Dictionary

All Word

10151 घुँगुरिनु अ. क्रि. बाटुलो पर्नु, घुम्रिनु, गुँडुल्किनु ।
10152 घुँगुरो वि. १. बाटुलो परेको, वृत्ताकार परेको, घुमेको, घुडुरो ।
10153 घुँगुरो वि. ना. २. हे. घुँगुरा ।
10154 घुँगुर्किनु अ. क्रि. घुँगुरो पर्न, मुन्द्रा पर्न, बाटुलो हुनु ।
10155 घुँगुर्क्याइ ना. घुँगुर्किने क्रिया वा प्रक्रिया |
10156 घुँगुर्क्याइनु क.क्रि. घुँगुर्किने पारिनु ।
10157 घुँगुर्क्याउनु प्रे. क्रि. घुँगुर्किने पार्नु, मुन्द्रामुन्द्रा बनाउनु ।
10158 घुँगुर्क्याहट ना. घुँगुर्किने किसिम वा अवस्था ।
10159 घुँगुर्क्याहा वि. घुँगुर्किने ।
10160 घुँगुऱ्याइ ना. घुँगुरिने काम वा प्रक्रिया |
10161 घुँगुऱ्याइनु क.क्रि. घुँगुरो पारिनु, घुँगुरिने बनाइनु ।
10162 घुँगुऱ्याउनु प्रे. क्रि. घुँगुरो पार्नु, बाटुलो वा गोलाकार पार्नु ।
10163 घुँगुऱ्याहट ना. घुँगुरिने काम वा अवस्था ।
10164 घुँगे ना. १. घुँगी खाने व्यक्ति ।
10165 घुँगे ना. २. कसैलाई हेय ठानेर गाली गरिने शब्द ।
10166 घुँगे ना. स्त्री. घुँगी ।
10167 घुँग्रुके वि. १. घुँग्रुक्क परेको, घुमुर्किएको, घुँगुर्किएको; घुङ्‍‌के।
10168 घुँग्रुक्क क्रि.वि. घुँगुरा पर्ने गरी मुन्द्रा पर्ने किसिमले ।
10169 घुँघुँ ना. सुँगुर (बालबोलीमा ) ।
10170 घुँघुँर ना. सुँगुर, बँदेल, बङ्गुर आदिका गलाबाट निस्कने शब्द वा आवाज ।
10171 घुँडा ना. १. हे. घुँडो ।
10172 घुँडा ना. २. मुख्य ठाउँ (दिव्य.) ।
10173 घुँडाघुँडा वि. १. घुँडासम्म आउने (पानी) ।
10174 घुँडाघुँडा वि. २. घुँडासम्म पुगेको (कट्टु, धोती आदि) ।
10175 घुँडा धसाइ ना. धेरै मिहिनेत वा बल गर्ने काम ।
10176 घुँडामुताइ ना. बिग्रँदो वा निर्धो चाल (उदा.- यस्तो घुँडामुताइले पनि के काम हुन्छ र!)।
10177 घुँडी ना. १. तुना वा टाँकको साटो पस्यौटामा घुसार्ने गरी बनाएको धातु वा कपडा आदिको डल्लो, एक प्रकारको टाँक ।
10178 घुँडी ना. २. दाम्लाका एक छेउका टुप्पाको गाँठो ।
10179 घुँडी खोप्रो ना. घुँडीदेखि मुनि वा पछाडिपट्टिको खोबिल्टो ।
10180 घुँडी घर ना. घुँडा पसाउनका निम्ति दोब्याइएको तुनु पस्यौटो |
10181 घुँडे वि. १. मोटा वा ठुला घुँडा हुने, घुँडाजस्तो, घुँडासम्म आउने ।
10182 घुँडे वि. २. जात वा पङ्क्तिमा लाग्ने ।
10183 घुँडे भाग ना. जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र बाखो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग |
10184 घुँडे सुरुवाल ना. घुँडासम्म आउने सुरुवाल, लामो सुरुवाल काटेर घुँडासम्म राखिएको बुच्चे सुरुवाल, जाँघे।
10185 घुँडो ना. तिघ्रा र पिडौलाका बिचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रोजस्तो भई उठेको अङ्ग, तिघ्रा र पिडौंलाको जोर्नी परेको ठाउँ ।
10186 घुइँकिनु अ. क्रि. १. कुनै वस्तु वेगसित जानु, हुत्तिनु ।
10187 घुइँकिनु अ. क्रि. २. हानिनु ।
10188 घुइँकिनु अ. क्रि. ३. बित्नु, मर्नु, नासिनु ।
10189 घुइँकिनु अ. क्रि. ४. कुनै काम सजिलैसित बन्नु वा तामेल हुनु ।
10190 घुइँक्याइ ना. घुइँकिने क्रिया वा प्रक्रिया ।
10191 घुइँक्याइनु क.क्रि. घुइँकिने पारिनु ।
10192 घुइँक्याउनु स.क्रि. १. कुनै वस्तुलाई जोडसित फ्याँक्नु, वेगले हुत्याउनु; हान्नु ।
10193 घुइँक्याउनु स.क्रि. २. कुनै काम सजिलैसित पार लाउनु ।
10194 घुइँक्याउनु स.क्रि. ३. सर गर्नु; जित्नु ।
10195 घुइँचो ना. धेरै मानिसहरूको भिडभाड, घन्चमन्च, घचारो; ठेलमठेल |
10196 घुइरो ना. थाहा नपाइँदो गरी सुनिएको भित्री कुरो, हल्ला ।
10197 घुइरोघुइरो ना. मित्रभित्रै चलेको हल्ला, खासखुस, गल्लीहल्ला।
10198 घुक्नु अ.क्रि. कुकुर कराउनु भुक्नु ।
10199 घुकाइ ना. घुक्ने काम वा प्रक्रिया ।
10200 घुकाइनु क.क्रि. घुक्न लाइनु, भुकाइनु ।