Dictionary

All Word

10551 घोट ना. घोट्ने वा दल्ने काम, घोटाइ वा दाइ ।
10552 घोटघाट ना. घोट्नेवर्ने काम ।
10553 घोटा ना. हे. घोट्टा ।
10554 घोटाइ ना. घोट्ने क्रिया वा प्रक्रिया |
10555 घोटाइनु क.क्रि. घोट्न लाइनु, रगेडाइनु ।
10556 घोटाउ ना. घोट्ने काम ।
10557 घोटाउनु प्रे. क्रि. १. घोट्न लाउनु, रगेडाउनु ।
10558 घोटाउनु प्रे. क्रि. २. मिहिनेतसाथ घोकाउनु ।
10559 घोट घोट ना. १. परस्परमा एकले अर्कालाई घोट्ने काम ।
10560 घोट घोट ना. २. कसाकस ।
10561 घोटाहा वि. घोट्ने खालको, घोट्ने ।
10562 घोटिनु क.क्रि. घोट्ने काम गरिनु, रगडिनु ।
10563 घोटिलो वि. घोटिएजस्तो, घोटिएको ।
10564 घोटी ना. हाडे बयर |
10565 घोटी ना. दुधे नानीहरूलाई खुवाउने एक प्रकारको औषधी ।
10566 घोटुवा वि. घोटिएको घोटिने ।
10567 घोट्टा ना. १. भाङको पात भिजाएर मरिच मिसाई बेसरी पिंधेर वा घोटेर तयार पारीकन गोला वा गोलीका रूपमा खाइने मादक पदार्थ अथवा त्यसरी तयार पारिएको भाइको लेदोमा बदाम, किसमिस, सुकुमेल आदि पौष्टिक पदार्थ तथा दुध र चिनी हालेर सर्वतका रूपमा पान गरिने नसालु पदार्थ ।
10568 घोट्टा ना. २. रगडाइ, घोटाइ ।
10569 घोट्टा ना. ३. बारम्बारको रफत वा अभ्यास; मिहिनेत ।
10570 घोडकरैत ना. घोडाजस्तो परेको करेंत, एक अत्यन्त बिखालु सर्प ।
10571 घोडगदाहा ना. मधेसका जङ्गलमा पाइने घोडाकै बान्कीको र घोडा जस्तै दगुर्ने गधा |
10572 घोडचढी वि. १. घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार |
10573 घोडचढी वि. ना. २. त्यस्तो व्यक्ति ।
10574 घोडचढी रिसल्ली ना. विदेशमा रहने वा विदेशबाट आएका राजदूतहरूले प्रमाणपत्र पेस गर्न जाँदा घोडा चढेर अगाडि पछाडि लाग्ने घोडचढी सिपाही; रिसल्ला ।
10575 घोडचढी सबार ना. घोडचढी रिसल्ला |
10576 घोडताप्रे ना. तिच्छरो स्वादका पात हुने, घोडाका टापका आकारका राता फूल फुल्ने, आँख्ला - आँख्लाबाट जरा निस्कने, आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको एक प्रकारको लहरे भुइँकार, माण्डूक- ब्राह्मी ।
10577 घोडदौड ना. १. बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल ।
10578 घोडदौड ना. २. घोडेजात्रामा काठमाडौंको टुँडिखेलमा दौडाइने र देखाइने घोडाको प्रसिद्ध दौड |
10579 घोडसवार ना. घोडचढी ।
10580 घोडा ना. घोडो ।
10581 घोडाख ना. सुक्खा ठाउँमा उम्रने, आँपका जत्रा ससाना नरम पात हुने, मकैका ढोडको जस्तो गुदी हुने, हातले पात चलाउँदा सेतोसेतो हुने एक प्रकारको सानो बोट ।
10582 घोडागाडी ना. घोडाले तान्ने गाडी बग्गी, एक्का, टमटम |
10583 घोडेजात्रा ना. १. चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौंको टुँडिखेलमा सार्वजनिक प्रदर्शनका उद्देश्यले देखाइने घोडदौडको प्रसिद्ध जात्रा |
10584 घोडेटो ना. घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो, चौपाया जनावर आदिमा मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो ।
10585 घोडे दुबो ना. कुशका जस्ता फूल फुल्ने साहो र ठुलो एक जातको दुबो |
10586 घोडे बन्सो ना. लामा लामा पात हुने, टुप्पामा एक प्रकारको फूल फुल्ने र मसिना गेडा पनि लाग्ने बन्सो घाँस ।
10587 घोडे लात ना. बालकहरूले लात्ती उचाल्दै हान्दै गरी खेल्ने एक प्रकारको खेल ।
10588 घोडे साबुन ना. लुगा धुने डल्लो आकारको एक थरी साबुन ।
10589 घोडो ना. १. चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु ।
10590 घोडो ना. २. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा ।
10591 घोडो ना. ३. बुद्धिचालको खेलमा चालिने एक गोटी ।
10592 घोडो ना. स्त्री. घोडी ।
10593 घोत ना. १. किरियापुत्रीहरूलाई भेट्न आउँदा सम्झाउनी र सघाउका निम्ति ल्याइने चामल, चिनी, घिउ, मरिच आदि वस्तु बिचार |
10594 घोत ना. २. घत; बिचार |
10595 घोत्लिनु अ.क्रि. १. ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु, झोक्राउनु ।
10596 घोत्लिनु अ.क्रि. २. चिन्ताले घोरिनु; सोचाइमा पर्नु ।
10597 घोत्ल्याइँ ना. घोत्लिनेपन वा अवस्था, घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण विचारमग्नता; सोचधर्मिता ।
10598 घोत्ल्याइ ना. घोत्लिने भाव, क्रिया वा प्रक्रिया |
10599 घोत्ल्याइनु क.क्रि. घोत्लिने पारिनु ।
10600 घोत्ल्याउनु प्रे. क्रि. घोत्लिन लाउनु ।