|
|
|
|
|
|---|---|---|---|
| 10851 | ङ्यार्रङुर्र | क्रि.वि. | त्यस्तो शब्द निस्किरहने गरी । |
| 10852 | ङ्यासङ्यास | क्रि.वि. | मन दुखाउने गरी । |
| 10853 | ङ्यासङ्यासङुसङुस | क्रि.वि. | चित्त नबुझेका कुरामा दुःख प्रकट गर्ने किसिमले । |
| 10854 | ङ्वारङ्वार | क्रि.वि. | लगातार ङ्वार्र गरी । |
| 10855 | ङ्वारङ्वारती/ङ्वारङ्वारी | क्रि.वि. | अझ चड्का ङ्वारङ्वार चालले । |
| 10856 | ङ्वार्र | क्रि.वि. | [अ.मू. ङ्वार् + र] कुकुर, बिराला आदिले रिसमा कम्पित गोल ध्वनिका साथ कराउने गरी । |
| 10857 | ङ्वार्रङुर्र | क्रि.वि. | त्यसरी नै पटकपटक कराउने गरी । |
| 10858 | ङ्वासङ्वास | क्रि.वि. | सामान्य आवाज निकालेर रुने चालले । |
| 10859 | ङ्वास्स | क्रि.वि. | विरक्तिएर अँध्यारो मुख लाई बस्ने किसिमले। |
| 10860 | च | देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छैटौं व्यञ्जनवर्ण, तालव्य, वर्त्स्य, स्पर्शसङ्घर्षी, अघोष तथा अल्पप्राण व्यञ्जन वर्ण, चवर्गको पहिलो अक्षर लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, चरीचुच्चे च । | |
| 10861 | चँगेरी | ना. | बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, करी वा कँडालीजस्तो एक किसिमको भाँडो चडेरी । |
| 10862 | चँदुवा | ना. | कुनै धार्मिक संस्कार गर्नाका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेका माथि चारै सुरमा बाँस आदिका माथिल्ला भागमा धागो वा डोरीद्वारा बाँधी हावामा हल्लिने गरी माझमा टाँगिने झल्लर भएको वा नभएको चौकुने कपडा, देवमण्डप, पूजाकक्ष, राजसिंहासन वा अन्य कुनै विशिष्ट आसन वा मठ-मण्डपमाथि छतजस्तो गरी टाँगिने झल्लरदार कपडा वा सुनचाँदी आदिबाट बनेको झुलजस्तो वितान, वितान । |
| 10863 | चँवर | ना. | हे. चमर । |
| 10864 | चइत | ना. | हे. चैत (महिना) । |
| 10865 | चइन | ना. | हे. चैन। |
| 10866 | चउ | ना. | खास गरी काठमाडौं उपत्यकामा मालसामान आदि बोक्न प्रयोग गरिने, खर्पनको वरिपरि कुनै घेरा वा बिट नभई खुला रहेको चेप्टो परेको एक साधन । |
| 10867 | चउर | ना. | १. खनजोत नगरी त्यसै रहेको वा छोडिएको दुबो वा ससाना घाँसपात उम्रने, केही रुखबिरुवा वा पोथ्रा बिच-बिचमा र किनारमा भए पनि प्रायः खुला रहने, सार्वजनिक रूपमा प्रयोग गरिने समथरिलो फराक जमिन; गौचर, चौर । |
| 10868 | चउर | ना. | २. कसैको भूस्वामित्व भए पनि खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दुबो र ससाना घाँस उम्रने खुला र समथरिलो जमिन । |
| 10869 | चउन्न | ना. / वि. | हे. चवन्न । |
| 10870 | चउन्नी | ना. | चवन्नी । |
| 10871 | चउन्नौं | वि. | चवन्नौं । |
| 10872 | चक | ना. | सेतो वा फुस्रो, धुलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो साधन, खमट्टी। |
| 10873 | चकचक | ना. | कुनै काम कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिंदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदो हुँदो कामकुरा गर्ने तथा सानोठुलो ओइँसमेत गर्ने बालसुलभ छाँटा, चञ्चलता, चपलता; छुकछुक, चुलबुल, छुलबुल (उदा.- यो केटो त कति चकचक गरिरहन्छ हँ ! एक छिन धैर्य गरेर बस्नु भनेको छँदै छैन !)। |
