Dictionary

All Word

10651 घोट ना. घोरिने काम ।
10652 घोऱ्याहा वि. घोरिने काम गर्ने, एकोहोरो ।
10653 घोऱ्याहा वि. घोरीको रोग लागेको; घोरी ।
10654 घोऱ्याहा वि. डोरी वा दाम्लाका तीन पोयामध्ये एक पोयो ठिक ठाउँमा नबसी अर्को पोयामा घोडा चढेको ।
10655 घोर्ले वि. १. रातो, कालो र खैरो रङको शरीर तथा निधारमा सेता वा काला र ठाडा दुई धर्सा भएको (खसी, बाखा, आदि) ।
10656 घोर्ले वि. २. ढङ्ग नपुयाई सिंगार गर्ने (व्यक्ति) ।
10657 घोर्ले वि. ३. डँडाक जखम (खसी, स्याल आदि ) ।
10658 घोल्नु स.क्रि. १. झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु, हुँडल्नु, घालघुल गर्नु ।
10659 घोल्नु स.क्रि. २. रयालिने गरी चलाउनु, मथ्नु ।
10660 घोल ना. १. औषधी, पिठो आदि मिलाई घोलेको लेदो, घोलिएको झोल पदार्थ ।
10661 घोल ना. २. मही; मट्ठा, लस्सी।
10662 घोलक ना. कुनै ठोस पदार्थलाई घोल्न वा मिलाउन सक्ने तरल पदार्थ |
10663 घोलघाल ना. घोल्नेवर्ने काम रयाल्ने, हुँडल्ने वा फिट्ने काम ।
10664 घोलन ना. तरल पदार्थ र ठोस पदार्थ घोलिएर तयार गरिएको वस्तु ।
10665 घोलाइ ना. घोल्ने किसिम, क्रिया वा भाव ।
10666 घोलाइनु क.क्रि. घोल्न लाइनु ।
10667 घोलाउनु प्रे. क्रि. घोल्न लाउनु हुँडलाउनु ।
10668 घोलाघोल ना. तरल पदार्थ तथा ठोस पदार्थलाई घोल्ने वा हुँडल्ने काम।
10669 घोलित वि. घोलकमा बिलाउने वा बिलिएर तरल बन्ने ।
10670 घोलित वि. (पानी घोलक हो भने त्यसमा बिलाउने नुन, चिनी घोलित हुन्) ।
10671 घोलिनु क.क्रि. घालघुल पारिनु हुँडलिनु ।
10672 घोलुवा वि. घोलेको; घोलेर बनाइएको ।
10673 घोष ना. स्वरचिम्टी नजिकिएर दबाब र प्रकम्पनका साथ उच्चारित हुने ध्वनि ।
10674 घोष ना. [गु, ज्, इ, द, ब्, घ्, झ, द, ध, भ, इ, न्, म, य, र, ल, व, ह ध्वनि ]।
10675 घोष ना. १. ठुलो आवाज, चर्को शब्द, गुञ्जित ध्वनि ।
10676 घोष ना. २. घोषणा, डुङ्ग्री, डुन्डी ।
10677 घोष ना. ३. हल्ला, अफबाह ।
10678 घोष ना. ४. तालकासाठी भेदमध्ये एक ।
10679 घोषक वि. १. घोषणा गर्ने ।
10680 घोषक वि. २. घोष निकाल्ने ।
10681 घोषण ना. घोषणा गर्ने क्रिया वा भाव, ठुलो स्वरको गर्जना |
10682 घोषणा ना. १. कुनै कुरो ठुलो स्वरले सुनाउने काम, केही कुराका बारेमा निश्चयसाथको भनाइ ।
10683 घोषणा ना. २. राजाबाट देशवासीका नाममा भएको आज्ञा, राजाको हुकुम ।
10684 घोषणापत्र ना. कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र ( संस्थाको घोषणापत्र, चुनावको घोषणापत्र इ.) ।
10685 घोषित वि. १ घोषणा गरिएको, ठुलो स्वरले केही कुरा सुनाइएको, केही कुरा निश्चयसाथ भनिएको ।
10686 घोषित वि. २. राजाज्ञा भएको ।
10687 घोषीभवन ना. १. शब्दभित्र रहेका प्रथम र द्वितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति ।
10688 घोषीभवन ना. २. अघोष ध्वनिहरूका स्थानमा सघोष ध्वनिहरू रहने प्रक्रिया ( काक > काग, शूकर> सुँगुर, घोटक घोडो इ.) ।
10689 घोसिउँ वि. कुप्रो परेको, निहुरिएको; घोस्यूँ (कोदालो, कोदाली आदि) ।
10690 घोसे वि. १. केही नबोली झोक्राइरहने, अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखा उडे ।
10691 घोसे वि. २. कुप्रिएको, कुप्रे (कोदालो, कोदाली आदि हतियार) ।
10692 घोसे मुन्टो ना. निहुरिएको वा झोक्रिएको मुन्टो, केही नबोली घोत्लिइरहेको अनुहार, अँध्यारो मुख |
10693 घोसो ना. अँध्यारो वा निन्याउरो मुख, तलतिर फर्किएको अनुहार ।
10694 घोस्यूँ वि. हे. घोसिउँ ।
10695 घोस्सिनु अ.क्रि. रिसाएर घोसे मुन्टो लगाउनु, ठुस्स पर्नु, घोसे हुनु ।
10696 घोस्स्याइ ना. घोस्सिने क्रिया वा भाव ।
10697 घोस्स्याइनु क.क्रि. घोस्सिन लाइनु ।
10698 घोस्याउनु प्रे. क्रि. घोस्सिन लाउनु, घोसे पार्नु, ठस्स पार्नु ।
10699 घोस्स्याहट ना. घोस्सिने क्रिया वा चाल |
10700 घोस्स्याहा वि. घोसे हुने, घोसे भएको ।