Dictionary

All Word

1151 कम्प्युटर ना. ५. टङ्कण गर्ने, नक्सा, चित्र आदि बनाउने संयन्त्र |
1152 कम्बल ना. सिरक आदि झैं जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने, पाखी।
1153 कम्बल ना. २. ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा, राडी, काम्लो |
1154 कम्मर ना. [√ कमर ] कटि, कमर।
1155 कम्मरपेटी ना. कमरपेटी।
1156 कम्मरबन्दी ना. कमरबन्दी |
1157 कम्मरी ना. घरको माथिल्लो तलामा टायल, फिडटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ |
1158 कम्मल ना. हे. कम्बल।
1159 कम्युन १. समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गी ठहरिने व्यक्तिहरूको सामूहिक बसोबास।
1160 कम्युन २. त्यस्ता व्यक्तिहरूको समुदाय, जनपद।
1161 कम्युन कम्युनिज्म- ना. कम्युन अर्थात् सामाजिक समुदाय स्वयंले आफ्नो कार्य गर्न सम्भव भएकाले पुलिस, सिपाही, सरकार आदिको आवश्यकता छैन र सो कम्युन एक किसिमको परिवारसरह हुने हुँदा प्रत्येक कम्युनवासीको मर्म सबैमा अवगत हुने तथा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकताअनुसार उपभोगका सामग्री वितरण गर्न सकिने सिद्धान्तमा विश्वास राख्ने कार्लमार्क्स, फ्रेडरिक एङ्गेल्स, लेनिन आदिद्वारा प्रतिपादित राजनीतिक तथा आर्थिक सिद्धान्त मार्क्सवाद, साम्यवाद |
1162 कम्युनिस्ट वि. कम्युनिज्मको अनुयायी।
1163 की ना. रुख कटहरभित्रको भुत्रो।
1164 कम्लाइ कम्लाउने क्रिया वा प्रक्रिया।
1165 कम्लाइनु क.क्रि. कम्लाउने काम गरिनु।
1166 कम्लाउनु अ.क्रि. गाभिनु गाई आदि वस्तुभाउको स्पष्ट देखिने गरी फाँचो र त बढ्दै जानु।
1167 कम्सा ना. सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का।
1168 कयय ना. फेरोनिया लिमोनिया जातिको काँडादार एक रुख र त्यसको फल कै।
1169 कर, ना. अरू शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाई विशेषण एवं नाम बनाउने हाल नेपालीमा अनुसर्गात्मक प्रत्यय मानिने तर संस्कृत मूलको नियमानुसार समासको उत्तरपद ठहरिने एक रूप (दिवाकर, प्रभाकर, दिनकर, सुखकर इ.)।
1170 कर, ना. १. कसैलाई इच्छाका विरुद्ध दबाउमा पारी कुनै कुरा गर्न, गराउन वा हुन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
1171 कर, ना. २. त्यस प्रकारको वाध्यताका निम्ति दिइने जोड; करकाप।
1172 कर, ना. ३. प्रेरणा; जिद्दी।
1173 कर, ना. १. राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई अनिवार्य दातव्यका रूपमा दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकर, निर्यातकर, बाटोकर ( रोडसेस) इ. )।
1174 कर, ना. २. प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर, सिर्तो।
1175 कर, ना. ३. पहिले पहिले रैतीले भेटीका रूपमा जिमीदार वा तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चारदाम, साउने फागु, कुत, बेठ इ.)।
1176 कर, ना. ४. मान्छे, बाँदर आदिको हा।
1177 कर, ना. ५. हात्तीको हात अर्थात् सुँड।
1178 कर, ना. ६. प्रकाशको हात अर्थात् किरण।
1179 कर अड्डा ना. कर कार्यालय |
1180 कर अदालत ना. करसम्बन्धी हेर्ने अदालत वा अदालती फाँट।
1181 कर अधिकारी ना. कर अधिकृ।
1182 कर अधिकृत ना. कर कार्यालयको कम्तीमा राजपत्राङ्कित तृतीय तहको हाकिम वा फाँटवाला।
1183 कर' ना. हात, हत्केलो।
1184 करकर क्रि. यो. कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी, कचकच फतफत क्याउँक्याउँ।
1185 करकरे वि. करकर गर्ने, करकरसँग सम्बन्धित, कचकचे; फतफते।
1186 करकाप ना. १. इच्छाका विरुद्ध कसैलाई केही हुन, गर्न वा गराउन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
1187 करकाप ना. २. बलप्रयोग; जबर्जस्ती; थिचोमिचो |
1188 कर कार्यालय ना. सरकारी कर आदि असुलउपर गर्ने अर्थमन्त्रालयका मातहतका विभिन्न तह ( जिल्ला, अञ्चल वा क्षेत्र ) को कार्यालय, करअड्डा।
1189 करकोसिस ना. कोसिस वा सोसमानको कुनै कार्य, कोसिसका साथै सहायक कार्यका रूपमा गरिने समानधर्मी एवं समान लक्ष्य भएको अन्य कार्य; मरमिहिनेत |
1190 करक्क क्रि.वि. १. एकै प्रयासमा भाँचिने गरी, काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क।
1191 करक्क क्रि.वि. २. 'कर्' वा 'पट्' को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि भाँचिने किसिमसँग।
1192 करक्क क्रि.वि. ३. उठ्दा, बस्दा वा अन्य कुनै कारणवश गम्भीर पीडा भई शरीरको कुनै अङ्ग दुखेर कर्किने गरी।
1193 करङ ना. हाडखोर १. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भित्र्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि)को रक्षा गर्न सघाउ पुऱ्याउने हाडका पाताहरूबाट निर्मित पिंजडाका आकारको अस्थिप्रणाली।
1194 करङ ना. २. आकारमा दोब्रिएको तरबार झैं देखिने उक्त प्रणालीको कुनै एक हाड |
1195 करडे ना. १. एक प्रकारको सानो र डोलो माछो।
1196 करडे ना. २. साधारण व्यवहारका लागि बनाइएको दलुवा डसना, लम्पट |
1197 करडे ना. वि. ३. करङ छ्याङ्गै देखिने अर्थात् दुब्लो।
1198 करचेप ना. बलपूर्वकको आग्रह, जोडदार ढिपी।
1199 करछुली ना. हे. कर्धुली।
1200 करजोरी ना. दुई हत्केलालाई जोडेर गरिने अभिवादनको एक प्रकार बिन्ती; नमस्कार; प्रणाम, नमस्ते।