Dictionary

All Word

1101 कमौटे ना. कमोत वा कमौट गर्ने व्यक्ति वा जाति ( खेताला, हली, सुनार, लोहार आदि)।
1102 कमौटे ना. वि. ३. कमोत वा कमौट गर्ने।
1103 कमौत ना. जग्गाजमिन कमाउने काम, कमौट |
1104 कमौती ना. कमोती।
1105 कमौते ना./ वि. कमौटे।
1106 कम्घासा ना. सानु जातको केराउ पानीमा ढड्याई पिंधेर लेदो पारी बनाइएको आलो अचार |
1107 कम्ता वि. कम्ती, थोरै, घटी, न्यून |
1108 कतिया ना. खेतबारीको कमाइका निम्ति जग्गाधनीले काममा राखेको प्रमुख कर्मचारी, कोठारी, सेरालो।
1109 कम्ती वि. १. थोरै, कम घटी, अपर्याप्त न्यून (उदा.- तिमीले दिएको मिठाई धेरै कम्ती भयो। )।
1110 कम्ती वि. क्रि.वि. २. थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण।
1111 कम्ती वि. (उदा.- हिजो तिमीले सुनाएको गीत कती मिठो थिएन)।
1112 कम्ती पनि क्रि.वि. कमभन्दा कम मान्दा पनि थोरै भन्दा थोरै हुँदा पनि।
1113 कम्तीमा क्रि.वि. थोरै भन्दा थोरै मात्रा आदिमा |
1114 कम्तीमा पनि क्रि.वि. कम्ती पनि कम्तीमा |
1115 कम्प ना. भैँचालो, कामज्वरो, हावा आदिद्वारा भुईं, जिउ, पात आदि हल्लिए झैं हल्लिने अथवा काँप्ने क्रिया वा प्रक्रिया, कँपाइ कम्पन, हल्लाइ थतर्कों, थर्को।
1116 कम्पन ना. काँप्ने वा थरथराउने काम, कम्प।
1117 कम्पनी ना. १. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा।
1118 कम्पनी ना. २. सैनिकको गणभन्दा सानो एक खास एकाइ, गुल्म।
1119 कम्पनी ना. ३. फौजी जवानहरूको समूहविशेष (दिव्यो . )।
1120 कम्पनी ना. ४. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय।
1121 कम्पनी ना. ५. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय |
1122 कम्पनी कानुन ना. कम्पनीका नियम, ऐन, दायित्व, अधिकार आदिसँग सम्बन्धित कानुन, कम्पनीलाई नियन्त्रित गर्ने कानुन।
1123 कम्पनी सरकार ना. सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्धस्वायत्त सरकार।
1124 कम्पाउन्ड ना. १. गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन, आँगन, पटाङ्गिनी, कोठेबारी आदिसहितको जग्गा क्याम्प।
1125 कम्पाउन्ड ना. २. रासायनिक वस्तुहरूको मिश्रण।
1126 कम्पाउन्डर ना. १. अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधी उपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति।
1127 कम्पाउन्डर ना. २. स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ, स्वास्थ्य सहायक, हेल्थ असिस्टेन्ट।
1128 कम्पाउन्डरी ना. कम्पाउन्डरले पढ्ने विद्या वा गर्ने कार्य।
1129 कम्पायमान वि. काँपिरहेको; थरहरी भइरहेको, डोलायमान।
1130 कम्पारो ना. हे. कन्पारो।
1131 कम्पास ना. १. दिशाहरू छुट्याउने यन्त्र, दिग्दर्शन यन्त्र, दिक्साधन यन्त्र।
1132 कम्पास ना. २. रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान, पर्काल।
1133 कम्पासे वि. कम्पासको काम गर्ने।
1134 कम्पासे वि. ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार |
1135 कम्पित वि. काँपेको, कामेको, हल्लिएको, थर्किएको।
1136 कम्पितशिर ना. १. टाउको काम्ने रोग।
1137 कम्पितशिर ना. वि. २. सो रोग लागेको (व्यक्ति)।
1138 कम्पु ना. सैनिकहरूको छाउनी, जगी उपनिवेश।
1139 कम्पु कोत ना. पल्टनको पोसाक, साजबाज, निसान, हातहतियार आदि राख्ने घर, असबाबखाना।
1140 कम्पु तिर्जा ना. राणाकालीन शासनमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको गहिरी वा पाखो जग्गा तोकिएको सरकारी पुर्जा, जगी जग्गाभर्नाको काग।
1141 कम्पोज ना. छापाखानामा अक्षरमा विभिन्न टाइपहरूलाई गुरुकापीबमोजिम पङ्क्तिबद्ध गर्ने कार्य।
1142 कम्पोजिङ ना. कम्पोज।
1143 कम्पोजिङ ट्विजर ना. कम्पोजको काम गर्दा टाइप थुत्ने र मिलाउने काममा (प्राय: प्रुफ संशोधन गर्दा) प्रयोग गरिने चिम्टा |
1144 कम्पोजिटर ना. कम्पोज गर्ने व्यक्ति वा कर्मचारी |
1145 कम्पोस्ट ना. गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम, मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया |
1146 कम्पोस्ट मल ना. मलखाल्डो वा भकारे खाल्टोमा सडेर बनेको मल।
1147 कम्प्युटर ना. १. विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन र पुनःसंयोजन गर्ने अत्याधुनिक विद्युतीय संयन्त्र।
1148 कम्प्युटर ना. २. भण्डारितबाट संयोजित सामग्रीसम्बन्धी जानकारी यथासम्भव अपेक्षित रूपमा प्राप्त गर्न सकिने विद्युतीय संयन्त्र |
1149 कम्प्युटर ना. 3 हिसाबसम्बन्धी जटिल समस्याहरूको समाधान द्रुत गतिमा प्रदान गर्ने विद्युतीय संयन्त्र |
1150 कम्प्युटर ना. ४. नक्सा बनाउँदा अक्षांश, देशान्तर र क्षेत्रफलजस्ता कुराहरूको हिसाब गर्ने व्यक्ति।