Dictionary

All Word

11101 चटपटे वि. २. अधीर, हतपते ।
11102 चटाइ ना. चाट्ने भाव, क्रिया वा प्रक्रिया |
11103 चटाइनु क.क्रि. चटाउने काम गरिनु ।
11104 चटाई ना. पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल, पाटबाट बनाइएको त्यस्तो बिछ्‌यौना ।
11105 चटाउनु प्रे.क्रि. चाट्न लाउनु, चाट्ने काम गराउनु चाट्न दिनु ।
11106 चटाक क्रि.वि. भन्नेबित्तिकै, छिटो, झट्ट भवाट्ट तुरुन्त, झटपट, शीघ्र, तत्क्षण |
11107 चटाकी वि. छिटछिटो काम गर्ने, तुरुन्त कार्य गर्ने, बिजुले ।
11108 चटाचट क्रि. यो. १. चाँडचाँडो हुने गरी; छिटछिटो ।
11109 चटाचट क्रि. यो. २. फुर्ति वा चटाकका साथ, फटाफट फटाफट |
11110 चटाचटी क्रि.वि. झन् छिटो चटाचट हुने गरी ।
11111 चटामरी ना. चामलको पिठोलाई पानीमा रयाली ढुङ्गा वा माटाको तावामा चिल्लो नहाली पकाइने रोटी, चामलको पिठाको रोटी |
11112 चटारिनु अ.क्रि. १. झर्कोफर्को गर्नु, च्याँठिन चट्कनु फर्कनु ।
11113 चटारिनु अ.क्रि. २. हतारिनु, झटपटिनु ।
11114 चटारिनु अ.क्रि. ३. गाईले बहर खोज्नु; बर्ताउनु ।
11115 चटारो ना. १. ठुलो हतार, ज्यादै आत्तुरी, हडबडी |
11116 चटारो ना. २. कामको चटारो वा मिड, असारको पन्ध्र ( तुक्का)।
11117 चटाइँ ना. चटारिने भाव, क्रिया वा चाल |
11118 चल वि. १. चपल, चञ्चल, अस्थिर, कम्पमान ।
11119 चल वि. २. सुन्दर, रुचिकर, असल, मनोहर ।
11120 चटेल ना. हे. चट्टेल |
11121 चट्कन ना. हे. चपेटा; चड्कन ।
11122 चट्कने वि. चड्कने, चर्कने ।
11123 चट्का वि. १. कडा, तेजिलो ।
11124 चट्का वि. २. चर्को तिक्खरो ।
11125 चट्का वि. ना. ३. आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज।
11126 चट्काचट्की ना. खुब जोडतोडको भनाभन, बाझाबाझ, चर्काचर्की ।
11127 चकिलो वि. १. कडा रङको; चहकिलो वा तेजिलो रङको ।
11128 चकिलो वि. २. चर्को स्वादको तिक्खरो ।
11129 चट्को ना. चट्का, चड्को ।
11130 चट्ट क्रि.वि. १. चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ ।
11131 चट्ट क्रि.वि. २. सरक्क नबिग्रने वा नखलबलिने गरी, टपक्क ।
11132 चट्ट क्रि.वि. ३. कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी ।
11133 चट्ट क्रि.वि. ४. खुल्ने गरी चिटिक्क ।
11134 चट्ट क्रि.वि. वि. ५. सुहाउँदो, मिलेको, ठिक्क ।
11135 चट्टा ना. चलनअनुसार बिस फुट लामो, पाँच फुट चौडा र पाँच फुट उँचो दाउराको चाङ वा खलियो ।
11136 चट्टान ना. एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को ढुङ्गैढुङ्गाको ठुलो राशि, ढुङ्गाको राशिको एक फग्लेंटो वा टुक्रो ।
11137 चट्टी ना. १. प्रायः घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता, फ्याटफ्याटे जुत्ता, चप्पल ।
11138 चट्टी ना. २. खास गरी अस्थायी वास मुकाम ।
11139 चट्टी ना. ३. सनपाटको धागाले पातलो गरी प्रकारको कपडा।
11140 चट्टु वि. चलाक, छट्टु, धुर्त, चतुर ।
11141 चट्टू वि. हे. चट्टु |
11142 चट्याङ ना. बिजुलीको चम्काइका साथ आउने भयङ्कर आवाज, वज्र, चड्को ।
11143 चट्याङ्ग / चट्याड्ड क्रि.वि. चट्याङ पर्दा ठुलो आवाज आउने गरी ।
11144 चट्याङ्ग / चट्याङचुटुङ ना. चट्याङ, वज्र, चड्को।
11145 चठेल / चठेलो ना. परबरका आकारको तर परबरभन्दा साना लहरामा फल्ने भुवादार कुस हुने, तरकारी खाइने एक प्रकारको फल, वनकरेलो; चखेलो।
11146 चडीखडी ना. चल्ती, रोबरवाफ, फुर्तीफार्ती ।
11147 चड्कनु अ.क्रि. १. वज्रपात हुनु ।
11148 चड्कनु अ.क्रि. २. रिस, आवेग आदिका कारणले ठुलो स्वर निकालेर फर्किनु, गड्कनु, कड्किनु ।
11149 चड्कन ना. हत्केला वा लबटाले गालामा हिर्काउने कार्य चट्कन, चप्पड |
11150 चड्कन चिउरा ना. गालामा जोडसँग चड्काउने काम लबटाको थप्पड |