Dictionary

All Word

9901 घाँगर / घाँघर ना. बालिकाहरूले लाउने, कम्मरदेखि घुँडासम्म फुकेको फेर हुने पोसाक, जामा ।
9902 घाँच ना. १. जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ ।
9903 घाँच ना. २. पहाडको फेदी, दुई डाँडाका बिच वा पुछारको सोतो जमिन |
9904 घाँटी ना. १. धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुयाउने नलीहरू भएको अङ्ग, कण्ठ, गलो ।
9905 घाँटी ना. २. गर्धन, घिच्रो ।
9906 घाँटी ना. ३. दुई पहाडका बिचको बाटो वा जमिन छेडो; घाटी ।
9907 घाँटीको पासो ना. नगरी धर नपाइने साह्रै कष्टदायक काम ।
9908 घाँटी पर्नु टु नगरी धर नपाउनु, ज्यादै सकसमा पर्नु ।
9909 घाँटी पर्नु टु घाँटी हेरी हाड निल्नू (उखान)।
9910 घाँटु ना. धर्मादार पात हुने, राता फूल फुल्ने र सानो बोट हुने वनस्पतिविशेष |
9911 घाँटे ना. घण्टीजस्तो फूल हुने, एक प्रकारको बुट्टे झार।
9912 घाँटे वि. घाँटीको घाँटीसम्बन्धी ।
9913 घाँटे तिलहरी ना. घाँटीमा मात्र ठिक हुने ऐभाँतको चिह्न, सानो खालको तिलहरी |
9914 घाँटो ना. केराका काइँयाहरू लाग्ने ठुलो डाँठ |
9915 घाँडो ना. १. गाई, भैंसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट ।
9916 घाँडो ना. २. भाग्ने वा चोर बस्तुभाउका घाँटीमा झुन्डयाइने काठको ठेउको वा मुङ्ग्रो ।
9917 घाँडो ना. ३. झन्झटको काम वा वस्तु।
9918 घाँस ना. गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रुख वा पोथ्राका पात, मुन्टा आदि हरियोपरियो चिज ।
9919 घाँस खाने वि. पशुजस्तो, बुद्धि नभएको ।
9920 घाँसपात ना. १. भुईंघाँस र डालेघाँस, घाँसफुस, पातपतिङ्गर।
9921 घाँसपात ना. २. महत्त्वहीन वस्तु रद्दी चिज, बेकम्मा वस्तु ।
9922 घाँसफुस ना. घाँसपात ।
9923 घाँसी ना. घाँस काट्ने इलम लिएको मान्छे, घाँस काटेर बेची जीविका चलाउने व्यक्ति ।
9924 घाँसे वि. १. घाँस काट्ने र बेच्ने इलम लिएको ।
9925 घाँसे वि. २. घाँसको घाँससम्बन्धी ।
9926 घाँसे गीत ना. घाँसीहरूले गाउने गीत, घाँस काट्ता गाइने एक प्रकारको लोकगीत (काठमाडौं उपत्यकाका काँठ र त्यसदेखि निकट पूर्वपश्चिमका भेगमा बढी प्रचलित ) |
9927 घाँसे डोको ना. घाँसपात गर्दा बोक्ने पानीडोकोभन्दा ठुलो खालको डोको|
9928 घाइते वि. १. चोटपटक लागेको, घायल ।
9929 घाइते वि. २. जुवामा खालेले पैसा मारिएको (च्याँखे ) ।
9930 घाउ ना. १. रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट ।
9931 घाउ ना. २. फुटेको वा पिलिएको खटिरा ।
9932 घाउ पुछाउनी ना. कुट्नेले कुटिनेलाई दिने धन।
9933 घाखत ना. चोटपटक; चोट; जखम |
9934 घागडान / घाघडा वि. १. खुब अनुभवी र चलाख ।
9935 घागडान / घाघडा वि. २. धेरै सिपालु; पोख्त ; निपुण ।
9936 घाचोट ना. पिटिएर लडेर वा कुनै दुर्घटना आदिबाट भएको घाउचोट ।
9937 घाजाँच ना. कसैले कसैलाई कुटपिट गरेका अवस्थामा अड्डामार्फत चिकित्सकद्वारा घाउचोट, खतको रूप र अवस्था जाँच गराउने काम ।
9938 घाट ना. १. नदीको दायाँबायाँको किनार, तीर्थस्थल |
9939 घाट ना. २. नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान।
9940 घाट ना. ३. जहाज, डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ ।
9941 घाट ना. ४. वनजाँचको चौकी ।
9942 घाट ना. ५. गाहकीहरूको भिड ।
9943 घाट ना. ६. आवागमनका निम्ति सजिलो पर्ने ठाउँ ।
9944 घाटकर ना. नाउद्वारा वा पुलबाट नदी वारपार गर्दा वा मालसामान ओसारपसार गर्दा घाटमा लिइने दस्तुर ।
9945 घाटगड्डी ना. जङ्गलबाट काठ काटेर नदीमा बगाई वा अरू कुनै प्रकारले ढुवानी गरी ल्याएर जम्मा गरिने ठाउँ ।
9946 घाटा ना. बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि नोक्सानी ; टुटा ।
9947 घाटा ना. विप. मुनाफा ।
9948 घाटी ना. दुई पहाडका बिचको आवतजावत गर्ने जमिन वा बाटो ।
9949 घाटी मार्ग ना. ठुलठुला पहाडका बिचमा नदीको पानी वा प्रवाहले काटेका ठाउँमा बनेको साँघुरो बाटो ।
9950 घाटु ना. कुमारी युवतीहरूले मन्त्रसहितको गीत गाएर अङ्गविन्यासका साथ नाचिने पुराना कथामा आधारित गुरुङ-जातिको लोकनृत्य।