Dictionary

All Word

10701 घौर ना. ताड वृक्षका पात र फूलको गुच्छो वा झुप्पो ।
10702 घ्न वि. ( उत्तरपदका रूपमा जोडिएर ) हत्या गर्ने, मार्ने वा नष्ट गर्ने अर्थ दिने (शत्रुघ्न कृतघ्न इ.)।
10703 घ्यँकाइ ना. घ्याँक्ने क्रिया वा प्रक्रिया ।
10704 घ्यँकाइनु क.क्रि. घ्याँक्न लाइनु ।
10705 घ्यँकाउनु प्रे. क्रि. घ्याँक्न लाउनु, घ्यँकाउनु ।
10706 घ्या ना. आर्घो; घेवा ।
10707 घ्याँक्नु स.क्रि. १. गर्दनमा समातेर थिच्न ड्याक्नु ।
10708 घ्याँक्नु स.क्रि. २. आक्रमण गर्नु, झम्टनु ।
10709 घ्याँक्नु स.क्रि. ३. गाँज्नु, अँठ्‌याउनु ।
10710 घ्याँक्नु स.क्रि. ४. ग्रस्त पार्नु, सिकिस्त पार्नु ।
10711 घ्याँक्नु स.क्रि. ५. थिचोमिचो गर्नु, दबाउनु ।
10712 घ्याँकिनु क.क्रि. घ्याँक्ने काम गरिनु ।
10713 घ्याइँच्याइँ क्रि.वि. १. धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ ।
10714 घ्याइँच्याइँ क्रि.वि. २. कान कराउँदा शब्द आउने गरी ।
10715 घ्याइँच्याइँ क्रि.वि. ३. जाँतो, घट्ट आदि घुम्दा शब्द निस्कने गरी ।
10716 घ्याङ ना. लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ, लामाहरूको गुम्बा वा देवमन्दिर ।
10717 घ्याचघ्याच क्रि.वि. घचघच्याए जस्तै गरी हल्लने वा ठक्कर लाग्ने गरी त्यसो हुँदा शब्द निस्कने किसिमले ।
10718 घ्याच्च क्रि.वि. हिँड्दाहिँड्दै वा गुड्दागुड्दै टक्क रोकिने चालले, हिँड्दाहिँड्दै वा लड्दालड्दै खाडलमा परेर अड्ने किसिमले ।
10719 घ्याप्रिङ ना. गुरुङहरूको पुरोहित ।
10720 घ्याब्रुक ना. शेर्पा लामाहरूमा प्रचलित भ्यालीसमूहको सबभन्दा ठुलो बाजा।
10721 घ्याम्पी ना. १. सानो घ्याम्पो ।
10722 घ्याम्पी ना. वि. २. घ्याम्पोजस्तो पेट भएकी ठुलो पेट भएकी (स्त्री) ।
10723 घ्याम्पे वि. १ घ्याम्पाजस्तो पेट भएको, भुँडीवाल ।
10724 घ्याम्पे वि. २. ठुलो, बडेमाको ।
10725 घ्याम्पे ऐँसेलु ना. ठुलाठुला टोप्रा हुने एक जातको ऐँसेलु ।
10726 घ्याम्पे केरा ना. विशेष मोटो र थुम्क्याइलो बोट हुने एक जातको केरा |
10727 घ्याम्पे डाँडो ना. घ्याम्पाजस्तो आकार भएको डाँडो ।
10728 घ्याम्पे भुँडी ना. घ्याम्पा जस्तै फुकेको भुँडी, गर्भ बोकेको ठुलो भुँडी |
10729 घ्याम्पो ना. १. अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठुलो गाग्रो, बिर्को लगाउन हुने धातुको ठुलो भाँडो ।
10730 घ्याम्पो ना. २. धेरै जाँड खाने मान्छे ।
10731 घ्यारघ्यार क्रि.वि. १. घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा ।
10732 घ्यार्र क्रि.वि. १. गह्रौं वस्तु घिसार्दा शब्द आउने ढङ्गले ।
10733 घ्यार्र क्रि.वि. २. इन्जिनहरू चल्दा शब्द निस्कने किसिमले ।
10734 घ्यू ना. हे. घिउ ।
10735 घ्राण ना. १. सुँघ्ने इन्द्रिय, नाक ।
10736 घ्राण ना. २. सुँघ्ने शक्ति ।
10737 घ्राण ना. ३. बास्ना सुगन्ध ।
10738 घ्राणेन्द्रिय ना. सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय नाक ।
10739 घ्रातव्य वि. बास्ना लिन योग्य; सुँघ्न लायक |
10740 घ्वाँक वि. ठुलो बडेमाको; अजङको ।
10741 घ्वाँकघ्वाँक क्रि.वि. १. मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले ।
10742 घ्वाँकघ्वाँक क्रि.वि. २. बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी ।
10743 घ्वाँके वि. जखमले, जख्खु, ठुलो आकारको ।
10744 घ्वाइँ ना. १. खेलमा तोकेका ठाउँमा मार्न वा पुर्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु।
10745 घ्वाइँ ना. २. तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक |
10746 घ्वाइँ ना. वि. ३. ठुलो, ढब्बू ।
10747 घ्वाइँकासा ना. घ्वाइँ फ्याँकेर खेलिने एक प्रकारको खेल ।
10748 घ्वाइँघ्वाइँ क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा शब्द आउने चालमा ।
10749 घ्वाइँय क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी ।
10750 घ्वाडघ्वाङ क्रि.वि. १. वर्षायाममा बढेको खोलो बग्दा आवाज निस्कने किसिमले ।