Dictionary

All Word

10451 घृणा ना. २. हेला; अपमान ।
10452 घृणास्पद वि. घृणा गर्न योग्य, घिन मान्नुपर्ने, निन्दनीय ।
10453 घृणित वि. घृणा गर्न लायक, घृणा हुने वा हुन सक्ने, निन्दनीय ।
10454 घृत ना. घिउ ।
10455 घृतकौशिक ना. कौशिक कुलमा उत्पन्न भएका गोत्रप्रवर्तक एक ऋषि ।
10456 घृतकौशिक गोत्र ना. घृतकौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम |
10457 घृष्ट वि. १. घोटिएको वा रगेडिएको ।
10458 घृष्ट वि. २. घिसिएको ।
10459 घृष्ट वि. ३. घिसारिएको; तानिएको।
10460 घृष्ट वि. ना. ४. ध्वनिविज्ञानअनुसार घर्षणबाट उत्पन्न हुने उष्मीभूत व्यञ्जन ।
10461 घेर्नु स.क्रि. कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चिजले घेरा दिनु, घेरामा पार्नु, छेक्नु ।
10462 घेरा ना. कम्पाउन्ड वा पर्खालको बार, चौगिर्दा ।
10463 घेराइ ना. घेर्ने क्रिया वा प्रक्रिया |
10464 घेराइनु क.क्रि. घेर्न लाइनु ।
10465 घेराउ ना. घेरा दिने काम ।
10466 घेराउनु प्रे. क्रि. घेर्न लाउनु ।
10467 घेरादार वि. घेरा दिने घेरा भएको ।
10468 घेराव ना. घेर्ने वा घेरा दिने काम घेराउ |
10469 घेरिनु क.क्रि. घेरा दिइनु, घेर्ने काम गरिनु ।
10470 घेरो ना. १. चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार।
10471 घेरो ना. २. कुँडुलो परेको फेरो ।
10472 घेरो ना. ३. वृत्ताकार परिधि ।
10473 घेरो ना. ४. रेखो ।
10474 घेरोघेरो क्रि.वि. घेरो नछुट्ने गरी घेरो वा रेखो हुँदै ।
10475 घेवर ना. चामलको पिठो वा गहुँको मैदामा घिउ वा नौनी फिटेर घिउमै पकाइने, एक प्रकारको रोटी, घिउरोटी |
10476 घेवा ना. तामाङ जातिले मरेका मानिसका निम्ति गर्ने अन्त्येष्टि क्रिया; सुद्धाइँ ।
10477 घेवारे ना. घिउको बेपारी, घिउ बेच्ने व्यक्ति ।
10478 घैटाघैंटी ना. सानाठुला धेरै घँटाको समूह ।
10479 घैंटी ना. सानो घैंटो; सानो खालको माटाको गाग्रो ।
10480 घैंटे ना. १. नबढेको, पुड्को, बामपुड्के, डल्ले (व्यक्ति) ।
10481 घैंटे ना. २. पैंटो जस्तो, घँटाका छाँटको ।
10482 घैंटे ना. स्त्री. घैंटी |
10483 घैंटो ना. १. माटाको घडा, गोल्फु ।
10484 घैंटो ना. २. सानो खालको गाग्रो ।
10485 घैंटो ना. ३. मान्छेको मनपेट (प. ने.) ।
10486 घैघराना ना. घर र घरसित सम्बन्धित विषय वा कुरा, घरगृहस्थी, घरघराना, घरायस, घरसार ।
10487 घैमल ना. १. धेरै धुलोमुलो वा फोहर वस्तु कसिङ्गर, घुरान ।
10488 घैमल ना. २. काम नलाग्ने, बेकम्मा; रद्दी ।
10489 घैया ना. १. पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान |
10490 घैया ना. वि. २. अघि पाक्ने, अघैया ।
10491 घैयामकै ना. घैयाबारीमा पातलोपातलो गरी छरिएको मकै ।
10492 घैला ना. १. माटाको घडा गाग्रो ।
10493 घैला ना. २. हाँडी ।
10494 घैलाघैली ना. सानाठुला घैलाहरू ।
10495 घैली ना. सानो घैलो |
10496 घैले वि. ठुलठुला कल्चौंडा वा फाँचा हुने, घैलाजस्ता फाँचा हुने (गाईबस्तु) ।
10497 घोक्नु स.क्रि. कुनै पुस्तकका विषय, पाठ आदि मुखले बारबार भन्नु वा आवृत्ति गर्नु, त्यसरी रट्नु वा रफत गर्नु ।
10498 घोकना ना. घोक्ने काम वा प्रक्रिया |
10499 घोकन्ता वि. घोकन्ते, घोकुवा ।
10500 घोकन्ताम् वि. नबुझी घोक्ने ।