Dictionary

All Word

10901 चकानु ना. चक्काचक्का पारेर काटिएका टुक्रा, चानु, चाना।
10902 चकार्नु अ.क्रि. च' अक्षरबाट उच्चारण हुने मैथुनबोधक शब्द बोल्नु, चकारीका शब्दले गाली गर्नु ।
10903 चकार ना. देवनागरी वर्णमालाको छैटौं व्यञ्जनवर्ण; चवर्गको पहिलो अक्षर; 'च' अक्षर ।
10904 चकार ना. १. अश्लील गालीका रूपमा प्रयोग हुने शब्द ।
10905 चकार ना. २. कसैले चोरेर ल्याएको चिज चोरको हातबाट नै चोर्ने चोर, चोरमाथिको चोर |
10906 चकारी ना. १. चकारको काम चोरी |
10907 चकारी ना. २. मैथुन, सम्भोग |
10908 चकाराइ ना. चकार्ने क्रिया भाव वा प्रक्रिया ।
10909 चकारिनु क.क्रि. चकार्ने काम गरिनु ।
10910 चकाली ना. हे. चकारी |
10911 चकित वि. १. छक्क परेको, विस्मित; आश्चर्यमा परेको ।
10912 चकित वि. २. प्रकम्पित, भयभीत, डराएको ।
10913 चकुवा ना. १. जाति र धर्मसम्बन्धी कामबाट पतित भई अलपत्र पर्ने काम ।
10914 चकुवा ना. २. नोकर चाकर, भृत्य ।
10915 चकुवी ना. पुरानो कानुनी परिपाटीअनुसार साधुले जार काट्दा अलपत्र परेकी स्त्री; वियोगिनी ।
10916 चकोर ना. किंवदन्तीअनुसार चन्द्रमाको किरण हेरेर वा पान गरेर बाँच्ने एक पक्षी, च्याखुरो ।
10917 चक्क क्रि.वि. चकाचक, धेरै, मनग्य हुने गरी (खाने किसिम) |
10918 चक्कर ना. १. फेरो मार्ने काम, फन्को घुमाइ, फेरो, परिक्रमा |
10919 चक्कर ना. २. रिंगटा; भाउन्ना।
10920 चक्कर ना. ३. घेरो; मण्डल |
10921 चक्कर ना. ४. हैरानी ।
10922 चक्कर ना. ५. चारैतिर घुम्ने काम भ्रमण ।
10923 चक्का ना. १. थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु ।
10924 चक्का ना. २. मोटर, यन्त्र आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव पाङ्ग्रो ।
10925 चक्का ना. ३. क्यासेट |
10926 चक्की ना. १. सानो चक्का ।
10927 चक्की ना. २. नेपाली टोपीका बिचको गोलो भाग।
10928 चक्की ना. ३. औषधीको ट्याबलेट वा गोली ।
10929 चक्की ना. ४ तास, गञ्जिफा आदिका पत्ती ।
10930 चक्की ना. ५. चिट्ठाको नम्बर लेखिएको ससानो बाटुलो आकारका कागतको टुक्रो ।
10931 चक्काजाम ना. पार्टी वा सङ्घसंस्थाद्वारा आफ्ना माग पूरा गराउन वा विरोध प्रदर्शन गर्न बस, मोटर आदि सवारी साधन बन्द गराउने स्थिति ।
10932 चक्कु ना. धार भएको भागलाई दोबारेर बिडभित्रै छोपिने सानो काट्ने हतियार ।
10933 चक्र ना. १. विष्णुको बाटुलो आकारको एक अस्त्र ।
10934 चक्र ना. २. माटाका भाँडा बनाउने बाटुलो साधन ।
10935 चक्र ना. ३. गोलो घेरो, मण्डल ।
10936 चक्र ना. ४. हठयोगअनुसार शरीरभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, ब्रह्मरन्ध्र आदि काल्पनिक छ वा त्यसभन्दा बढी स्थान।
10937 चक्र ना. ५. गाडी, मोटर आदिको गुड्ने गोलो वस्तु पाङ्ग्रो, चक्का ।
10938 चक्र ना. ६. राज्य एकाधिपत्य ।
10939 चक्र ना. ७. हातका औँलाको नङको उल्टापट्टि देखिने घुमुर्किएको रेखा ।
10940 चक्र ना. ८. दल, समुच्चय।
10941 चक्रऋषि ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका कूर्म, वरुण, वायु आदि ऋषि ।
10942 चक्रगुण ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिमा हुने गन्ध, स्वाद आदिको उत्तेजक ज्ञान ।
10943 चक्रचाल ना. चालबाजी; षड्यन्त्र ।
10944 चक्रचित्र ना. ज्यामितीय गणितमा प्रयोग हुने बाटुलो सङ्ख्यात्मक चित्र |
10945 चक्रछापा ना. टुँडामा सानो चक्र भएको कलमले लेखिएको कुरा विशेष खालको कागतद्वारा धेरै प्रति छाप्ने मेसिन, स्टेनसिल पेपरमा काटिएका वा छापिएका कुरा धेरै प्रति छाप्ने मेसिन ।
10946 चक्रजीवी ना. कुमाले ।
10947 चक्रतत्त्व ना. १. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गन्ध, रस, रूप आदि तत्त्व |
10948 चक्रतत्त्व ना. २. ऐजनका अनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका पृथ्वी, अप्, तेजस् आदि तत्त्व।
10949 चक्रदेवता ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गणेश, ब्रह्मा, विष्णु आदि वा पार्थिव - नवात्मकेश्वर शाम्भव, दीपेश्वर शाम्भव, तेजस् संवर्तेश्वर शाम्भव आदि ।
10950 चक्रधर ना. १. विष्णु वा कृष्ण ।