Dictionary

All Word

10101 घिर्कौंलो ना. निगाले उखुका जस्ता पात र डाँठ हुने, नीला फूल फुल्ने, झुप्पा-झुप्पा परेर विभिन्न रङका चिल्ला फल फल्ने एक बोट वा त्यसैको फल।
10102 घिर्नी ना. १. रगडिने, घसिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पाङ्ग्रा ।
10103 घिर्नी ना. २. डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पाङ्ग्रो, घिर्रो ।
10104 घिर्नी पाङ्ग्रो ना. जमिनमुनिको पानी निकाल्ने एक प्रकारको साधन।
10105 घिर्र क्रि.वि. पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने किसिमले ।
10106 घिर्र घिर्र क्रि.वि. त्यस्तो शब्द पटकपटक आउने गरी ।
10107 घिर्रा ना. कुनै वस्तु गुडाएर लैजानलाई सजिलो पार्न जडिएको पाङ्ग्रो ।
10108 घिर्रिनु अ.क्रि. पाङ्ग्रो लागेको वस्तु घिर्र आवाज आउने गरी तानिनु ।
10109 घिर्रो ना. घुमाई घुमाई खेलिने एक प्रकारको बाटुलो आकारको खेलौना वा त्यसैको खेल ।
10110 घिर्याइ ना. घिर्याउने काम वा प्रक्रिया |
10111 घिर्याइनु क.क्रि. घिर्र आवाज आउने गरी तानिनु, घिर्याउने काम गरिनु ।
10112 घिर्याउनु स.क्रि. घिर्र आवाज आउने गरी तान्नु; घिस्स्याउनु ।
10113 घिर्लिङ ना. खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्डयाइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि ठुलोमा मोटर तार्न हुनेसम्मको तानेर वा यन्त्रद्वारा चलाइने साधन वा वाहन एक प्रकारको तुइन ।
10114 घिर्लिङ बाटो ना. घिर्लिङ टाँगिने वा घिर्लिङ भएर गइने बाटो; घिर्लिङजस्तो बाटो |
10115 घिवालु वि. धेरै घिउ लाग्ने ।
10116 घिसार्नु स.क्रि. कुनै वस्तुलाई नउचाली तान्नु, घिच्च्याउनु; घिस्स्याउनु, घिउनु ।
10117 घिसाराइ ना. घिसार्ने क्रिया वा प्रक्रिया |
10118 घिसारिनु क.क्रि. घिसार्ने काम गरिनु ।
10119 घिस्रनु अ. क्रि. हे. घस्रनु।
10120 घिस्राइ ना. घिस्रने काम वा प्रक्रिया |
10121 घिस्राइनु क.क्रि. घिस्रिने पारिनु ।
10122 घिस्राउनु स.क्रि. घिसार्नु ।
10123 घिस्रिनु अ. क्रि. घस्रिनु।
10124 घिस्र्याइ ना. घिस्रिने काम वा प्रक्रिया |
10125 घिस्र्याइनु क.क्रि. घिस्रिने पारिन् ।
10126 घिस्याउनु प्रे. क्रि. घिस्रिने पार्नु, घिस्रिन लाउनु ।
10127 घिस्याहट ना. घिस्रिने काम वा अवस्था ।
10128 घिस्सा ना. बग्गीमा लाग्ने घोडा सधाउनका लागि बग्गीको सट्टा तान्न लगाइने एक प्रकारको यान ।
10129 घिस्सिनु अ. क्रि. १. घिच्चिनु तानि ।
10130 घिस्सिनु अ. क्रि. २. अरूको करबलमा परेर जानु ।
10131 घिस्सिनु अ. क्रि. ३. घोटिएर थोत्रो हुनु ।
10132 घिस्स्याइ ना. घिस्सिने क्रिया वा प्रक्रिया |
10133 घिस्स्याइनु क.क्रि. घिसारिनु, घिच्च्याइनु ।
10134 घिस्स्याउनु स.क्रि. १. घिसार्नु, घिच्च्याउनु ।
10135 घिस्स्याउनु स.क्रि. २. तान्नु, खिच्नु।
10136 घिस्स्याउनु स.क्रि. ३. उपयोग गरेर थोत्रो पार्नु ।
10137 घिस्स्याहट ना. घिस्सिने काम वा अवस्था ।
10138 घुँक्क क्रि.वि. नरमाइलोसित वा चित्त दुखाएर आवाज निकाली रुने गरी मुटुमा भक्कानो पारी वा पर्ने गरी रुने किसिमले ।
10139 घुँक्कघुँक्क क्रि.वि. नटुटाई वा एकनाससित घुँक्क गर्ने किसिमले ।
10140 घुँगरु ना. हे. घुँगुरा, घुडरु ।
10141 घुँगी ना. १. निगाले चितुवा ।
10142 घुँगी ना. २. शङ्खजस्तो गुँडमा बस्ने एक जातको किरो ३. त्यसैको शङ्खजस्तो गुँड ।
10143 घुँगी ना. ४. अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति ।
10144 घुँगुरा ना. १. हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना, चाँप, घुडुरा ।
10145 घुँगुरा ना. २. फलफूलका लहराको नङ्ग्रा ।
10146 घुँगुरा ना. 3. कपाल आदिमा पर्ने मुन्द्रा ।
10147 घुँगुरा ना. ४. दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्ल्याङछर्ल्याङ गर्ने वस्तु ।
10148 घुँगुरावाल ना. १. घुँगुरा लगाउने वा बेच्ने ।
10149 घुँगुरावाल ना. २. घुँगुरा बजाउँदै हिँड्ने ।
10150 घुँगुरावाल ना. ३. घुँगुरा हुने।