Dictionary

All Word

10301 घुम्ट्यौली वि. घुम्टाले शिर छोपेकी, घुम्टो हालेकी ।
10302 घुम्ती ना. १. घुमाउरो परेको बाटो, घुम्नुपर्ने ठाउँ, कुहुनेटो; मोड |
10303 घुम्ती ना. वि. २. घुम्ने खालको, घुमेको, घुमाउरो ।
10304 घुम्ती अदालत ना. सरकारबाट जिल्लाजिल्लामा छिन्न बाँकी रहेका मुद्दामामिलाहरू छिनाउन र दुनियाँलाई पिरमर्का परेमा न्याय, इन्साफ दिनदिलाउन दौडाहाका रूपमा खडा गरिएको अदालत |
10305 घुम्ती अस्पताल ना. जनतामा स्वास्थ्यसेवा पुयाउन जिल्लाजिल्ला वा गाउँगाउँमा घुम्ने व्यवस्था गरिएको वा त्यसरी आंशिक समयका निम्ति कुनै ठाउँमा चलाइएको अस्पताल |
10306 घुम्ती खेती ना. नयाँनयाँ ठाउँ फेरेर वा एक बाली पाक्ता नपाक्तै अर्को बाली लगाउने गरी गरिने खेती ।
10307 घुम्ती पुस्तकालय ना. गाडी वा यानद्वारा प्रमुख स्थलमा घुम्दै सर्वसाधारण सदस्यहरूलाई पुस्तक लेनदेनको सेवा पुयाउने वा कुनै ठुलो पुस्तकालयको त्यस्तो अङ्ग ।
10308 घुम्ती लिक ना. रोपवे क्यारियर आउँदा जाँदा स्टेसनमा गुड्न बनाइएको लिक।
10309 घुम्रिनु अ.क्रि. घुँगुरिनु, मुन्द्रा पर्नु ।
10310 घुम्रे वि. १. घुम्रो परेको मुन्द्राजस्तो बनेको, घुँगुरिएको ।
10311 घुम्रे वि. २. बेकम्मा काम नलाग्ने ।
10312 घुम्याइ ना. घुम्रिने क्रिया वा प्रक्रिया ।
10313 घुम्याइनु क.क्रि. घुम्रिने पारिन् ।
10314 घुम्याउनु स.क्रि. घुगुऱ्याउनु ।
10315 घुम्ग्राहट ना. घुम्रिने काम वा अवस्था ।
10316 घुम्ग्राहा वि. घुम्रिने खालको ।
10317 घुत्रो ना. डोरीको बिचमा ढुड्गो राखी हातले घुमाएर हान्ने एक किसिमको अस्त्र ।
10318 घुर्नु अ.क्रि. १. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु ।
10319 घुर्नु अ.क्रि. २. घुर्रघुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु ।
10320 घुर्नु अ.क्रि. ३.मही पार्दा घारघुर शब्द निस्कनु ।
10321 घुर ना. १. तिघ्रा, जाँघ (जस्तो- घुर जोर्नु, घुर थाप्नु, घुर थापेर सुत्नु इ.) ।
10322 घुर ना. २. काख ।
10323 घुर ना. ३. सुत्ने ठाउँ, शयनस्थान, ओछ्यान, बिछ्यौना ।
10324 घुर ना. वि. ४. अदृश्य, नदेखिने (जस्तो- घुरमैलो ।)।
10325 घुर ना. परेवा, माछा आदिको गुँड ।
10326 घुर ना. भयास, झिँगटा आदि, घुरा ।
10327 घुर ना. मधेसमा गाउँघर र सहर बजारतिर झासमुस बालेर आगो ताप्न बनाइने अगेन; घुर ।
10328 घुरघुर क्रि.वि. १. निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी ।
10329 घुरघुर क्रि.वि. २. ढुकुर, परेवा आदि कराउने किसिमले ।
10330 घुरघुर क्रि.वि. ३. मही पार्दा शब्द निस्कने चालसँग ।
10331 घुरघुराइ ना. घुरघुराउने क्रिया वा प्रक्रिया |
10332 घुरघुराइनु क.क्रि. निद्रामा घुरघुर शब्द निकालिन, घुरघुर आवाज आउने पारिनु ।
10333 घुरघुराउनु क्रि. १ निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुघुर्र शब्द गर्नु ।
10334 घुरघुराउनु क्रि. २. परेवा, ढुकुर आदि कराउनु, घुर्नु।
10335 घुरघुराउनु क्रि. ३. मही पार्दा शब्द निस्कनु ।
10336 घुरघुराहट ना. घुरघुराउने काम वा अवस्था ।
10337 घुरण ना. सुँगुर, बङ्गुर आदि कराउँदाको आवाज, घुँघुर ।
10338 घुरमैलो वि. १. अलिअलि बादल लागेको; नजानिँदो मैलो ।
10339 घुरमैलो वि. २. अँध्यारो अँध्यारो वा रछाहारछाहा परेको ।
10340 घुराइ ना. घुर्ने क्रिया वा प्रक्रिया |
10341 घुराइनु क.क्रि. घुर्न लाइनु ।
10342 घुराउनु प्रे. क्रि. घुर्न लाउनु ।
10343 घुरान ना. १. धुलोमूलो, कसिङ्गर आदिको थुप्रो ।
10344 घुरान ना. २. मल आदि फोहोर वस्तुको थुप्रो ।
10345 घुरिनु अ.क्रि. घुराइको शब्द निकालिनु ।
10346 घुर्की ना. १. धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ, देखावटी रिस ।
10347 घुर्की ना. २. उल्टो धम्की ।
10348 घुर्क्याइ ना. घुर्की लगाउने काम वा प्रक्रिया |
10349 घुर्क्याइनु क.क्रि. घुर्की लाइनु ।
10350 घुर्क्याउनु स.क्रि. घुर्की लाउनु, घुर्की देखाउनु ।