Dictionary

All Word

10751 घ्वाडघ्वाङ क्रि.वि. २. ठुलो स्वरले कुकुर भुक्ता शब्द आउने गरी ।
10752 घ्वाच्च क्रि.वि. १. सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा, घ्वाप्प।
10753 घ्वाच्च क्रि.वि. २. ठुलो सुइराले शरीरको मासु आदि कमलो ठाउँमा घोच्ने किसिमले ।
10754 घ्वातघ्वात क्रि.वि. बाक्लो वा लेदो पदार्थ एकैचोटि खन्याउने गरी ।
10755 घ्वातघ्वाती क्रि.वि. घ्वातघ्वात पार्ने किसिमले ।
10756 घ्वात्त क्रि.वि. बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले ।
10757 घ्वाप्प क्रि.वि. १. सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी ।
10758 घ्वाप्प क्रि.वि. २. भाँडाबर्तन घोप्टिने गरी, भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले ।
10759 घ्वाप्ल्याक्क क्रि.वि. भाँडाको वस्तु एकै पटक घोप्ट्याउने किसिम ।
10760 घ्वारघ्वार क्रि.वि. १. घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले ।
10761 घ्वारघ्वार क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले ।
10762 घ्वारघ्वारी/घ्वारघ्वारती क्रि.वि. अझ छिटो घ्वारघ्वार गर्ने चालमा ।
10763 घ्वार्र क्रि.वि. १. निदाएका बेला घाँटी बज्ने ढङ्गले ।
10764 घ्वार्र क्रि.वि. २. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले।
10765 घ्वार्र क्रि.वि. ३. घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले ।
10766 घ्वालघ्वाल क्रि.वि. १. झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले ।
10767 घ्वालघ्वाल क्रि.वि. २. वायुविकार भएको अवस्थामा पेट कराउने चालले ।
10768 घ्वालघ्वाली / घ्वालघ्वाल्ती क्रि.वि. घ्वालघ्वालसँग वा घ्वालघ्वाल पारेर ।
10769 घ्वाल्ल क्रि.वि. घ्वालघ्वाल शब्द एकैचोटि आउने किसिमले ।
10770 घ्वासघ्वास क्रि.वि. गह्रौं वस्तु भुईंमा घिसार्दा शब्द आउने चालमा ।
10771 घ्वासघ्वास्ती/घ्वासघ्वासी क्रि.वि. घ्वासघ्वास आवाज आइरहने किसिमले ।
10772 घ्वास्स क्रि.वि. घ्वासघ्वासको आवाज एकैचोटि निस्कने चालमा तिखो चालसँग घिसार्ने गरी ।
10773 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौँ व्यञ्जनवर्ण, कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण, कवर्गको अन्तिम तथा पाँचौं वर्ण, लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, नाकथोप्ली ङ ।
10774 २. लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन-उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिंदा दिइने क्रमबोधक पाँचौं चिह्न।
10775 ङकार ना. ङ अक्षर; कवर्गको अन्तिम वर्ण ।
10776 ङप्लक्क क्रि.वि. हे. कप्लक्क ।
10777 ङरङर क्रि.वि. बाघ, बिरालो रिसाएर कराउँदा शब्द आउने किसिमले ।
10778 ङाइँङुइँ क्रि.वि. अनकनाउने गरी नाकनिक गर्ने किसिमले ।
10779 ङारङुर क्रि.वि. १. कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले ।
10780 ङारङुर क्रि.वि. ना. २. झगडा, बाझो ।
10781 ङार्रङुर्र क्रि.वि. जोडसँग डारडुर गर्ने गरी ।
10782 ङिच्च क्रि.वि. १. दाँत देखाएर हाँस्ने चालले; किच्च ।
10783 ङिच्च क्रि.वि. २. जिल्ल वाल्ल; पक्क; हिस्स ।
10784 ङिच्च क्रि.वि. वि. ३. निराश भएको, जिल्लाराम परेको ।
10785 ङिच्चिनु अ.क्रि. १. ङिच्च पर्नु, हिस्स पर्नु, वाल्ल पर्नु ।
10786 ङिच्चिनु अ.क्रि. २. अलिअलि दाँत देखाउनु ।
10787 ङिच्चे वि. दाँत देखाएर हाँस्ने वा बोल्ने ।
10788 ङिच्च्याइ ना. ङिच्च गर्ने क्रिया वा प्रक्रिया |
10789 ङिच्च्याइनु अ.क्रि. ङिच्च होइनु।
10790 ङिच्च्याउनु स.क्रि. ङिच्च पार्नु; हिस्स्याउनु ।
10791 ङिच्च्याहट ना. ङिच्च्याउने काम वा अवस्था ।
10792 ङिच्रिक्क क्रि.वि. निराश हुने वा जिल्लिने चालले; ङिस्स; ङिच्च ।
10793 ङिसिक्क क्रि.वि. थोरै ओठ खोलेर वा मन नपर्ने किसिमले हाँस्ने चालले।
10794 ङिस्स क्रि.वि. १. थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स, ङिच्च ।
10795 ङिस्स क्रि.वि. वि. २. ङिच्च परेको, जिल्लिएको ।
10796 ङिस्सिनु अ.क्रि. ङिस्स पर्नु, हिस्सिनु, जिल्लिनु ।
10797 ङिस्स्याइ ना. ङिस्स पर्ने क्रिया वा प्रक्रिया |
10798 ङिस्स्याइनु क. क्रि. ङिस्स पारिनु, हिस्स्याइनु ।
10799 ङिस्स्याउनु प्रे. क्रि. ङिस्स पार्नु, हिस्स्याउनु ।
10800 ङिस्स्याहट ना. ङिस्स्याउने काम वा चाल |