Dictionary

All Word

10001 घारघुर क्रि.वि. २. नेती ताने झैं कुनै वस्तु तान्ने चालमा ।
10002 घारघुर क्रि.वि. ना. ३. जसोतसो गरी काम गर्ने ढङ्ग ।
10003 घारघुर क्रि.वि. ४ पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द ।
10004 घारघुर क्रि.वि. ५. आपसको झगडा, बाझो; कलह, गडबडी ।
10005 घारघुरे वि. १. घारघुर गर्ने ।
10006 घारघुरे वि. ना. २. तेजपातका जस्ता पात र फुस्रो डाँठ हुने काँडादार बुटोविशेष ।
10007 घारघुरे वि. ३. एक किसिमको बालखेल ।
10008 घारी ना. १. झ्याम्म परेको बाक्लो जङ्गल ।
10009 घारी ना. २. लेकको फेदी वा बेसीका माझको ससानो वन ।
10010 घारी ना. ३ फेदी वा घाँचको जमिन ।
10011 घारी ना. ४. बाँस, निगालो, केरा आदिको झाङ ।
10012 घारे वि. घारोजस्तो; घारो भएको ।
10013 घारेघुरे ना. फल तरकारी खाइने र पात बस्तुलाई स्याउला खुवाइने एक जातको टिमिलो ।
10014 घारो ना. १. लामो, डोलो काठ, लाठो ।
10015 घारो ना. २. मुर्दा बोक्ने बाँस ।
10016 घाल स.क्रि. हाल्नु (प्राचीन नेपालीमा) |
10017 घालघुल क्रि.वि. दुई थरी झोल वस्तु मिलाउनलाई हल्लाउने वा त्यसरी हल्लाउँदा शब्द निस्कने गरी; घोल्ने वा मिसाउने किसिमले, हुँडल्ने ढङ्गमा ।
10018 घाल्ल क्रि.वि. पन्यालो वस्तु पोखिँदा वा खन्याउँदा आवाज आउने किसिमले ।
10019 घाल्लघाल्ल क्रि.वि. त्यस्तो शब्द पटकपटक आइरहने गरी ।
10020 घाहा ना. घा; घाउ |
10021 घिउ ना. दुध, दही मथेर निकालिने सार वस्तु, पगालेको वा खारेको नौनी; घृत; घ्यू ।
10022 घिउ कमिलो ना. घिउमा लाग्ने सानो जातको कमिलो ।
10023 घिउकुमारी ना. भित्रपट्टि लस्सादार पदार्थ रहने, केत्तुकेका जस्ता पात हुने, बिचका डाँठमा साना र पहेंला फूल फुल्ने, पोलेका ठाउँमा लगाउँदा शीतल गर्ने र विषालु खटिरामा औषधी लगाइने एक प्रकारको बोट ।
10024 घिउकेरा ना. मसिना कोसा हुने एक जातको केरा वा त्यसैको बोट ।
10025 घिउखट्टे ना. घिउमा भुटेर वा मुछेर खाइने खट्टे।
10026 घिउखानी ना. १. घिउ खाने भनेर साहुले आसामीसित लिने, साउँ र ब्याजबाहेकको धन ।
10027 घिउखानी ना. २. रैकर वा बिर्ता जग्गामा लगाइएको रकम वा दस्तुर ।
10028 घिउखानी ना. ३. घिउ धेरै हुने ठाउँ ।
10029 घिउखोर्सानी ना. पिरो कम हुने मोटो र लामो खालको खोर्सानी ।
10030 घिउचिउरा ना. १. घिउमा मिसाएर वा भुटेर खाइने चिउरा ।
10031 घिउचिउरा ना. २. दुई ओठ समातेर घिउ-चिउरा भन्दा ओठ जोड्ने केटाकेटीको एक खेल |
10032 घिउबोडी ना. भित्र राता गेडा हुने मोटो र छोटो खालको एक जातको बोडी |
10033 घिउमेडो ना. १. पछिल्ला दुवै सपेटाका भित्रपट्टि बोसै बोसो भरिएर पोको हुने एक जातको भेडो ।
10034 घिउमानिस ना. नरम स्वभावको बेस मान्छे ।
10035 घिउरङ ना. घिउको जस्तो पहेंलोपहेँलो हल्का रङ ।
10036 घिउरोटी ना. घेवर भर |
10037 घिउसिमी ना. छिप्पिँदा पनि कमलो हुने र बोक्राको भित्री भागमा सेतो सेतो घिउ जस्तै देखिने एक जातको सिमी ।
10038 घिच्नु स.क्रि. १. नराम्रो किसिमले खानु हसुर्नु ।
10039 घिच्नु स.क्रि. २. अर्कालाई मन नपर्ने गरी खानु, अन्याय वा अपमान हुने गरी खानु ।
10040 घिचन्ताम् वि. धेरै खान खोज्ने; घिचिरहने ।
10041 घिचाइ ना. घिच्ने काम वा प्रक्रिया |
10042 घिचाइनु क.क्रि. घिच्न लाइनु, हसुराइनु ।
10043 घिचाउनु प्रे. क्रि. घिच्न लाउनु, मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु ।
10044 घिचास वि. १. नराम्रो चालले खाने, घिच्ने ।
10045 घिचास वि. २. धेरै खाने, अजीर्ण वा अपच हुने गरी खाने, घिचाहा ।
10046 घिचाहा वि. घिच्ने, घिचुवा, घिचास ।
10047 घिचिनु क.क्रि. नराम्रो किसिमले खाइनु ।
10048 घिचिमिरो ना. वर्षायाममा पानी परेर रहिसकेपछि माटामुनिबाट निस्कने पखेटादार किरो; छिचिमिरो ।
10049 घिचुवा वि. घिच्ने, घिचास ।
10050 घिचोटी ना. घिस्स्याउने र घिसारिमाग्ने एक प्रकारको घटना वा खेल।