Dictionary

All Word

10401 घुसाइ ना. घुसार्ने काम वा प्रक्रिया ।
10402 घुसारिनु क.क्रि. घुसार्ने काम गरिनु, घुसाइनु ।
10403 घुसिनु क.क्रि. प्रवेश गरिनु, छिरिनु ।
10404 घुसौटी ना. [घुसाउ + औटी ] हे. घुस्यौटी।
10405 घुस्यान ना. १. मसिनो र भुसभुसे परेको एक प्रकारको भार ।
10406 घुस्यान ना. २. हे. घुसान ।
10407 घुस्याहा वि. घुस खाने; घुस लिने ।
10408 घुस्यौटी ना. १. पेट, भुँडी ।
10409 घुस्यौटी ना. (उदा.- त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला ) ।
10410 घुस्यौटी ना. २. ह्याकुल्लो ।
10411 घुस्यौटी ना. (उदा.- थोरै आगोले त घुस्यौटी सेकाउन पनि पुग्दैन) ।
10412 घुस्यौटो ना. कुनै वस्तु घुसारिने आधार, दाम्लाको गाँठो छिराउने ठाउँ पस्यौटो |
10413 घुस्रनु अ.क्रि. १. टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु, घुस्नु।
10414 घुस्रनु अ.क्रि. २. शरण पर्नु, पिछा पर्नु ।
10415 घुस्रनु अ.क्रि. ३. ओत लाग्नु, आश्र लिनु ।
10416 घुस्राइ ना. घुसने काम वा प्रक्रिया |
10417 घुस्रिनु अ.क्रि. १. घुसिन पसिनु ।
10418 घुस्रिनु अ.क्रि. २. घुसनु ।
10419 घुस्रुक्क क्रि.वि. १. घुस्रने किसिमले ।
10420 घुस्रुक्क क्रि.वि. २. मर्ने चालसँग; खुसुक्क ।
10421 घुस्र्याइ ना. घुस्रिने क्रिया वा प्रक्रिया |
10422 घुस्याइनु क.क्रि. घुस्रिने पारिनु ।
10423 घुस्याउनु प्रे. क्रि. घुस्रिने पार्नु ।
10424 घुस्याहट ना. घुस्रिने काम वा अवस्था ।
10425 घुस्र्याहा वि. घुस्रिने खालको ।
10426 घुस्स क्रि.वि. १. घुस्सा हान्ने गरी, घुच्च ।
10427 घुस्स क्रि.वि. २. रिसाएर नबोली बस्ने चालले, ठुस्स ।
10428 घुस्स क्रि.वि. ३. गह्रौं भईकन नरम वस्तु भुइँमा रगडिने गरी घिसार्दा शब्द आउने गरी; घस्स ।
10429 घुस्सा ना. १. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा ।
10430 घुस्सा ना. २. त्यस किसिमले गरिने प्रहार |
10431 घुस्सावाल वि. घुस्सा दिने वा घुस्सा लगाउने (व्यक्ति) ।
10432 घुस्सिनु अ.क्रि. रिसले घुस्स परेर बस्नु, ठुस्सिनु; खुन्सिनु।
10433 घुस्सी ना. सानो घुस्सा |
10434 घुस्सी घुसिउँ ना. जोडले घुस्सा हान्ने काम ।
10435 घुस्याइ ना. घुस्सिने क्रिया वा प्रक्रिया ।
10436 घुस्याइ ना. घुस्स्याउने क्रिया वा प्रक्रिया |
10437 घुस्स्याइनु क.क्रि. घुस्स्याउने काम गरिनु, घुस्सा दिइनु ।
10438 घुस्स्याउनु स.क्रि. घुस्साले हान्नु, घुस्सीले धकेल्नु, घुस्सा मार्न, घुच्च्याउनु ।
10439 घुस्याहट ना. घुस्स्याउने काम वा अवस्था ।
10440 घुसखोर वि. हे. घुसखोर ।
10441 घुसखोरी ना. हे. घुसखोरी ।
10442 घूर ना. हे. घुर ।
10443 घूर्ण ना. १. यताउति घुम्ने काम ।
10444 घूर्ण ना. २. कुनै वस्तुको चारैतिरको चक्करकटाइ |
10445 घूर्ण ना. वि. ३. घुमेको ।
10446 घूर्णन ना. घुम्ने वा चक्कर काट्ने क्रियाप्रक्रिया |
10447 घूर्णित वि. १. घुमेको वा घुमाइएको, रिंगेको वा रिंगाइएको ।
10448 घूर्णित वि. २. चक्कर खाएको वा खुवाइएको ।
10449 घूस ना. हे घुस ।
10450 घृणा ना. १. मर्यादाविरुद्ध वा अनुचित काम गर्ने व्यक्ति वा उसले गरेका नराम्रा काम कारबाईप्रति स्वाभाविक रूपमा हुने अरुचि, घिन; दिगमिगी सिकसिको ।