Dictionary

All Word

10601 घोत्ल्याहट ना. घोत्लिने अवस्था वा काम ।
10602 घोत्ल्याहा वि. घोत्लिने, घोत्ल्याइँ भएको ।
10603 घोप्नु स.क्रि. १. काँढा, सियो आदिले घोच्नु, खोप्नु, रोप्नु ।
10604 घोप्नु स.क्रि. २. अरिङ्गाल, बारुलो आदिले खिल्नु, छेड्नु।
10605 घोप ना. १. घोपेको वा घोचेको डोब, डाम; घाउको चोट |
10606 घोप ना. २. पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ ।
10607 घोपाइ ना. घोप्ने क्रिया वा प्रक्रिया |
10608 घोपाइनु क.क्रि. घोप्न लाइनु ।
10609 घोपाउनु प्रे. क्रि. घोप्न लाउनु, घोचाउनु ।
10610 घोपाहा वि. घोप्ने खालको ।
10611 घोपिनु क.क्रि. घोप्ने काम गरिनु ।
10612 घोपिलो वि. घोप्ने खालको ।
10613 घोपुवा वि. घोप्ने, घोप्ने काम गर्ने ।
10614 घोप्टिनु अ.क्रि. १. जमिनतिर मुख फर्काएर पस्रनु; घोप्टनु।
10615 घोप्टिनु अ.क्रि. २. उभिन्डो पर्नु, उभिन्डिनु ।
10616 घोप्टे ना. १. भर्याङको मुखमा घोप्टो पारेर लगाइने वा भर्याङको सिरान थुन्ने खापा ।
10617 घोप्टे ना. वि. २. घोप्टो परेको; उभिन्डिएको ।
10618 घोप्टे ना. ३. घोप्टो अनुहार भएको ।
10619 घोप्टे ना. ४. जति दिए पनि नपुग्ने वा सबै आफैं खाऊँ भन्ने ।
10620 घोप्टे ना. स्त्री. घोप्टी।
10621 घोप्टो वि. १. तलतिर मुख पारेर लडेको वा पछारिएको ।
10622 घोप्टो वि. २. उभिन्डो परेर रहेको; जमिनतिर मुख फर्केको ।
10623 घोप्ट्याइ ना. घोप्ट्याउने क्रिया वा प्रक्रिया |
10624 घोप्ट्याइनु क.क्रि. घोप्टो पारिनु ।
10625 घोप्ट्याउनु स.क्रि. घोप्टने पार्नु, उभिन्डो गराउनु, उभिन्ड्याउनु ।
10626 घोप्ट्याहट ना. घोप्टिने काम वा अवस्था ।
10627 घोप्ट्याहा वि. घोप्ट्याउने खालको; घोप्ट्‌याउने काम गर्ने ।
10628 घोर वि. १. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज इ.) ।
10629 घोर वि. २ मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ.) ।
10630 घोर वि. ३. साह्रै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ.) ।
10631 घोर वि. ४. निकै बाक्लो, घना (घोर जङ्गल ) ।
10632 घोर वि. ५. साह्रै धेरै; अत्यन्त ।
10633 घोर वि. ६ गम्भीर, गहिरो ।
10634 घोर घमासान ना. ठुलो लडाइँ, ठुलो मारकाट, भयङ्कर युद्ध ।
10635 घोरतर वि. १. ज्यादै डरलाग्दो ।
10636 घोरतर वि. ना. २. शिव ।
10637 घोरनाके वि. ठुलो नाक भएको घोक्रिएको नाक हुने, ढोडनाके ।
10638 घोरमुखा वि. नराम्रो अनुहार भएको, मन नपर्दो अनुहारको डरलाग्दो अनुहार हुने ।
10639 घोरल ना. रातोरातो र कालोकालो वा खैरो रङ भएको, ठुला खालको बाख्राका आकारको, जङ्गलमा बस्ने र घाँस खाने एक जातको मृग ।
10640 घोराही ना. पश्चिम नेपालको राप्ती अञ्चलअन्तर्गत भित्री मधेसमा रहेको, दाङदेउखुरी जिल्लाको सदर मुकाम ।
10641 घोरिनु अ.क्रि. १. गौर गर्नु, विचार गर्नु, गम्नु ।
10642 घोरिनु अ.क्रि. २. घोत्लिनु ।
10643 घोरिनु अ.क्रि. ३. सम्झने चेष्टा गर्नु ।
10644 घोरी ना. १. रक्तविकारबाट सानासाना खटिरा उछने एक प्रकारको चर्मरोग, छालाबाट छारो उड्ने चर्मरोग ।
10645 घोरी ना. वि. २. त्यस्तो रोग लागेको; घोऱ्याहा।
10646 घोऱ्याइँ ना. १. नचाहिँदो चाल, उपध्याइँ; फट्याइँ ।
10647 घोऱ्याइँ ना. २. घोरिने वा निहुरिएर सोच्ने क्रिया वा अवस्था ।
10648 घोऱ्याइ ना. घोरिने क्रिया वा प्रक्रिया |
10649 घोऱ्याइनु क.क्रि. घोरिन लाइनु ।
10650 घोऱ्याउनु प्रे. क्रि. घोरिन लाउनु, एकोहोऱ्याउनु ।