा.- एकै छिनमा घरीको घर्याँस भइहाल्यो) |
9797 घर्र क्रि.वि. गह्रौं र खँदिलो वस्तु स्स्याउँदा आवाज आउने गरी।
9798 घर्रा ना. दराज, टेबिल आदिमा मालसामान राखिने, तानेर खोल्न हुने खण्ड ।
9799 घर्ष ना. १. रगडाइ, रगेडा, रगड्ने काम, घर्षण ।
9800 घर्ष ना. २. पिँध्ने काम; पिंधाइ।