Dictionary

All Word

9951 घाटे ना. १. घाटमा बस्ने व्यक्ति ।
9952 घाटे ना. २. पण्डा तीर्थपुरोहित ।
9953 घाटे ना. 3. मुर्दा पोलेर जीविका चलाउने व्यक्ति ।
9954 घाटे ना. वि. ४. घाटसम्बन्धी; घाटको ।
9955 घाटे दस्तुर ना. घाटमा मुर्दा पोल्दा तिर्नुपर्ने दस्तुर ।
9956 घाटे पाथी ना. घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न ।
9957 घाटे भूत ना. मसानघाटमा रहने भनिएको एक प्रकारको भूत ।
9958 घाटे वैद्य ना. घाटमा लगिने अवस्थाका र घाटमा लगिएका बिरामीहरूको उपचार तथा तिनका आखिरी अवस्थाको विचार गर्ने, प्राय: घाटकै छेउछाउमा बसेका वैद्य ।
9959 घात ना. १. हातहतियारले कसैलाई मार्नेपिट्ने काम, चोट, प्रहार, आघात; हत्या; वध ।
9960 घात ना. २. धक्का, ठक्कर |
9961 घात ना. 3. खराबी; अहित ।
9962 घात ना. ४. गणितमा कुनै सङ्ख्याले त्यसै सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल ।
9963 घात ना. ५. जिउ छाड्ने चाल हत्तेहलाइ ।
9964 घातक वि. १. घात गर्ने; मार हान्ने, प्रहार गर्ने ।
9965 घातक वि. २. वध गर्ने, हत्यारो ।
9966 घातक वि. ३. बिगार गर्ने, हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ.) ।
9967 घातकी वि. घातक हत्यारो ।
9968 घातन ना. घात गर्ने क्रिया वा भाव; मार्ने काम ।
9969 घातप्रतिघात ना. १. परस्परको हानाहान वा मारामार, गाठुँग ।
9970 घातप्रतिघात ना. २. ठक्करका ठक्कर, मुक्काका मुक्का ।
9971 घातप्रतिघात ना. ३. यसो गरूँ कि उसो गरूँको अवस्था भई मनमा उठेको सङ्घर्ष, मानसिक द्वन्द्व ।
9972 घाताङ्क ना. कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल ।
9973 घाती वि. १. घात वा प्रहार गर्ने; हान्ने ।
9974 घाती वि. २. हत्या गर्ने, हत्यारो ।
9975 घाती वि. ३. नाश गर्ने, बिगार्ने ।
9976 घान ना. १. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा ।
9977 घान ना. २. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह ।
9978 घान ना. ३. कुनै हुलमुलमा परेर भएको पक्राउ वा सजाय ।
9979 घान ना. ४. आइपरेको कुनै काम |
9980 घानी ना. कल, कोल आदिको ओखल, घान हाल्ने भाँडो ।
9981 घाप्से हाल्नु अ.क्रि. टु युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु मायाले छेडपेच हान्नु ।
9982 घाबन्दोबस्त ना. शान्तिसन्धि वा सम्झौताको काम ।
9983 घाबन्दोबस्त ना. (उदा.- नेपाल र भोटका बिचमा धेरैपल्ट घाबन्दोबस्त भएको थियो ।)।
9984 घाम ना. १. सूर्यको तापयुक्त प्रकाश, सूर्यको राप धूप ।
9985 घाम ना. २. सूर्य ।
9986 घामकिरी ना. गाइने किरो, भ्यालिन्चा (ड्रयागन फ्लाइ ) ।
9987 घामछायाँ ना. १. घाम र छायाँ; पहार र ओल ।
9988 घामछायाँ ना. २. सुख र दुःख ।
9989 घाम झुल्को ना. घामको झुल्को, सूर्योदय ।
9990 घामड वि. १. घमन्डी, अभिमानी ।
9991 घामड वि. २. हत्तेरो ।
9992 घामड वि. ३. असजिलो अप्ठेरो ।
9993 घामड वि. ४. अबुझ, नासमझ ।
9994 घामपानी ना. १. घाम लागिरहेका बेलामा परेको पानी, घाम र पानी ।
9995 घामपानी ना. २. सुख र दुःख ।
9996 घायल वि. घाउचोट लागेको; घाइते |
9997 घार ना. ठुलो र मोटो काठलाई मित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर, मौरीको गुँड, मौरीको छातो; पोलो ।
9998 घारघारघुरघुर क्रि.वि. १. कुकुर, ब्वाँसा आदि हिंसक पशुहरूले आपसमा झगडा गर्दा कराउने चालमा ।
9999 घारघारघुरघुर क्रि.वि. ना. २. त्यस्तो आवाज ।
10000 घारघुर क्रि.वि. १ मही पार्दा शब्द निस्कने गरी ।