Dictionary

All Word

11251 चतुष्कोण वि. १. चार कोण भएको, चार कुना भएको ।
11252 चतुष्कोण वि. ना. २. चार पार्श्व भएको आकृति, चतुर्भुज ।
11253 चतुष्पथ ना. चार बाटाको समुदाय, चौबाटो, चौरस्ता; चौमुहानी |
11254 चतुष्पद ना. १. चौपाया, चारखुट्टे जन्तु चतुष्पाद ।
11255 चतुष्पद ना. वि. २. चार खुट्टा भएको ।
11256 चतुष्पद ना. ३. चार अङ्ग भएको ।
11257 चतुष्पदी ना. चार चरण भएको श्लोक वा पद्य ।
11258 चतुष्पाद ना. हे. चतुष्पद ।
11259 चतुस्सूत्री वि. १. चार सूत्र भएको ।
11260 चतुस्सूत्री वि. ना. २. ब्रह्मसूत्रका आरम्भिक चार सूत्र ।
11261 चत्वर ना. १. चार कुना परेको चौर वा आँगन ।
11262 चत्वर ना. २. चार दोबाटो, चौरस्ता ।
11263 चत्वर ना. ३. चौतारो ।
11264 चत्वर ना. ४. यज्ञभूमि ।
11265 चद्दर ना. १. पछ्यौरा, ओढ्ने, चादर, दुपट्टा, मजेत्रो, बर्को ।
11266 चद्दर ना. २. टिन जस्ता ।
11267 चनक ना. एक जातको सानो बट्टाई चरो ।
11268 चनक बट्टाई ना. खुब लड्ने सानोखाले बट्टाई चरो ।
11269 चनकमन्द / चनखमन्द / चनखमन्न ना. सुनसान, सन्नाटा; चकमन्न ।
11270 चनमते वि. चुलबुले, चञ्चल, छुकछुके; चकचके ।
11271 चना ना. मसिना पात हुने, निला फूल फुल्ने र ससाना भुवादार कोसा लाग्ने बोट वा त्यसैका कोसाभित्रका गोलो चुच्चे दाना; चणक ।
11272 चनाखो वि. चतुर, चतुरो ।
11273 चनारो ना. काठका भाँडाकुँडा बनाउने व्यक्ति वा एक जाति, चुनारो ।
11274 चनौटे वि. . चनौटोजस्तो चनौटाका आकारको ।
11275 चनौटे वि. ना. २. त्यस्तो आकारको खेतबारीको गरो वा पाटो |
11276 चनौटो ना. चन्दन घोट्ने ढुङ्गो |
11277 चन्चले वि. छुकछुक गर्ने स्वभाव भएको, छुकछुके, चञ्चल।
11278 चन्जा ना. चाँजो; व्यवस्था; परिपञ्च, बन्दोबस्त; प्रबन्ध ।
11279 चन्जापन्जा ना. १ यताउति गर्ने काम परिवर्तन; चेन्जफेन्ज ।
11280 चन्जापन्जा ना. २. चाँजोपाँजो; बरबन्दोबस्त ।
11281 चन्जापन्जा ना. ३ खटनपटन; अह्राउपहाउ |
11282 चन्जापन्जा ना. ४. बाँडफाँड, रप्फाडप्फा ।
11283 चन्डाल्नी ना. हे. चण्डालिनी ।
11284 चन्डु ना. अफिमबाट बनाइएको नसादार धूम्रपान - विशेष ।
11285 चन्डुखाना ना. अफिम, गाँजा आदि लागु पदार्थ खाने अखाडा ।
11286 चन्दन ना. सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप, श्रीखण्ड, विलेपन, लेपन, चन्दनद्रव।
11287 चन्दन खोरी ना. चन्दन राख्ने पात्र वा भाँडो ।
11288 चन्दन गिंडो ना. चन्दन घोटिने श्रीखण्ड, धुपी, काठ आदिको गिंडो ।
11289 चन्दनगिरि ना. मलय पर्वत ।
11290 चन्दननाथ ना. कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको खलङ्गास्थित एक महादेव ।
11291 चन्दननाथ ना. २. नाथ सम्प्रदायका एक योगी ।
11292 चन्दनी ना. चन्दन घोट्ने वा चन्दन बनाउने ठाउँ ।
11293 चन्दने वि. १. चन्दनको टिको धेरै लगाउने ।
11294 चन्दने वि. २. चन्दन तथा अन्य प्रसाद बाँडी जीविका चलाउने, चन्दन घोट्ने काम गरेर पेट पाल्ने ।
11295 चन्दा ना. १. सामाजिक, सामूहिक कुनै पनि परोपकारी कार्यका निम्ति सहायतास्वरूप दिइने वा जम्मा गरिने रकम ।
11296 चन्दा ना. २. पटक पटक गरी प्रकाशित भइरहने पत्र पत्रिका आदिको शुल्क, मूल्य ।
11297 चन्दा ना. ३ सङ्घ, संस्था, सङ्गठन आदि चलाउनका निम्ति सम्बन्धित व्यक्तिहरूमध्येबाट उठाइने शुल्क |
11298 चन्द्र ना. १. जून, शशी, इन्दु चन्द्रमा सोम ।
11299 चन्द्र ना. २. नवग्रहमध्ये दोस्रो ग्रह २९ १ / २ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह |
11300 चन्द्रकर ना. चन्द्रकिरण; ज्योत्स्ना, चाँदनी इ.।