Dictionary

All Word

10351 घुर्क्याहट ना. घुर्क्याउने काम वा अवस्था ।
10352 घुर्क्याहा वि. घुर्की लाउने ।
10353 घुघुरे ना. मित्र चिसो माटो भएको ठाउँमा माथिमाथि खन्ने एक जातको किरो।
10354 घुर्चो ना. घिच्रो; घुच्चुक।
10355 घुर्बिसो ना. फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुस्रा पात हुने, एक जातको पोथ्रो वा रुख।
10356 घुसो ना. एक जातको बैंसको बोट ।
10357 घुर्मिलो ना. ससाना मसिना पात हुने, खान हुने फल लाग्ने, एक खालको लहरो ।
10358 घुर्मी ना. पाक्दा पहेंलो हुने, गोलभेंडाका आकारको र अमिलो स्वाद हुने फल फल्ने, एक जातको लहरो ।
10359 घुर्मैलो वि. हे. घुरमैलो ।
10360 घुर्यान ना. गाउँघरमा करेसाबारीको नजिकै रहेको भाँडा माझ्ने ठाउँ, घुरान ।
10361 घुर्र क्रि.वि. १. निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी ।
10362 घुर्र क्रि.वि. २. ढुकुर, परेवा आदि घुर्दा शब्द आउने किसिमले ।
10363 घुर्र क्रि.वि. ३. गह्रौं वस्तु घिसार्दा शब्द आउने चालमा ।
10364 घुरघुर्र क्रि.वि. उपर्युक्त सबै किसिमले पटक-पटक शब्द आउने गरी ।
10365 घुर्रा / घुर्रो ना. १. मही पार्दा मदानीको सर छिराएर अड्याइरहने काठको प्वाल भएको चक्का ।
10366 घुर्रा / घुर्रो ना. २. रोटेपिङमा पिर्का अड्याउने साधन ।
10367 घुर्रा / घुर्रो ना. ३. बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो ।
10368 घुर्रा / घुर्रो ना. ४. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको) ।
10369 घुलित वि. हे. घोलित ।
10370 घुल्ल क्रि.वि. पखाला लाग्दा पेट कराउने किसिमले ।
10371 घुस्नु स.क्रि. १. बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु, प्रवेश गर्नु, पस्नु, छिर्नु ।
10372 घुस्नु स.क्रि. २. भिडभाडको बिचमा पुग्नु घुस ।
10373 घुस ना. अड्डा आदिमा परेको काम आफ्नो हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल उत्कोच ।
10374 घुसखोर वि. घुस खाने, घुस्याहा ।
10375 घुसखोरी ना. घुस खाने काम ।
10376 घुसघुस क्रि.वि. भित्रभित्रै छासछुस कुरा लाउने चालसँग चुक्ली लाउने किसिमले ।
10377 घुसघुसे वि. घुसघुस गर्ने, छासछुस कुरा लाउने, चुक्ली लाउने; समुन्द्रे ।
10378 घुसमुन्टिनु अ.क्रि. १. भुईंमा मुख जोतिने गरी पछारिन घुसमुन्टो हुने गरी लड्नु ।
10379 घुसमुन्टिनु अ.क्रि. २. उभिन्डिन, घोप्टिनु ।
10380 घुसमुन्टे वि. १. भुइँतिर मुन्टो फर्काएको, घुसमुन्टो भएको ।
10381 घुसमुन्टे वि. २. घोसे, अँध्यारमुखे; अँध्यारखाउडे ।
10382 घुसमुन्टो ना. १. भुइँतिर फर्किएको मुन्टो, घोसे पारिएको मुन्टो तलतिर झुकेको मुन्टो वा मुख ।
10383 घुसमुन्टो ना. २. घोप्टो परेको मुन्टो, उभिन्डो अनुहार।
10384 घुसमुन्ट्याइ ना. १ घुसमुन्टिने क्रिया वा प्रक्रिया।
10385 घुसमुन्ट्याइ ना. [घुसमुन्ट्याउ+आई] २. घुसमुन्ट्याउने क्रिया वा प्रक्रिया |
10386 घुसमुन्ट्याइनु क.क्रि. घुसमुन्टिने काम गरिन् ।
10387 घुसमुन्ट्याउनु प्रे. क्रि. भुईंमा मुख जोतिने गरी पछार्नु, घुसमुन्टिन लाउनु ।
10388 घुसमुन्ट्याहट ना. घुसमुन्टिने अवस्था, क्रिया वा प्रक्रिया |
10389 घुसरपन्जा ना. १. दनादन दिइने घुस्सा वा घुच्चा, लगातारको मुक्की ।
10390 घुसरपन्जा ना. २. त्यस प्रकारको लडन्त वा भिडन्त ।
10391 घुसरपन्जा ना. ३. मर्ने स्थिति; मराइ ।
10392 घुसरपन्जा ना. (उदा.- जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!) ।
10393 घुसरपन्जा ना. ४. भुईंमा घिसारेर कौडा हान्ने एक चाल ।
10394 घुसाइ ना. १. घुस्ने क्रिया वा प्रक्रिया ।
10395 घुसाइ ना. [घुसाउ + आइ] २ घुसाउने क्रिया वा प्रक्रिया |
10396 घुसाइनु क.क्रि. घुस्न लाइनु ।
10397 घुसाउनु प्रे. क्रि. पसाउनु छिराउनु, घुसार्नु, घुस्न लाउनु ।
10398 घुसान ना. बढारकुँढार गरिने कुनै वस्तुको रहलपहल, घुरान, कसिङ्गर।
10399 घुसार्नु स.क्रि. १. कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु ।
10400 घुसार्नु स.क्रि. २. कपालमा फूल आदि सिउरनु ।