Dictionary

All Word

11301 चन्द्रकला ना. १. चन्द्रकिरण, चन्द्रलेखा ।
11302 चन्द्रकला ना. २. चन्द्रमाका सोह्र कला ( अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता) ।
11303 चन्द्रकला ना. ३. शिरमा लगाउने चन्द्राकार गहनाविशेष |
11304 चन्द्रकान्त ना. चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि, शशिकान्त शीतमणि, चन्द्रोपल ।
11305 चन्द्रगन्ज ना. राणा प्रधानमन्त्री चन्द्रशमशेरका नामबाट रहेको एक प्रसिद्ध स्थान नेपालको पूर्वी तराईखण्डको सिराहा जिल्लामा पर्ने एक ठाउँ ।
11306 चन्द्रगिरि ना. हे चन्द्रागिरि ।
11307 चन्द्रगुप्त ना. १. विक्रमभन्दा २६३ वर्ष पूर्व पाटलिपुत्र राजधानी भएको मगधको राजसिंहासनमा बस्ने प्रथम मौर्य सम्राट् ।
11308 चन्द्रगुप्त ना. २. ४३७ वि. सं. मा मगधको राजसिंहासनमा बस्ने विक्रमादित्य उपाधिधारी सुप्रसिद्ध गुप्तसम्राट्।
11309 चन्द्रग्रहण ना. १. चन्द्रमामा लाग्ने ग्रहण, राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो ।
11310 चन्द्रग्रहण ना. २. सूर्यको प्रकाश छेकिने गरी पृथ्वीको छाया चन्द्रमाका बिम्बमा परी आंशिक रूपमा वा पुरै चन्द्रमा नदेखिने हुने स्थिति त्यस स्थितिमा चन्द्रमामा देखिने कालो भाग वा टाटो ।
11311 चन्द्रग्रहण ना. ३. हठयोगअन्तर्गत प्राण इडा नाडीद्वारा कुण्डलिनीमा पुगेको अवस्था ।
11312 चन्द्रघण्टा ना. नवरात्रिका तेस्रो दिनमा पूजा गरिने एक भगवती, नवदुर्गामध्ये एक ।
11313 चन्द्रचूड ना. चन्द्रशेखर, शिव, महादेव ।
11314 चन्द्रधनु ना. चन्द्रमाको प्रकाशमा वा जुनेली रातमा देखिने इन्द्रधनु ।
11315 चन्द्रधर ना. चन्द्रशेखर, शिव ।
11316 चन्द्रप्रभा ना. चन्द्रमाको प्रकाश; जून |
11317 चन्द्रप्रासाद ना. जुनेली रातको आनन्द लिन सकिने भवनको छतभन्दा माथिको कोठा वा बुर्जा ।
11318 चन्द्रबिन्दु ना. अक्षरहरूको थाप्लोमा लाग्ने अर्धचन्द्रबिन्दु, जूनटिकी; नाके स्वरबाट उच्चारण हुने त्यस्तो चिह्न) ।
11319 चन्द्रबिम्ब ना. चन्द्रमाको प्रकाशमय वर्तुलाकार रूप, चन्द्रमाको पूर्ण बिम्ब, चन्द्रमण्डल, चन्द्रसभा ।
11320 चन्द्रभाल ना. शिवजीको चन्द्रभूषणयुक्त रूप, शिवजी ।
11321 चन्द्रमणि ना. चन्द्रमाका किरणका स्पर्शले जगमगाउने भनिएको हरियो मणिविशेष, चन्द्रकान्तमणि ।
11322 चन्द्रमण्डल ना. १. चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखापर्ने गोलाकार परिधि ।
11323 चन्द्रमण्डल ना. २. चन्द्रमाको पूर्ण बिम्ब, चन्द्रबिम्ब, चन्द्रमाको मण्डल।
11324 चन्द्रमण्डल ना. ३. हठयोगअन्तर्गत दुवै आँखीभौं जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा ।
11325 चन्द्रमल्लिका ना. जुनेली रातमा ढकमक्क फुली चारैतिर मगमग बास्ना फैलाउने एक थरी चमेली फूल |
11326 चन्द्रमा ना. १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ १/२ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह, चन्द्र, जून; सोम, शशी, इन्दु ।
11327 चन्द्रमा ना. २ नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना ।
11328 चन्द्रमुख वि. १. चन्द्रमा झैं हँसिलो उज्यालो र चक्का मुहार भएको, ज्यादै राम्रो अनुहार भएको ।
11329 चन्द्रमुख वि. ना. २. चन्द्रमाजस्तो मुख, चन्द्रमारूपी मुख।
11330 चन्द्रमुखी वि. चन्द्रमाजस्तो उज्यालो मुख भएकी, साह्रै राम्री ।
11331 चन्द्रलेखा ना. चन्द्रमाको किरण; चन्द्रकला; चाँदनी ।
11332 चन्द्रवंश ना. राजा पुरुरवादेखि प्रारम्भ भएको नेपाललगायत भारतवर्षका क्षत्रियहरूको एक प्रसिद्ध वंश |
11333 चन्द्रवदन वि. चन्द्रमाको जस्तो मुख भएको, सुन्दर ।
11334 चन्द्रवदनी वि. चन्द्रमाको जस्तो मुख भएकी (स्त्री); राम्री सुन्दरी ।
11335 चन्द्रवल्लरी / चन्द्रवल्ली ना. सोमलता।
11336 चन्द्रवार/चन्द्रवासर ना. हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन आइतबारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार, सोमवार।
11337 चन्द्रविनायक ना. काठमाडौं उपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक चाबहिल गणेश ।
11338 चन्द्रविन्दु ना. देवनागरी लिपिअन्तर्गत अनुनासिक वा नाके ध्वनिको प्रतिनिधित्व गर्न सानुनासिक (स्वर) वर्णको शिरमा दिइने अर्ध चन्द्राकारको चिह्न, जूनटिकी (ँ)।
11339 चन्द्रशमशेर ना. नेपालमा वि. सं. १९०३ देखि सुरु भएको राणाशासनका पाँचौँ प्रधानमन्त्री वा श्री ३ महाराज ( शासनकाल वि. सं. १९५८ - १९८६०।
11340 चन्द्रशेखर वि. १. मस्तक वा निधारमा चन्द्रमा धारण गर्ने ना. २. महादेव शिव ।
11341 चन्द्रहार ना. आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने गोलो माला वा हार, नारीहरूद्वारा गलामा लगाइने पूर्णचन्द्रमाका आकारको प्राचीन गहनाविशेष |
11342 चन्द्रहास ना. १. चम्किलो तरवार ।
11343 चन्द्रहास ना. २. रावणको तरवार ।
11344 चन्द्रांशु ना. चन्द्रकिरण; जून; चाँदनी ।
11345 चन्द्रा ना. १. खुला दलान ।
11346 चन्द्रा ना. २. चंदुवा ।
11347 चन्द्रागिरि ना. चन्द्रगिरि काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने, समुद्रको सतहभन्दा ८,३६५ फिट अग्लो एक प्रसिद्ध पर्वत ।
11348 चन्द्रालोक ना. १. चन्द्रमाको प्रकाश ।
11349 चन्द्रालोक ना. २. अलङ्कारवादी संस्कृत साहित्यशास्त्री जयदेवद्वारा लिखित एक ग्रन्थको नाम |
11350 चन्द्रिका ना. १. जून; चन्द्रमाको किरण, चाँदनी, ज्योत्स्ना; कौमुदी ।