Dictionary

All Word

10951 चक्रधर ना. २. कुनै प्रान्तको शासक, मण्डलाधिप ।
10952 चक्रधर ना. ३. गाउँको कलाबाज वा चटकी ।
10953 चक्रधारी वि. चक्रधारण गर्ने, चक्र लिने (विष्णु) ।
10954 चक्रधूम ना. १. ज्यादतीसाथ गरिएको कार्य, अचाक्ली ।
10955 चक्रधूम ना. २. सीमा नाघेर गरिने काम उत्पात, झगडा ।
10956 चक्रनसा ना. इन्द्रियलाई घेरेर वा बेरेर बसेको कुटाकारको नसा ।
10957 चक्रपत्र ना. षट्चक्रमा भएको कमलको दल |
10958 चक्रपथ ना. १. चक्र झैं वृत्ताकार बाटो ।
10959 चक्रपथ ना. २. काठमाडौं उपत्यकाको २७.२ कि. मि. लामो घुमाउरो मोटर बाटो ( रिङरोड ) ।
10960 चक्रपाणि ना. १. विष्णु ।
10961 चक्रपाणि ना. २. कृष्ण ।
10962 चक्रपाल ना. १. कुनै एक प्रशासनिक एकाइको मुख्य पदाधिकारी |
10963 चक्रपाल ना. २. सेनाको एक प्रभागको अधिकारी ।
10964 चक्रपाल ना. 3. क्षितिज ।
10965 चक्रपूजा ना. एक किसिमको तान्त्रिक पूजा, षट्चक्रलाई सम्झेर गरिने मानसिक पूजा ।
10966 चक्रभ्रम वि. १. चक्र झैँ घुम्ने ।
10967 चक्रभ्रम वि. ना. २. चर्खा, चक्का ।
10968 चक्रमण्डलाकार ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका वर्ग, अर्द्धचन्द्र आदि मण्डलको आकार ।
10969 चक्रमर्द ना. चक्राकारको बिच हुने र पहेंलो फूल फुल्ने एक बुटो; ताप्रे ।
10970 चक्रमुद्रा ना. वैष्णवहरूले शरीरमा डाम्न प्रयोग गर्ने चक्राकारको मुद्रा विशेष |
10971 चक्रयान ना. पाङ्ग्रा लागेका गुड्ने गाडी ।
10972 चक्रलक्षण ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका संयोग, सङ्कोचन, प्रसरण लक्षण।
10973 चक्रलोक ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका भुवर्लोक, स्वर्लोक, महर्लोक आदि ।
10974 चक्रवर्ण ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका पीत, श्वेत, रक्त आदि वर्ण ।
10975 चक्रवर्ती ना. सम्राट् संसारका प्रभु समुद्रसम्म फैलिएको राज्यका स्वामी ।
10976 चक्रवाक ना. चखेवा ।
10977 चक्रवात ना. भुमरी परेजस्तो घुमी घुमी निम्न चापतिर जोडसँग बहने वायु, निम्न चाप वायु, हावाको भुमरी, आँधीबेरी ।
10978 चक्रवाती वि. चक्रवातसम्बन्धी निम्न चापीय वायुसम्बन्धी; चक्रवातजस्तो; चक्रवातको प्रभाव हुने (जलवृष्टि, वर्षा ) ।
10979 चक्रवीज ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका लँ, वँ, रँ आदि ।
10980 चक्रवृद्धि वि. १. बारम्बार बढ्दै जाने ।
10981 चक्रवृद्धि वि. २. ब्याजमाथि पनि ब्याज लागी बढेको (धन) ।
10982 चक्रवृद्धि ब्याज ना. मूलधनबाट आएको ब्याजको पनि ब्याज, ब्याजमाथिको ब्याज |
10983 चक्रव्यूह ना. १. युद्धका समयमा रचिने चक्राकार मोर्चा, बाटुलो आकारको सैन्यदलको मोर्चा ।
10984 चक्रव्यूह ना. २. जाल, षड्यन्त्र ।
10985 चक्रशक्ति ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका सिद्धिबुद्धि, सावित्री आदि शक्ति ।
10986 चक्रस्थिति ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका जननेन्द्रियको निम्न प्रदेशको मेरुकेन्द्र, उर्ध्वप्रदेशको मेरुकेन्द्र, मेरुमध्यस्थ नाभि आदि ।
10987 चक्राकार ना. चक्रका दलमा रहने अक्षर |
10988 चक्राङ्क ना. वैष्णवहरूका शरीरमा चक्राङ्कित तप्त धातुद्वारा अङ्कित गरिएको चिह्न ।
10989 चक्राङ्कन ना. वैष्णवहरूद्वारा शरीरमा डामेर चक्रको चिह्न बनाइने कार्य ।
10990 चक्राङ्कित वि. १. चक्रको चिह्न अङ्कित भएको ।
10991 चक्राङ्कित वि. ना. २. एक वैष्णव सम्प्रदाय |
10992 चक्रायुध ना. १. विष्णु ।
10993 चक्रायुध ना. २. कृष्ण ।
10994 चक्रावतरण ना. ठुलो चक्कर काटेर वायुयान ओलने कार्य वा प्रक्रिया |
10995 चक्री वि. १. चक्र भएको, चक्रयुक्त ।
10996 चक्री वि. ना. २. विष्णु ।
10997 चक्री वि. ३. चखेवा ।
10998 चक्री वि. ४. चक्रवर्ती राजा ।
10999 चक्री वि. ५ षड्यन्त्र रच्ने व्यक्ति, षड्यन्त्रकारी।
11000 चक्री वि. ६. कुमाले ।