Dictionary

All Word

11151 चड्का ना. हे. चड्को, चट्का ।
11152 चड्काइ ना. चड्काउने भाव, क्रिया वा प्रक्रिया |
11153 चड्काइनु क.क्रि. चड्कन लाइन, चड्कन दिइनु ।
11154 चड्काउनु स.क्रि. १. लपेटाले गालामा हान्नु चड्कन दिनु २ अरूको मालमत्ता हजम पार्नु, हडप्नु ।
11155 चड्काउनु स.क्रि. ३. चुट्नु; पिट्नु ।
11156 चकाचकङ्की ना. भनाभन; चर्काचर्की; चट्काचट्की ।
11157 चड्के वि. रिसाउने वा चड्किने खालको गड्किने स्वभावको।
11158 चड्को ना. बज्रपात, चट्याङ, चट्को ।
11159 चड्क्याइ ना. चड्किने वा चड् किन लगाउने क्रिया वा प्रक्रिया |
11160 चड्क्याहट ना. चड्किने स्वभाव, क्रिया वा अवस्था ।
11161 चड्याम्म क्रि.वि. [अ.मू. चड्याम् + म] लबटाको आवाज आउने गरी ( गालामा पिट्ने किसिम ) ।
11162 चढ्नु अ.क्रि. १. कुनै वस्तुमाथि बस्नु, माथि पुग्नु; उक्लनु ।
11163 चढ्नु अ.क्रि. २. मर्यादा नाघ्नु, मात्तिनु, बढ्नु ।
11164 चढ्नु अ.क्रि. ३ चढाइनु, अर्पित हुनु ।
11165 चढाइ ना. १. चढ्ने, चढाउने भाव, क्रिया वा प्रक्रिया ।
11166 चढाइ ना. २. उकालो ।
11167 चढाइ ना. ३. स्वरको आरोहण (सङ्गीत) ।
11168 चढाइ ना. ४. आक्रमण, हमला |
11169 चढाइनु क.क्रि. १. उकालिनु ।
11170 चढाइनु क.क्रि. २. समर्पण गरिनु ।
11171 चढाउ ना. १. चढाइ ।
11172 चढाउ ना. २. उकालो ।
11173 चढाउ ना. ३. बढिबढाउ, उन्नति ।
11174 चढाउनु स.क्रि. १. माथि पुऱ्याउनु उकाल्नु ।
11175 चढाउनु स.क्रि. २. समर्पण गर्नु दिनु; टक्र्याउनु, अर्पण गर्नु, सुम्पनु ।
11176 चढ्दो वि. १. उँभो लागेको, बढ्दो उन्नतितिर लागेको ।
11177 चढ्दो वि. २. बढ्दो उमेरको।
11178 चणक ना. चना ।
11179 चण्ड वि. १. प्रचण्ड, उग्र, रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो ।
11180 चण्ड वि. २. उष्ण ।
11181 चण्ड वि. ३. फुर्तिलो ।
11182 चण्डता ना. चण्ड हुनाको भाव, गुण वा अवस्था, उग्रता, तीव्रता ।
11183 चण्डांशु ना. सूर्य; रवि ।
11184 चण्डातक ना. १. बाहाँकटे चोलो ।
11185 चण्डातक ना. २. चरना, जाँघे ।
11186 चण्डातक ना. ३. छोटो पेटीकोट साया ।
11187 चण्डाल ना. १. ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस, चाण्डाल।
11188 चण्डाल ना. २. दुष्कर्मी, दुष्ट, क्रूर काम गर्ने व्यक्ति ।
11189 चण्डालिनी ना. दुष्ट स्वभावकी स्त्री; चाण्डालिनी; चन्डाल्नी ।
11190 चण्डिका ना. दुर्गाको एक रूप, चण्डी ।
11191 चण्डी ना. १. दुर्गा देवी ।
11192 चण्डी ना. २. सात सय श्लोक भएको दुर्गाको माहात्म्य लेखिएको पुस्तक, सप्तशती ।
11193 चण्डी ना. ३. दुई नगण, दुई सगण, एक गुरु हुने र आठौं अक्षरमा विश्राम हुने एक छन्द ।
11194 चण्डी पाठ ना. सप्तशती पाठ गर्ने काम ।
11195 चण्डीश ना. चण्डीका स्वामी अर्थात् शिव ।
11196 चण्डू ना. हे. चन्डु |
11197 चण्डेश्वर ना. रक्तवर्ण रूपका शिवजी ।
11198 चण्डेश्वरी ना. काभ्रे जिल्लाको बनेपा सहरको पूर्वोत्तरमा स्थित एक देवी दुर्गा।
11199 चतरा ना. कोसी अञ्चलअन्तर्गत सुनसरी जिल्लामा रहेको एक स्थान।
11200 चतरा नहर ना. सोही ठाउँमा नेपालभारत सहयोगबाट सप्तकोसीको पानीमा बाँध बाँधी बनाइएको, ५६,५०० हेक्टर जमिनको सिंचाइ हुने एक प्रसिद्ध नहर |