Dictionary

All Word

10801 ङुप्लुक्क क्रि.वि. हे. कुप्लुक्क।
10802 ङुर्र क्रि.वि. कुकुर, बिराला आदि झगडा गर्दा कम्पित गोल ध्वनि निकालेर कराउने गरी ।
10803 ङुर्रिनु अ.क्रि. रिसाउनु, झोक्किनु ।
10804 डेकुबाजा ना. सिडबाजा।
10805 ङोपा ना. देउदेउताको तथा चाडपर्वमा गर्नुपर्ने पूजाआजा गराउने राईजातिको पुरेत ।
10806 ङ‍्या‍काइ ना. ङ‍्या‍क्ने क्रिया वा प्रक्रिया |
10807 ङ‍्या‍काइनु क. क्रि. ङ‍्या‍क्न लाइनु ।
10808 ङ‍्या‍काउनु प्रे. क्रि. ङ‍्या‍क्न लाउनु।
10809 ङ‍्या‍चाइ ना. ङ‍्या‍च्ने क्रिया वा प्रक्रिया |
10810 ङ‍्या‍चाइनु क. क्रि. ङ‍्या‍च्न लाइनु ।
10811 ङ‍्या‍चाउनु प्रे. क्रि. ङ‍्या‍च्न लाउनु ।
10812 ङ‍्या‍उँ क्रि.वि. १. बिरालो कराउँदा शब्द आउने गरी म्याउ ।
10813 ङ‍्या‍उँ क्रि.वि. ना. २. बिरालाले कराएको आवाज ।
10814 ङ‍्या‍उँ क्रि.वि. ३. बिरालो (बालबोलीमा) ।
10815 ङ‍्या‍उरो ना. बिरालाको बच्चो, न्याउरो ।
10816 ङ‍्या‍उली ना. हे. न्याउली चरी, बाजा)।
10817 ङ‍्या‍उलो ना. हे. न्याउलो ।
10818 ङ‍्या‍क्नु स.क्रि. १. गर्दनमा समातेर गाड्नु, ङ‍्या‍च्च पार्नु ।
10819 ङ‍्या‍क्नु स.क्रि. २. आक्रमण गर्नु, झम्टनु ।
10820 ङ‍्या‍क्नु स.क्रि. ३. गाँज्नु, अँठ्याउनु ।
10821 ङ‍्या‍क्नु स.क्रि. ४. ग्रस्त पार्नु, सिकिस्त पार्नु ।
10822 ङ‍्या‍क्नु स.क्रि. ५. थिचोमिचो गर्नु, दबाउनु ।
10823 ङ‍्या‍किनु क. क्रि. ङ‍्या‍क्ने काम गरिनु।
10824 ङ‍्या‍कङ‍्या‍क क्रि.वि. १. गर्धनमा समातेर गाड्ने किसिमले ङ‍्या‍ँक्ने चालले ।
10825 ङ‍्या‍कङ‍्या‍क क्रि.वि. २. कुकुर आदिले पटक-पटक टोक्ने चालले ।
10826 ङ‍्या‍क्क क्रि.वि. कुकुरजस्ता हिंसक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले घ्याँक्क ।
10827 ङ‍्या‍ङ क्रि.वि. कुकुर आदिले टोक्ने किसिमले ङ‍्या‍क्क ।
10828 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. १. बिच-बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले।
10829 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. ना. २. बोल्दाखेरिको नाके स्वर ।
10830 ङ‍्या‍क्क क्रि.वि. कुकुरजस्ता हिंसक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले; घ्याँक्क ।
10831 ङ‍्या‍ङ क्रि.वि. कुकुर आदिले टोक्ने किसिमले ङ‍्या‍क्क ।
10832 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. १. बिच बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले।
10833 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. ना. २. बोल्दाखेरिको नाके स्वर ।
10834 ङ‍्या‍डङ‍्या‍ङ डुङडुङ क्रि.वि. नाके स्वर निकालेर अस्पष्टसँग बोल्ने किसिमले ।
10835 ङ‍्या‍ङङ‍्या‍डे वि. नाके स्वर निकालेर बोल्ने, ङ‍्या‍ङङ‍्या‍ङ गरी अस्पष्ट बोल्ने ।
10836 ङ‍्या‍ड्ड क्रि.वि. कुकुरले टोक्दा चड्का आवाज "निकाल्ने किसिमले ङ‍्या‍क्क ।
10837 ङ‍्या‍च्नु स.क्रि. गर्दनमा समातेर थिच्नु वा गाड्नु, ङ‍्या‍चङ‍्या‍च पार्नु।
10838 ङ‍्या‍चङ‍्या‍च क्रि.वि. ङ‍्या‍ँक्ने चालले; गर्दनमा समातेर पटक-पटक गाड्ने किसिमले ।
10839 ङ‍्या‍चङ‍्या‍चती/ङ‍्या‍चङ‍्या‍ची क्रि.वि. ङ‍्या‍चङ‍्या‍च पार्ने किसिमले ।
10840 ङ‍्या‍चाङडुचुङ क्रि.वि. मन नलागी नलागी (खानेकुरो खाने चाल)।
10841 ङ‍्या‍चिनु क. क्रि. घ्याँकिनु ।
10842 ङ‍्या‍च्च क्रि.वि. १. गर्दन समातेर थिच्ने चालले, ङ‍्या‍क्ने किसिमले ।
10843 ङ‍्या‍च्च क्रि.वि. २. गर्दन नफुकेको वा छोटो र पुडको हुने किसिमले ।
10844 ङ‍्या‍च्चे वि. गर्दन छोटो भएको, ङ‍्या‍च्च परेको; ग्याँचे ।
10845 ङ‍्या‍प्प क्रि.वि. हे. क्याप्प।
10846 ङ‍्या‍रङ‍्या‍र क्रि.वि. १. कुकुर, बिराला आदिले झगडा गर्दा शब्द निकाल्ने किसिमले ।
10847 ङ‍्या‍रङ‍्या‍र क्रि.वि. ना. २. त्यस्तो खालको शब्द |
10848 ङ‍्या‍रङ‍्या‍र ङुरङुर क्रि.वि. हे. ङ‍्या‍र्र ।
10849 ङ‍्या‍रङ‍्या‍री / ङ‍्या‍रङ‍्या‍र्ती क्रि.वि. अझै ङ‍्या‍रङ‍्या‍र गर्ने किसिमले।
10850 ङ‍्या‍र्र क्रि.वि. चड्कासित वा लस्काएर ङ‍्या‍रङ‍्या‍र गर्ने चालले ।