Dictionary

All Word

10201 घुकाउनु प्रे. क्रि. घुक्ने पार्नु, भुकाउनु ।
10202 घुकाहट ना. घुक्ने चाल वा अवस्था ।
10203 घुकाहा वि. घुक्ने, भुकाहा ।
10204 घुकिनु क.क्रि. घुक्ने काम गरिनु, भुकिनु ।
10205 घुगुती ना. १. आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दै खेलाउने काम गुघुती ।
10206 घुगुती ना. २. पराल वा कपडा बिछ्याइएका ठाउँमा केटाकेटीले मुन्टो टेकेर पर्लक्क पल्टँदै खेल्ने खेल ।
10207 घुगुती ना. ३. ढुकुर |
10208 घुडरु ना. हे. घुँगरु ।
10209 घुडुरा ना. हे. घुँगुरा ।
10210 घुडुरो ना. हे. घुँगुरो ।
10211 घुड्रिनु अ.क्रि. हे. घुँगुरिनु ।
10212 घुड्रिड ना. किर्कौलाजस्ता गेडा फल्ने, उखुजस्तो एक जातको बोट ।
10213 घुड्रिड ना. २. बाँस आदिका डन्ठीको टुप्पो कुच्याएर गुजुल्टा उठाएको, धामीलाई चाहिने वस्तु ।
10214 घुड्रिड ना. ३. मुन्द्री परेको केश ।
10215 घुड़के ना. हे. घुगुके ।
10216 घुडुक्क क्रि.वि. हे. घुँगुरक्क ।
10217 घुचेट्नु स.क्रि. हे. घचेट्नु ।
10218 घुटाइ ना. घचेट्ने काम वा प्रक्रिया ।
10219 घुचेटाइनु क.क्रि. घुचेट्न लाइनु ।
10220 घुटाउनु प्रे. क्रि. घुचेट्न लाउनु घचेटाउनु ।
10221 घुचेटिनु क.क्रि. घचेट्ने काम गरिनु घचेटिनु ।
10222 घुच्च क्रि.वि. घुस्सा वा घुच्ची दिने चालमा त्यसो गर्दा शब्द निस्के झैं गरी ।
10223 घुच्चा ना. १. साहो गरी ठाडा मुड्कीले कोखामा हान्ने २. वो धक्का दिने हना ।
10224 घुच्चाघुच्ची ना. सानो-ठुलो धेरै घुच्चा ।
10225 घुच्ची ना. १. सानो घुच्चा ।
10226 घुच्ची ना. २. घुच्चा |
10227 घुच्ची खेल्नु टु. दुई वा दुईभन्दा बढी व्यक्तिले कुहिना वा बटारिएका मुठीद्वारा परस्परमा हानाहान गरी खेल्ने काम |
10228 घुच्ची हान्नु टु. कुहिना वा बटारिएका मुठीद्वारा एकले अर्काको कोखो ताकेर हान्नु ।
10229 घुच्चुक ना. गलाको पछिल्लो भाग, घाँटीको पछिल्तिरको हिस्सा ; गर्धन |
10230 घुच्च्याइ ना. घुच्च्याउने काम वा प्रक्रिया |
10231 घुच्च्याइनु क.क्रि. घुच्चा हानिनु ।
10232 घुच्च्याउनु स.क्रि. १. घुच्चा हान्नु, घुच्ची दिनु; घुस्सा मार्नु ।
10233 घुच्च्याउनु स.क्रि. २. घचेट्नु, ठेल्नु ।
10234 घुच्च्याहट ना. घुच्च्याउने काम, चाल वा अवस्था।
10235 घुटघुट क्रि.वि. पन्यालो वस्तु निल्ने वा त्यसरी निल्दा घाँटीबाट शब्द आउने किसिमले ।
10236 घुटघुटी ना. घुटघुट पार्ने काम ।
10237 घुटुक्क क्रि.वि. दुध, पानी, औषधी आदि पन्यालो पदार्थ एकै घुट्कामा निल्ने गरी वा त्यसरी निल्दा शब्द आउने किसिमले ।
10238 घुटुघुटु क्रि.वि. १. झोलिलो पदार्थ अलि-अलि गरेर निल्ने किसिमले ।
10239 घुटुघुटु क्रि.वि. २. अरूले खाएको देख्ता थुक निलिने चालमा ।
10240 घुट्की ना. १. एक पटकमा निलिने झोल पदार्थको परिमाण |
10241 घुट्की ना.
10242 घुट्की ना. २. त्यसरी निल्दा निस्कने शब्द |
10243 घुट्को ना. सानो घुट्की ।
10244 घुट्क्याइ ना. घुट्क्याउने काम वा प्रक्रिया |
10245 घुट्क्याइनु क.क्रि. घुट्क्याउने काम गरिनु ।
10246 घुट्क्याउनु स.क्रि. पन्यालो पदार्थ घुटुक्क निल्नु ।
10247 घुट्क्याहट ना. घुट्क्याउने काम, प्रक्रिया वा अवस्था ।
10248 घुट्ट क्रि.वि. कोल वस्तु निल्दा घाँटीबाट शब्द उत्पन्न हुने गरी ।
10249 घुट्टघुट्ट क्रि.वि. त्यस्तो शब्द पटकपटक आए जस्तै ।
10250 घुण ना. १. अन्न ।