Dictionary

All Word

1201 करजोरी ना. (उदा. - मेरो करजोरी बिन्तीले उनलाई कसो नरिझाउला ! )।
1202 करजोरी ना. करजोरी बिन्ती - ना. करजोरी।
1203 करण ना. १. व्याकरणमा, तृतीया विभक्तिद्वारा प्रतिनिधित्व हुने कारक |
1204 करण ना. २. क्रियापदमा निषेध, अभाव आदिका विरुद्ध विधि, भाव आदि बुझाउने प्रत्यय वा सो प्रत्ययसम्बन्धी प्रणाली।
1205 करण ना. (उदा.- म जान्नँ, तिमी नखाऊ आदिका विरुद्ध म जान्छु, तिमी खाऊ आदि)।
1206 करण ना. ३. ज्योतिषशास्त्रमा बब, बालव, कौलब, तैतिल, गर, बणिज, विष्टि आदि उभयपक्ष (शुक्लपक्ष र कृष्णपक्ष) का सात र शकुनी चतुष्पाद तथा नाग गरी केवल कृष्णपक्षका तीन अ कृष्णपक्षमा आरम्भ भएर शुक्लपक्षको प्रतिपदाको थालनीको भागलाई भेट्ने किस्तुघ्न गरी सङ्ख्यामा एघार पुग्ने एक ज्योतिषशास्त्रीय स्थापना जो पञ्चाङ्ग (पात्रो) का पाँच अङ्ग (तिथि, वार, नक्षत्र, योग, करण ) मध्ये एक ठहरिन्छ र प्रत्येक तिथिमा दुई सङ्ख्याका दरले पर्दै तिथिक्रमका साथै अघि बढ्दै जान्छ।
1207 करण ना. ४. लिच्छविकालीन अड्डाभित्र पर्ने कुनै एक फाँट वा विभाग |
1208 करणी ना. गणितमा वर्गमूल जनाउने चिह्न (वा) करणी अङ्क- ना. गणितको वर्गमूलको हिसाबमा शेष नरहने अङ्क (जस्तै- ४, ५, १६, २५ आदि।)।
1209 करणी, मैथुन, सम्भोग करनी।
1210 करणीय वि . गर्न योग्य; गर्नुपर्ने, गर्न हुने, गर्न सकिने।
1211 करण्ड ना. १. बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उभिन्डोदार पेटारो वा टोकरी।
1212 करण्ड ना. २. माहुरीको चाको।
1213 करतल ना. हातको हथुङ्गा र नङका माझको उत्तानो भाग हत्केलो।
1214 करतल ध्वनि ना. दुई हत्केला ठटाएर स्वागत, प्रशंसा, निन्दा, उपहास आदि जनाउन निकालिने ध्वनि, थपडी, ताली।
1215 करताल ना. १. हे. करतल ध्वनि।
1216 करताल ना. २. दुई काठका टुक्रा औंलाका कापले च्यापेर ध्वनि उत्पन्न हुने गरी प्रायः धार्मिक कार्यमा बजाइने एक बाजा; कठताल; करताली।
1217 करताली ना. १ करताल।
1218 करताली ना. २. करतल ध्वनि।
1219 करतुत ना. हे. कर्तु।
1220 करद ना. कर तिर्ने कर दिने (व्यक्ति, राष्ट्र आदि)।
1221 करदाता ना. १. कर तिर्ने संस्था वा व्यक्ति।
1222 करदाता ना. वि. २. करद।
1223 कर निर्धारण ना. सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम।
1224 करनी ना. १. बलात्कारका साथमा गरिने गैरकानुनी सम्भोग।
1225 करनी ना. २. सम्भोग; मैथुन (प्रायः अविवाहितहरूका बिच )।
1226 करनी ना. ३. कुकर्तव्य, कर्तुत, षड्यन्त्र; खराब निय।
1227 करन्यास ना. जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र ( नमः, फट् आदि) का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्णन्यास वा न्यासका शाखाको रूपमा हातलाई मात्र छोएर गरिने एक विधि, जसमा पहिले चोर औँलाले बुढी औंलालाई छोएर र त्यसपछि बुढी औँलाले अरू औंलालाई छोएर तत्तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिन्छ।
1228 करपात्री ना. १. भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति)।
1229 करपात्री ना. ना. २. भारतीय साधुसन्तहरूको एक सम्प्रदाय वा त्यसको अनुयायी।
1230 करपाद ना. वास्तुकला वा मूर्तिकलामा प्रचलन हुने छ मात्रा वा छ अङ्गुल बराबरको नाप।
1231 करबल ना. १. जबरजस्तीसहितको व्यवहार, इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया करकाप, बलजफती; जबरजस्ती।
1232 करबल ना. २. अन्याय, थिचोमिचो अत्याचार |
1233 करबाल ना. हातले हान्ने हतियार (खड्ग, तरबार वा खुकुरी।
1234 करबिरे ना. करौंते झारसँग मिल्दोजुल्दो एक कार।
1235 करम ना. १. हातको हत्केलाको उल्टो भाग, हत्केलाको पृष्ठभाग, हुँडुलो।
1236 करम ना. २. हात्तीको सुँड वा बच्चो।
1237 करम ना. ३. उँटको बच्चो।
1238 कर भुक्तानी ना. कर तिर्ने काम, करको तिरोभरो।
1239 करमोरु वि . करभ (हात्तीको सुँड झैं सलक्क परेको तिघ्रा भएकी (स्त्री)।
1240 करम ना. गर्मी प्रदेशमा पोखरी वा तलाउमा उम्रने, सखरखण्डको जस्तो पात, खोक्रो डाँठ र सेतो फूल हुने एक साग, करमी।
1241 करम ना. २. पहेँलो काठ हुने एक वृक्ष, कर्मा।
1242 करमपात्रो ना. हे. कर्मपात्रो।
1243 करमाला ना. जपमन्त्र आदिको सङ्ख्या गन्ने क्रममा स्फटिक, तुलसी वा रुद्राक्षका मालाको साटो औँलाका हत्केलातिरका जोर्नीका रेखालाई गन्ने कामको आधार मान्दा तिनका निम्ति प्रयुक्त हुने सामूहिक संज्ञा।
1244 करमाली १. वि. करमालाका आधारमा जप आदि गर्ने (व्यक्ति)।
1245 करमाली २. आफ्ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता, सूर्यनारायण।
1246 करमाली ३. सूर्य।
1247 करमी ना. हे. करम |
1248 करयुगल ना. १. अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा।
1249 करयुगल ना. २. जम्लाहात; करजोरी।
1250 करयोग्य मूल्य ना. कर कार्यालयले मिनाहा गरेको करमुक्त मूल्यभन्दा बढी मूल्य; कर लाग्ने चाहिँ मूल्य (घर, जग्गा आदिको)।