Dictionary

All Word

10051 घिच्चिनु अ.क्रि. १. कसैद्वारा तानिनु, खिचिनु, घिस्सिनु ।
10052 घिच्चिनु अ.क्रि. २. सकी-नसकी हिँड्नु ।
10053 घिच्चिनु अ.क्रि. ३. करबलले मात्र जानु ।
10054 घिच्चु वि. घिचुवा, घिचास; घिचाहा ।
10055 घिच्चू वि. हे. घिच्चु।
10056 घिच्च्याइ ना. घिच्चिने भाव, क्रिया वा प्रक्रिया |
10057 घिच्च्याइनु क.क्रि. घिच्चिने पारिनु, घिसारिनु ।
10058 घिच्च्याइ मुन्ट्याइ ना. घिच्च्याउने र मुन्ट्याउने काम; घिच्याइ र मुन्ट्याइ, लछारपछार ।
10059 घिच्च्याउनु स.क्रि. १. हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु, खिच्नु, घिसार्नु ।
10060 घिच्च्याउनु स.क्रि. २. जबरजस्तीसित लैजानु; घिस्स्याउनु ।
10061 घिच्च्याहट ना. घिच्चिने काम वा अवस्था, घिच्चिनेको गुहार वा पुकार ।
10062 घिच्रो ना. घोक्रो (तुच्छार्थमा र प्रायः पशुको ) ।
10063 घिटीघिटी क्रि.वि. १. मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले |
10064 घिटीघिटी क्रि.वि. ना. २. अन्तिम अवस्था, सास जान लागेको स्थिति ।
10065 घिट्को ना. १. च्यापच्याप घाँटी सुकेका अवस्थामा थुक निल्दा उत्पन्न हुने शब्द ।
10066 घिट्को ना. २. तरल पदार्थ घुटुक्क निल्दाखेरिको आवाज |
10067 घिडघिड ना. १. कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर ।
10068 घिडघिड ना. २. मनको प्रबल इच्छा; भित्री चाहना ; धोको ।
10069 घिडघिडाइ ना. घिडघिडाउने काम वा प्रक्रिया |
10070 घिडघिडाइनु क.क्रि. घिडघिड गरिनु ।
10071 घिडघिडाउनु स.क्रि. आफ्नो कार्यसिद्धिका निम्ति अर्कालाई दिक्क लाग्ने गरी पुकार्नु, घिडघिड गर्नु ।
10072 घिडघिडे वि. घिडघिड गर्ने; घडघडे ।
10073 घिडघिडो वि. १. छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने ।
10074 घिडघिडो वि. २. कत्ति नै सम्झाएबुझाए पनि नमान्ने, एकोहोरो ।
10075 घिडघिडो वि. ३. मर्न लागेको; अधमरो।
10076 घिडघिडो वि. ना. ४. आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी ।
10077 घिडघिडो वि. ५. धोको अन्तिम इच्छा |
10078 घिन ना. कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घिन, घृणा ।
10079 घिनलाग्दो वि. १. फोहर, फोहरी ।
10080 घिनलाग्दो वि. २. अनाचारी ।
10081 घिनलाग्दो वि. स्त्री. घिनलाग्दी ।
10082 घिना ना. घिनाउने भाव, क्रिया वा प्रक्रिया |
10083 घिनाइनु अ.क्रि. घिन मानिनु ।
10084 घिनाउनु अ.क्रि. अ.क्रि. १. घिन मान्नु, सिकसिको लाग्नु, दिगमिगाउनु ।
10085 घिनाउनु अ.क्रि. स.क्रि. २. घृणा गर्नु, छिःछिः र दूरदूर गर्नु ।
10086 घिनाहा वि. घिनलाग्दो, फोहरी; दुष्ट |
10087 घिन्ताङघिन्ताङ क्रि.वि. १. मादल बजाउँदा आवाज आउने किसिमले ।
10088 घिन्ताङघिन्ताङ क्रि.वि. ना. २. त्यसरी आएको तिखो आवाज ।
10089 घिन्तामुनी ना. १. मादल बजाएर नाच्ने एक प्रकारको नाच ।
10090 घिन्तामुनी ना. २. त्यस्तो नाच नाच्ने व्यक्ति ।
10091 घिरघर क्रि.वि. १ पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने गरी ।
10092 घिरघर क्रि.वि. २. घुर्रो घुम्दा आवाज निस्कने चालमा ।
10093 घिरघराइ ना. घिरघर शब्द आउने क्रिया वा प्रक्रिया |
10094 घिरघराइनु अ. क्रि. घिरघिर होइनु ।
10095 घिरघराउनु अ. क्रि. घिरघर आवाज आउनु ।
10096 घिरघरे वि. घिरघर गर्ने ।
10097 घिरिङ ना. १. चिप्लेर वा घिसेर खेलिने एक प्रकारको खेल; चिप्लेटी ।
10098 घिरिङ ना. २. कुनै कामको असफलता वा विफलता ।
10099 घिरिङ ना. ३. घिर्नी, घिर्रो।
10100 घिरौंलो ना. खसा र चोसाचोसा परेका पात, पहेंला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल तोरियाँ |