Dictionary

All Word

11001 चक्री वि. स्त्री. चक्रिणी ।
11002 चक्रेटो ना. आधुनिक स्थलसवारीका साधन (साइकल, रिक्सा, मोटर आदि ) चल्ने सडक ।
11003 चक्षु ना. १. आँखा, नेत्र, लोचन ।
11004 चक्षु ना. २ दृष्टि, दर्शन, हेर्ने शक्ति ।
11005 चक्षुगोचर वि. आँखाले देखिने दृष्टिगोचर, आँखाले देख्न भ्याइने ।
11006 चक्षुदान ना. १. प्राणप्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रङ ।
11007 चक्षुदान ना. २. औषधोपचारद्वारा आँखाका खराबी, रोग आदिलाई ठिक पार्ने कार्य ।
11008 चक्षुदान ना. ३. आफ्नो मृत्युपछि आँखा नदेख्ने अन्य कसैलाई आफ्ना आँखा दिनका निम्ति जीवन छँदै कबुल गरी दिइने आँखा, आँखाको दान।
11009 चक्षुमल ना. चिप्रा; कचेरा ।
11010 चक्षुरिन्द्रिय ना. देख्ने इन्द्रिय; आँखा ।
11011 चक्षुष्य वि. १. आँखालाई फाइदा गर्ने ।
11012 चक्षुष्य वि. २. हेरिरहूँजस्तो राम्रो ।
11013 चक्षुष्य वि. ना. ३. गाजल ।
11014 चख ना. आश्चर्य; अचम्म ताजुप, विस्मय |
11015 चखन ना. खाने वा स्वाद विचार गर्ने काम ।
11016 चखन देउद्यौ वि. १. चाखीचाखी हिँड्ने, आसे, ढुकुवा ।
11017 चखन देउद्यौ वि. २. लोभी ।
11018 चखनी ना. चाख्नका निमित्त लिइने खाने चिज ।
11019 चखनो ना. थोरै चाख्ने काम ।
11020 चखन्ची ना. १. मानाको आठ भागको एक भाग भरिने भाँडो ।
11021 चखन्ची ना. वि. २. चौथाइको आधा परिमाणको (एक चखन्ची चामल, एक चखन्ची तेज इ.) ।
11022 चखन्ची वि. १. चाख्ने स्वभाव भएको; चाखेर हिँड्ने ।
11023 चखन्ची वि. २. सानो चित्त भएको ।
11024 चखली वि. उत्ताउली; चञ्चल स्वभावकी ।
11025 चखलो वि. १. भड्किलो; उत्ताउलो ।
11026 चखलो वि. २. निर्लज्ज, उच्छृङ्खल ।
11027 चखाइ ना. चाख्ने क्रिया वा प्रक्रिया |
11028 चखाइनु क.क्रि. चाख्न लाइनु ।
11029 चखाउनु प्रे.क्रि. १. चाख्न लाउनु ।
11030 चखाउनु प्रे.क्रि. २. अनुभव गराउनु ।
11031 चखुवा वि. १. चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको ।
11032 चखुवा वि. २. खानको लोभी ।
11033 चखिलो वि. १. चाख लाग्दो ।
11034 चखिलो वि. २. स्वादिलो ।
11035 चखेटो ना. राडी, पाखी आदिको सानो टुक्रा |
11036 चखेत्रो ना. बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फल्ने एक वृक्ष, सोही वृक्षको फल।
11037 चखेल ना. हे. चठेल |
11038 चखेवा ना. नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिंदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक ।
11039 चखेवा हाँस ना. घरपालुवा हाँसभन्दा सानो हुने रातो रङको एक जातको हाँस ।
11040 चडेरी ना. हे. चँगेरी |
11041 चङ्ख वि. १. बाठो, चतुरो, चलाख ।
11042 चङ्ख वि. २. होसियार बिउँझो, सचेत, सावधान ।
11043 चड्खु ना. दुई बेग्लाबेग्लै तुना तानेर खोल्न र बन्द गर्न सकिने पैसा हाल्ने कपडा वा छालाको थैली ।
11044 चड्खे ना. चड्ख, बाठो |
11045 चड्खे चरो ना. फिस्टाजस्तो सानो एक जातको चरो ।
11046 चङ्गा वि. १. फुर्तिलो, स्वस्थ, स्वच्छ ।
11047 चङ्गा वि. २. नीरोगी स्वस्थ तन्दुरुस्त ।
11048 चङ्गा वि. ३. सुन्दर, स्वच्छ ।
11049 चङ्गा ना. कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल |
11050 चङ्गी वि. १. फुर्तिलो रमाइलो ।