| 10874 | चकचकाइ | ना. | चकचकाउने भाव, क्रिया वा प्रक्रिया | |
| 10875 | चकचकाउनु | अ.क्रि. | चकचक गर्ने हुनु, चकचके हुनु, चञ्चल स्वभावको हुनु । |
| 10876 | चकचकी | ना. | १. चकचक गर्ने काम, चकचक । |
| 10877 | चकचकी | ना. | २ शक्ति वा प्रभुत्वको बोलबाला रोबरवाफ र धाकको अभिवृद्धि, अस्वाभाविक र अवाञ्छित चर्को उन्नति, चहकमहक । |
| 10878 | चकचके | वि. | चकचक गर्ने स्वभाव भएको, चुलबुले, चञ्चल, नमुने, छुकछुके । |
| 10879 | चकचक्याइँ | ना. | चकचक गर्ने स्वभाव वा प्रवृत्ति, चञ्चलता, चपलता; चुलबुलेपन। |
| 10880 | चकटी | ना. | पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच-बिचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो लम्पटजस्तो आसनी, गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी, चकला; गद्दी। |
| 10881 | चकडी | ना. | पाङ्ग्राजस्ता साना-साना दुई फिर्ताका माझमा बलियो धागोको एक छेउ बाँधेर धागाको अर्को छेउ औँलामा बाँधी ती फिर्कालाई तलमाथि पारेर तान्दै छोड्दै गरी घुमाइने एक खेलौना, घुर्रा । |
| 10882 | चकना | ना. | साना-साना चक्का वा टुक्राटाक्री, चाना। |
| 10883 | चकनाचुर | वि. | १. टुक्रा टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धुलोपिठो भएको । |
| 10884 | चकनाचुर | वि. | ना. २. चाना, चकानु । |
| 10885 | चकबन्दी | ना. | भूमिसुधार कार्यक्रमअन्तर्गत रैतीहरूको जग्गाको चकला मिलाउने अभियान, चकलाबन्दी | |
| 10886 | चकमक | ना. | फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो, पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण । |
| 10887 | चकमन्द / चकमन्न | वि. | कतैबाट कुनै आवाज नआएको, निशब्द, सुनसान, चनखमन्द । |
| 10888 | चकला | ना. | १. रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी | |
| 10889 | चकला | ना. | २. बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग त्यस्तो भूखण्ड । |
| 10890 | चकला | ना. | ३. पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी । |
| 10891 | चकलाबन्दी | ना. | हे. चकबन्दी । |
| 10892 | चकलादार | ना. | कुनै ठुलो इलाकाको सरकारी प्रतिनिधि भई मालपोत उठाउने पदाधिकारी | |
| 10893 | चकली पाँपाँ | ना. | हे. चचलीपैयाँ । |
| 10894 | चकलेट | ना. | १. कोकोको बियाँ भुटी पिंधेर बनाइएको धुलो, तरल वा लस्सादार पदार्थ । |
| 10895 | चकलेट | ना. | २. त्यसैबाट तयार पारिएको वा लेप लगाइएको चुस्ने गुलियो खानेकुरो । |
| 10896 | चकलेटी | ना. | १. रातो र खैरोको मिश्रणबाट बनेको रङ । |
| 10897 | चकलेटी | ना. | वि. २. त्यस्तो रङको । |
| 10898 | चकाचक | वि. | १. चहकिलो; उज्यालो । |
| 10899 | चकाचक | वि. | क्रि.वि. २. भरपुर मनग्य पुग्दो गरी । |
| 10900 | चकानाचकानी | ना. | सानाठुला धेरै चकनाको समूह । |