Dictionary

All Word

9851 घसेटो ना. तेल लगाउँदा वा फोहोर काम गर्दा लगाउने धोती।
9852 घसेडी ना. पशुले खाएको घाँस रहने फिक्रो ।
9853 घस्कनु अ.क्रि. मन नपरेको मानिस अन्त जानु अन्भरिनु ।
9854 घस्काइ ना. घस्कने भाव, क्रिया वा प्रक्रिया |
9855 घस्काइनु क.क्रि. घस्कने पारिनु ।
9856 घस्काउनु प्रे. क्रि. घस्कन लाउनु ।
9857 घस्काहट ना. घस्कने काम वा चाल, घस्काइ |
9858 घस्काहा वि. घस्कने, अन्भरिने ।
9859 घस्किनु अ.क्रि. घस्कनु ।
9860 घस्क्याइ ना. घस्किने किसिम, क्रिया वा भाव |
9861 घस्टनु अ.क्रि. १. लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो हुनु, थोत्रो हुनु ।
9862 घस्टनु अ.क्रि. २. मैलो हुनु ।
9863 घस्टाइ ना. घस्टने क्रिया वा प्रक्रिया ।
9864 घस्टाइनु क.क्रि. घस्टाउने काम गरिनु ।
9865 घस्टाउनु प्रे. क्रि. घस्टने पार्नु ।
9866 घस्टिनु अ.क्रि. घस्टने काम हुनु; घस्टनु ।
9867 घस्ट्याइ ना. घस्टिने क्रिया वा प्रक्रिया ।
9868 घस्ट्याइनु क.क्रि. घस्टिने पारिनु ।
9869 घस्ट्याउनु प्रे. क्रि. घस्टिने पार्नु ।
9870 घस्याङघुसुङ ना. १. काम नलाग्ने चीजबीज; रद्दी वस्तु वा खानेकुरो ।
9871 घस्याङघुसुङ ना. क्रि. वि. २. हे० घसरपसर।
9872 घस्यानी ना. घाँस हुने ठाउँ, घाँस पाइने बारी वा खर्क ।
9873 घस्यौटी वि. हे. घसेउटो |
9874 घस्यौटो ना. १. घाँस, झारपात उम्रेको अथवा फोहर थुप्रिएको ठाउँ ।
9875 घस्यौटो ना. वि. २. हे. घसेउटो ।
9876 घस्रनु अ.क्रि. भुईंमा रगडिने गरी हिँड्नु भुईमै टाँसिएर अगाडि सर्नु; घिस्रनु।
9877 घस्राइ ना. घस्रने क्रिया वा प्रक्रिया |
9878 घस्राइनु क.क्रि. घस्रन लाइनु ।
9879 घस्राउनु प्रे. क्रि. घस्रन लाउनु; रगडाउनु ।
9880 घस्रिनु अ.क्रि. १. घस्रनु ।
9881 घस्रिनु अ.क्रि. २. घिस्रिनु ।
9882 घस्रीपस्री क्रि.वि. सकी–नसकी आउने वा जाने गरी; घस्रिने चालमा ।
9883 घस्रु ना. गाईबस्तुले खाने एक किसिमको झार।
9884 घस्य्राइ ना. घस्रिने क्रिया वा प्रक्रिया; रगडाइ ।
9885 घस्य्राइनु क.क्रि. घस्रिने पारिनु ।
9886 घस्य्राउनु प्रे. क्रि. घस्रिने पार्नु ।
9887 घस्य्राहट ना. घस्रिने काम, किसिम वा अवस्था ।
9888 घस्य्राहा वि. घस्रिएर हिँड्ने; घस्रिने ।
9889 घस्स क्रि.वि. गह्रुँगो वस्तु भुईँमा ढल्दा शब्द आउने चालमा ।
9890 घहराइ ना. घहरिने क्रिया वा प्रक्रिया ।
9891 घहराइनु क.क्रि. घहरिन लगाइनु, घर्काइनु ।
9892 घहराउनु प्रे. क्रि. घहरिन लाउनु, घर्काउनु ।
9893 घहराहट ना. घहरिने चाल वा अवस्था; घहराइ |
9894 घहरिनु अ.क्रि. १ घट्तै जानु, घर्कनु ।
9895 घहरिनु अ.क्रि. २. पतन हुँदै जानु, ओरालो लाग्नु ।
9896 घहऱ्याइ ना. घहरिने भाव, क्रिया वा प्रक्रिया |
9897 घहऱ्याइनु क.क्रि. घहरिन लाइनु ।
9898 घहऱ्याउनु प्रे. क्रि. घहरिन लाउनु, घहरिने पार्नु ।
9899 घा ना. सम्झौता, सन्धि, मेलमिलाप (उदा.- चीनका बादशाहसित घा गर्नू, दिव्य.)।
9900 घा ना. घाउचोट, चोट, घाउ ।