Dictionary

All Word

10251 घुण ना. २. हे. घुन ।
10252 घुणाक्षरन्याय ना. घुनले पात खाँदै जाँदा संयोगवश कुनै अक्षर बने जस्तै मिहिनेत नगरी कुनै काम सिद्ध हुने प्रक्रिया |
10253 घुत्रुक्क क्रि.वि. १. कुनामा एकातिर गएर घुसने किसिमले घुसुक्क घुप्लुक्क ।
10254 घुत्रुक्क क्रि.वि. २. तुरुन्तै मर्दाको चालमा, खुत्रुक्क ।
10255 घुन ना. अन्न, काठपात आदिमा लाग्ने, फुसा र काला रङका पखेटा हुने एक प्रकारको सानो किरो; घुण।
10256 घुनघुन क्रि.वि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द आउने किसिमले भुनभुन ।
10257 घुनघुनाइ ना. घुनघुन गर्ने क्रिया वा प्रक्रिया |
10258 घुनघुनाइनु क.क्रि. घुनघुन गरिनु, भुनभुनाइनु ।
10259 घुनघुनाउनु अ.क्रि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा घुनघुन शब्द निस्कनु ।
10260 घुनघुनाहट ना. घुनघुनाउने काम, चाल वा अवस्था ।
10261 घुन्डी ना. १. दम दिने र सुई मिलाउने घडीका एकापट्टिको सानो डल्लो पुर्जा ।
10262 घुन्डी ना. २. चर्खाको हातो, हतौडी, घुँडी ।
10263 घुन्डीवाल वि. घुन्डी लागेको, घुन्डी भएको ।
10264 घुन्न क्रि.वि. भमरा, माहुरी आदि उड्दा वा कराउँदा शब्द निस्कने गरी ।
10265 घुन्याहा वि. घुन लाग्ने, घुनले खाएको (अन्न, काठपात आदि) ।
10266 घुप्लुक्क क्रि.वि. १. भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल ।
10267 घुप्लुक्क क्रि.वि. २. मानिस एक्कासि घोप्टो परेर लड्ने गरी ।
10268 घुम्नु अ.क्रि. १. कमजोरी आदिले चक्कर खानु, रिड्नु, चक्कराउनु ।
10269 घुम्नु अ.क्रि. २. मन्दिर, मण्डप आदिलाई परिक्रमा गर्नु, प्रदक्षिणा गर्नु ।
10270 घुम्नु अ.क्रि. ३. यताउति डुल्नु, टहल्नु ।
10271 घुम्नु अ.क्रि. ४. काम न काजसित लरखराउनु; अल्लारिनु ।
10272 घुम ना. चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो; स्याखु ।
10273 घुमक्कड वि. घुमफिर गर्ने बानी भएको डुल्ने स्वभावको, घुमुवा, डुलुवा ।
10274 घुमघाम ना. घुम्नेफिर्ने काम, डुलडाल; हिँडडुल ।
10275 घुमफिर ना. यताउता घुम्नेफिर्ने काम, डुलफिर, हिँडडुल |
10276 घुमराडी ना. घुमजस्तो दुईपाखे पारी टाउकामा जुरोसमेत निकालेको राडी, बक्खु ।
10277 घुमाइ ना. घुम्ने काम वा प्रक्रिया |
10278 घुमाइनु क.क्रि. घुम्न लाइनु, रिंगाइनु ।
10279 घुमाउ ना. घुमाव ।
10280 घुमाउनु प्रे. क्रि. घुम्ने काम गराउनु, रिंगाउनु, डुलाउनु ।
10281 घुमाउने वि. १. घुम्न लाउने; घुमाएको; रिडाउने ।
10282 घुमाउने वि. २. घुमाउरो परेको फेरो पार्ने ।
10283 घुमाउने घर ना. घुमाउरो छानो भएको घर, पाखा नछुट्टिने गरी बनाइएको, बाटुलो छानो भएको घर ।
10284 घुमाउने चौतारो ना. वरिपरि घुमाएर वृत्ताकार पारी बनाइएको चौतारो ।
10285 घुमाउने टपरी ना. वरिपरि बिट राखेर वृत्ताकार हुने गरी गाँसिएको, ठुलो खालको टपरी ।
10286 घुमाउने दह ना. १. पानीको चक्का घुमेको देखिने वा भुँवरी परेको दह ।
10287 घुमाउने दह ना. २. रिंगाउने खालको, कहालीलाग्दो दह ।
10288 घुमाउरो वि. घुमेको, फेरो परेको; बाङ्गोटिङ्गो; सो नभएको बाटो, खोलो, कुरो इ.) ।
10289 घुमाव ना. समभूमिमा देखिने नदीको मोड, घुम्ती ।
10290 घुमिनु अ.क्रि. घुम्ने काम गरिनु, चक्कर खाइनु ।
10291 घुमीफिरी क्रि.वि. सबैतिर घुमेर, घुमफिर वा घुमघाम गरेर ।
10292 घुमुवा वि. घुमफिर गर्ने, डुल्ने स्वभावको; डुलुवा, घुमक्कड ।
10293 घुमौटो ना. १. घुम्टो ।
10294 घुमौटो ना. वि. २. घुमाउरो, घुमुवा, फेरो पर्ने।
10295 घुमौरो वि. हे. घुमाउरो ।
10296 घुम्टी ना. बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको फलफल गर्ने मूल्यवान् पछ्यौरा।
10297 घुम्टो ना. १. प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर, छोपो घुम्टी ।
10298 घुम्टो ना. २. आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कार-कर्मअनुसारको आशौच वा जुठो ।
10299 घुम्टो ना. ३. आकाशमा थपिंदै वा धुम्मिँदै गएको बादलको अंश ।
10300 घुम्टो ना. (उदा.- हिमालमाथि बादलले भखरै घुम्टो हालेको थियो ।)।