Dictionary

All Word

11051 चङ्गी वि. २. विभिन्न रङको रङ्गीको पूरक (जस्तो- रङ्गीचङ्गी ) ।
11052 चङ्गुल वि. १. पक्षीहरूको पन्जा ।
11053 चङ्गुल वि. २. कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति।
11054 चङ्गुल वि. ३. कसैलाई फसाउन तयार पारिएको जालसाज ; फन्दा, पासो ।
11055 चचली पैयाँ ना. घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल, चकलीपापा ।
11056 चचह/चचहै ना. १. पिङ खेल्दा वा रुखका हाँगामा सैसैला खेल्दा भनिने शब्द, त्यसरी भुल्ने काम ।
11057 चचह/चचहै ना. वि. बो. २. पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द आहै ।
11058 चञ्चल वि. १. चकचके, चुलबुले, छुकछुके, चनमते ।
11059 चञ्चल वि. २. अधीर, हतपत्ते, सम्भ्रमी; अस्थिर ।
11060 चञ्चलता ना. चञ्चल हुनाको भाव वा अवस्था, अस्थिरता, अधीरता; चुलबुल्याइँ ।
11061 चञ्चला ना. १. बिजुली ।
11062 चञ्चला ना. २. लक्ष्मी, सम्पत्ति ।
11063 चञ्चला ना. ३. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द ।
11064 चञ्चलाश्री ना. धनदौलत, सम्पत्ति ।
11065 चञ्चले वि. हे. चन्चले ।
11066 चञ्चा ना. १. बेतद्वारा बनाइएका सरसामान।
11067 चञ्चा ना. २. खेतबारीमा बाली खान नदिनका निम्ति पशुपक्षीलाई तर्साउन राखिने पुतला, बुख्याचा ।
11068 चञ्चु ना. १. चराका मुखको अघिल्तिरको केही लामो, कडा र तिखो भाग; चुच्चो, ठुँडो ।
11069 चञ्चु ना. २. हरिण, मृग ।
11070 चञ्चु ना. वि. ३. चड्ख, चलाख ।
11071 चञ्चुका ना. सानो चञ्चु चुच्चो ।
11072 चञ्चुपुट ना. चराहरूको बन्द चुच्चो ।
11073 चञ्चुप्रवेश ना. १. चुच्चो पसाउने कार्य ।
11074 चञ्चुप्रवेश ना. २. विषयवस्तुको सामान्य ज्ञान।
11075 चञ्चुप्रहार ना. चुच्चोको ठुँगाइ ।
11076 चट ना. १. नोक्सान पुर्याउने कार्य, नाश, खतम ।
11077 चट ना. २. सबै खाएर रित्याउने कार्य; पचाइ ।
11078 चट ना. क्रि.वि. ३. तुरुन्त; झट्ट, तत्कालै ।
11079 चटक ना. १. हातको सफाइ वा चलाकीद्वारा अपत्यारिलो काम गरेर देखाउने वा दर्शकमा भ्रम पैदा गराउने कला जादु ।
11080 चटक ना. भँगेरो ।
11081 चटका वि. हे. चट्का |
11082 चटकी ना. चटक गर्ने मान्छे, जादुगर ।
11083 चटक्क क्रि.वि. एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी ।
11084 चटक्क क्रि.वि. (उदा. - रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ । खसी चटक्क काट्न सक्ने बहादुर उही हो । )।
11085 चटचट क्रि.वि. १. चुँडिने वा छिनिने गरी ।
11086 चटचट क्रि.वि. २. फुट्ने वा चर्कने भएर ।
11087 चटचट क्रि.वि. ३. कुनै वस्तु टाँसिने गरी ।
11088 चटचट क्रि.वि. ४. त्यसरी नै 'खुरुखुरु चड्कन आदिको आवाज आउने गरी ।
11089 चटचटी क्रि.वि. छिटो चटचट हुने वा त्यस्तो आवाज आउने गरी ।
11090 चटनी ना. खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु अचार, सितन, चास्सचुस्स साँधनी ।
11091 चटपट ना. १. चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था, झटपट, हतपत शीघ्रता ।
11092 चटपट ना. २. चलाइ अस्थिरता ।
11093 चटपटाइनु अ.क्रि. चाँडचाँडो गर्न खोजिनु, चटपट गरिनु ।
11094 चटपटाउनु अ.क्रि. १ चाँडचाँडो गर्न खोज्नु, हडबडाउनु ।
11095 चटपटाउनु अ.क्रि. २. कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु ।
11096 चटपटाउनु अ.क्रि. ३. छटपट गर्नु, हतारिनु, छटपटाउनु ।
11097 चटपटाउनु अ.क्रि. ४. अस्पटाउनु ।
11098 चटपटिनु अ.क्रि. चटपट लाग्नु, हतपतिनु छटपटिनु ।
11099 चटपटी क्रि.वि. झटपटी, हतपती, छटपटी |
11100 चटपटे वि. १. चटपट गरिरहनुपर्ने, चुलबुले ।