Dictionary

All Word

11201 चतुर् ना. १. चारको सङ्ख्या ।
11202 चतुर् ना. २. समास भएका शब्दमा चार भन्ने अर्थ बुझाउने पूर्वपद (चतुर्गण, चतुर्युग, चतुर्वर्ण इ.) ।
11203 चतुर वि. १. चलाक, होसियार, बाठो, चनाखो; चतुरो; कुशल, मेधावी, सिपालु ।
11204 चतुर वि. २. फुर्तिलो, छिटोछरितो ।
11205 चतुर वि. ३. सुन्दर, प्रिय ।
11206 चतुरङ्गिणी ना. १. हात्ती, घोडा, रथ र पैदल चार अङ्गद्वारा सुसज्जित फौज ।
11207 चतुरङ्गिणी ना. २. पासाको खेल ।
11208 चतुराइ ना. चतुरो हुनाको भाव, गुण वा अवस्था, बठ्याइँ, चातुर्य, चलाकी ।
11209 चतुरानन वि. १. चार मुख भएको ।
11210 चतुरानन वि. ना. २. ब्रह्मा ।
11211 चतुराश्रम ना. वर्णाश्रम व्यवस्थाअनुसार जीवनका चार अवस्था (ब्रह्मचर्य, गार्हस्थ, वानप्रस्थ र सन्न्यास) ।
11212 चतुरो वि. हे. चतुर ।
11213 चतुर्थ वि. चौथो, चारौं ।
11214 चतुर्य खण्ड ना. भूगर्भशास्त्रमा जीव कल्पको विभाजनमा पर्ने समयको चौथो खण्ड, नवजीवनका समयको विभाजनका तृतीय खण्डपछि आउने अन्तिम खण्ड |
11215 चतुर्य हिमयुग ना. पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग, तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा पछिको हिमयुग, चार हिमयुग वा चार हिमानीमध्ये अन्तिम हिमयुग ।
11216 चतुर्थांश ना. चौथाइ, चौथो भाग, चौथाइ भाग ।
11217 चतुर्थांशक ना. कुल पुनरावृत्तिलाई चार भागमा बाँड्ने विचारको मान।
11218 चतुर्याश्रम ना. वर्णाश्रम व्यवस्थाअनुसार जीवनका चार अवस्थामध्ये अन्तिम आश्रम; सन्न्यास आश्रम ।
11219 चतुर्थी ना. १. चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौं दिन, चौथी ।
11220 चतुर्थी ना. २. माङ्गलिक कार्यको उद्यापन, साड्गे ।
11221 चतुर्थी ना. ३. व्याकरणमा 'लाई' विभक्ति हुने एक चिह्न |
11222 चतुर्थी कर्म ना. विवाह आदि शुभकार्यका अवसरमा गरिने चौथो दिनको कार्य |
11223 चतुर्दन्त वि. १. चारवटा दाँत उम्रेको; चार दाँते (हात्ती) ।
11224 चतुर्दन्त वि. ना. २. ऐरावत हात्ती ।
11225 चतुर्दश ना. १. चौधको सङ्ख्या ।
11226 चतुर्दश ना. वि. २. चौध; चौधौं ।
11227 चतुर्थी भुवन ना. पृथ्वीभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र पृथ्वीभन्दा तलका सात लोक (तल, अतल, वितल, सुतल, तलातल, रसातल र पाताल) गरी जम्मा चौध लोक ।
11228 चतुर्थी विद्या ना. चौध विद्या वा शास्त्र (चार वेद ऋग, यजु, साम, अथर्व वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द, अनि मीमांसा, न्याय, धर्मशास्त्र र पुराण) ।
11229 चतुर्दशी ना. चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौं दिन, औंसी वा पूर्णिमाको अघिल्लो दिन ।
11230 चतुर्दिक् ना. चार दिशा (पूर्व, दक्षिण, पश्चिम र उत्तर ) ।
11231 चतुर्द्वार वि. १. चार ढोका भएको, चार ढोके ।
11232 चतुर्द्वार वि. ना. २. चार दिशामा चारैवटा ढोका भएको घर ।
11233 चतुर्बाहु ना. विष्णु, नारायण, चतुर्भुज ।
11234 चतुर्भुज ना. १. चतुर्बाहु ।
11235 चतुर्भुज ना. २. रेखागणितमा वर्ग, आदिका एक अर्कामा मिलेर चार कोण बन्ने सरल रेखा ।
11236 चतुर्भुज ना. वि. ३. चार भुजा भएको (क्षेत्र आदि) ।
11237 चतुर्मास ना. १. आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा ।
11238 चतुर्मास ना. २. ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य |
11239 चतुर्मुख ना. १. ब्रह्मा ।
11240 चतुर्मुख ना. वि. २. चार मुख भएको, चतुरानन ।
11241 चतुर्मुख ना. चतुइँ- ना. [चतुरो +याइँ] चतुरो हुनाको भाव, गुण वा अवस्था ।
11242 चतुर्याइँ ना. चतुरो हुनाको भाव, गुण वा अवस्था ।
11243 चतुर्युग ना. सत्य, त्रेता, द्वापर र कलियुग ।
11244 चतुर्वर्ग ना. मानव जीवनका चार पुरुषार्थ (धर्म, अर्थ, काम र (मोक्ष) ।
11245 चतुर्वर्ण ना. वर्णाश्रम वा सनातनी समाजका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र ) ।
11246 चतुर्विद्या ना. त्रयी र अथर्व वेद अर्थात् ऋग्, यजु, साम र अथर्ववेद; चतुर्वेद |
11247 चतुर्वेद ना. १. ऋग्, यजु, साम र अथर्व वेद, चतुर्विद्या ।
11248 चतुर्वेद ना. वि. २. चारै वेदसँग परिचित भएको; चारै वेदको ज्ञाता ।
11249 चतुर्वेदी ना. १. चारै वेदको ज्ञाता ।
11250 चतुर्वेदी ना. २. ब्राह्मण वर्गको एक थर ।