Dictionary

All Word

10501 घोकन्ती वि. घोकिएको रफत गरिएको ।
10502 घोकन्ती वि. (उदा.- घोकन्ती विद्या धावन्ती खेती । उखान ) ।
10503 घोकन्ते वि. घोकेर पढ्ने, घोकेरै कण्ठ गर्ने ।
10504 घोकाइ ना. घोक्ने काम वा प्रक्रिया |
10505 घोकाइनु क.क्रि. घोक्न लाइनु ।
10506 घोकाउनु प्रे. क्रि. घोक्न लाउनु, रटाउनु ।
10507 घोकिनु क.क्रि. घोक्ने काम गरिनु, रटिनु ।
10508 घोकुवा वि. धेरै घोक्ने, घोकन्ते ।
10509 घोक्रिनु अ.क्रि. १. घोक्रोजस्तो समरो हुनु ।
10510 घोक्रिनु अ.क्रि. २. छिप्पिनु जालो पस्नु ( घिरौंला आदि) ।
10511 घोक्रिनु अ.क्रि. ३. घोक्रामा समातिएर धकेलिनु, गर्दनमा अँठ्याइएर उछिट्टिनु, गलहत्तिनु ।
10512 घोक्रेछुत्ती/ घोक्रेसुत्ती ना. घोक्रामा समातेर हुत्याउने क्रिया, गलहत्ती ठ्याक खुवाउने काम ।
10513 घोक्रो ना. श्वासनली तथा गोजेरोभन्दा माथि र हाब्रोभन्दा तलतिरको भाग, घाँटी, गर्धन, घिच्रो ।
10514 घोक्य्राइ ना. घोक्र्याउने क्रिया वा प्रक्रिया |
10515 घोक्याइनु क.क्रि. घोक्रिने पारिनु, गलहत्याइनु ।
10516 घोक्याउनु स.क्रि. कसैलाई घोक्रामा समातेर हुत्त्याउनु, गलहत्याउनु, गर्दन्याउनु ।
10517 घोक्याउने ना. १. डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान, भ्याल्सी।
10518 घोक्याउने ना. वि. २. घोक्रामा समातेर हुत्त्याउने ।
10519 घोक्याउने ना. (उदा.- घोक्र्याउनेले घोक्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु ! ) |
10520 घोक्ग्राहट ना. घोक्र्याउने वा गलत्त्याउने काम वा अवस्था ।
10521 घोगचा ना. माटाको भाँडो बनाउँदा प्रयोग गरिने काठको विशेष प्रकारको मुङ्ग्रो ।
10522 घोगाघोगी ना. सानाठुला धेरै घोगा ।
10523 घोगी ना. सानो घोगो ।
10524 घोगे ना. १. घोगा झैं भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको भार ।
10525 घोगे ना. वि. २. घोगो भएको घोगो लागेको ।
10526 घोगे चाँप ना. सेता ठुलठुला दलका बिचमा घोगोजस्तो कर्णिकार फूल फुल्ने एक जातको चाँप, राजचम्पक।
10527 घोगे बाली ना. घोगाका रूपमा फल्ने अन्नको बाली ( मकैबाली ) |
10528 घोगो ना. १. खोयामा घर हार परेर गेडा लागेको, मकैको लाम्चो सिङ्गो फल।
10529 घोगो ना. २. त्यस्तै आकारको फल वा फूल ।
10530 घोग्यानी ना. धेरै घोगा भएको वा घोगा लाग्ने ठाउँ, घोगाहरूको समूह |
10531 घोघे ना. बदमास खालका बस्तु बाँध्न प्रयोग गरिने पाट वा भुत्लाको लठारे डोरी |
10532 घोच्नु स.क्रि. १. कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु घोप्नु रोप्नु ।
10533 घोच्नु स.क्रि. २. ठोस्नु, कोच्नु ।
10534 घोच्नु स.क्रि. ३. मर्म पर्ने गरी भन्नु घोचपेच गर्नु ।
10535 घोच्नु स.क्रि. ४. बारम्बार सम्झाउनु, अर्ती दिनु प्रेरित गर्नु ।
10536 घोचघाच ना. १. घोच्नेवर्ने काम ।
10537 घोचघाच ना. २. घोचपेच गर्ने काम ।
10538 घोचपेच ना. अर्कालाई मर्म पर्ने गरी भनिएको कुरो, बिझ्ने वा चित्त दुख्ने कुरो, छेडछाड |
10539 घोचाइ ना. घोच्ने क्रिया वा प्रक्रिया |
10540 घोचाइनु क.क्रि. घोच्न लाइनु, घोपाइनु ।
10541 घोचाउनु प्रे. क्रि. घोच्न लाउनु घोपाउनु ।
10542 घोचाघोच ना. परस्परमा घोच्ने काम; परस्परको घोचाइ, घोचपेच, छेडछाड ।
10543 घोचाघोची ना. सानाठुला धेरै घोचा ।
10544 घोचिनु स.क्रि. घोपिनु, रोपिनु।
10545 घोचिलो वि. घोच्ने, घोच्ने खालको ।
10546 घोचुवा वि. घोच्न खोज्ने; घोच्ने ।
10547 घोचो ना. बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लड्गुरो ।
10548 घोट्नु स.क्रि. १. कुनै कडा वस्तुलाई चिल्लो, चम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु ।
10549 घोट्नु स.क्रि. २. खल गर्नु, पिँध्नु ।
10550 घोट्नु स.क्रि. 3. खुबसित काम लगाउनु, जोत्नु ।