Dictionary

All Word

9801 घर्षक वि. १. रगड्ने, घोट्ने ।
9802 घर्षक वि. २. पिँध्ने ।
9803 घर्षण ना. १. रगड्ने काम, रगेडाइ, घोटाइ |
9804 घर्षण ना. २. पिध्ने काम; पिंधाइ।
9805 घर्षण ना. ३. कुनै ठोस पदार्थ ढल्दा निस्कने सापेक्ष शक्ति ।
9806 घर्षित वि. १. घोटिएको, रगेडिएको, दलिएको ।
9807 घर्षित वि. २. पिँधिएको ।
9808 घलघल ना. पेटमा वायु भरिएर कराउने किसिमले तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी ।
9809 घलघलती/घलघली क्रि.वि. अझ घलघल शब्द गर्ने किसिमले ।
9810 घला ना. हिमाली प्रदेशतिर बढी प्रचलित, पाखीबाट तयार पारिएको लोग्नेमानिसले लाउने पोसाक।
9811 घले ना. गुरुङजातिको एक थर ।
9812 घलेक ना. १. गुरुङसेनीहरूले पिठिउँमा गादो जस्तै गरी भिर्ने कपडा ।
9813 घलेक ना. २. दौरा, पेटाडे (प. ने.) ।
9814 घल्चा ना. तामा, पित्तल आदिको एक हातले उचाल्न सकिने सानो गाग्री ।
9815 घल्वी ना. सानो घल्चा ।
9816 घल्ल क्रि.वि. पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी ।
9817 घल्लघल्ल क्रि.वि. त्यस्तो शब्द आइरहने किसिमले ।
9818 घस्नु स.क्रि. १. बिस्तारै दल्नु वा रगड्नु ।
9819 घस्नु स.क्रि. २. मालिस गर्नु, तेल लगाउनु ।
9820 घस्नु स.क्रि. ३. लिप्नु ( घर, चुलो, आँगन इ.) ।
9821 घसक्क क्रि.वि. यताउति घस्कने चालमा ।
9822 घसघस ना. गहुँगो वस्तु घिसिंदा शब्द आउने क्रिया वा किसिम |
9823 घसघसी क्रि.वि. त्यस्तो शब्द आउने गरी ।
9824 घसघास ना. घस्ने आदि काम |
9825 घसरपसर ना. १. कसिङ्गर बढारेर फ्याँकिने घाँस, पराल, कागत आदिका फोहर टुक्रा, निकृष्ट वस्तु ।
9826 घसरपसर ना. २. नचाहिँदो कामकाज, झन्झटको काम ।
9827 घसरपसर ना. क्रि.वि. ३. कुनै वस्तु वा सामान खजमजिने किसिमले घस्याङघुसुङ ।
9828 घसरपसर ना. वि. ४. चाँजोपाँजो नमिलेको; प्रबन्ध नभएको अव्यवस्थित ।
9829 घसरमसर वि. हे. घसरपसर ।
9830 घसाइ ना. घस्ने क्रिया वा प्रक्रिया ।
9831 घसाइनु क.क्रि. घस्न लाइनु ।
9832 घसाउनु प्रे. क्रि. घस्न लाउनु ।
9833 घसार्नु स.क्रि. १. कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु, घिसार्नु ।
9834 घसार्नु स.क्रि. २. लिपपोत गर्नु लिप्नु, पोत्नु ।
9835 घसार्नु स.क्रि. ३. मालिस गर्नु घस्नु ।
9836 घसार्नु स.क्रि. ४. घस्ट्याउनु ।
9837 घसाराइ ना. घसार्ने काम वा प्रक्रिया |
9838 घसाराइ ना. घसारिनु क. क्रि. घसार्ने काम गरिनु ।
9839 घसिट ना. डिको नदिई छिटोछिटो लेखिएको लेख, खेसा वा साधारण ढङ्गको टिपोट |
9840 घसिनु क.क्रि. घस्ने काम गरिनु, लिपि ।
9841 घसेउटो वि. १. काम नलाग्ने, रद्दी, बेकम्मा ।
9842 घसेउटो वि. ना. २. घस्यौटी।
9843 घसेउटी ना. तेल घस्ने स्त्री; घसेटी ।
9844 घसेट्नु स.क्रि. १. चाँडो-चाँडो लेख्नु, घसिट लेख्नु ।
9845 घसेट्नु स.क्रि. २. घसार्नु, घिसार्नु ।
9846 घसेटाइ ना. घसेट्ने काम वा प्रक्रिया |
9847 घसेटाइनु क.क्रि. घसेट्ने काम गरिनु ।
9848 घसेटाउनु प्रे. क्रि. घसेट्न लाउनु, छिटो-छिटो लेखाउनु ।
9849 घसेटिनु क.क्रि. घसेट्ने काम गरिनु ।
9850 घसेटी ना. हे. घसेउटी ।