Dictionary

All Word

11351 चन्द्रिका ना. २. जूनको शीतल प्रकाश वा जगमगाहट ।
11352 चन्द्रिकोत्सव ना. प्राचीन कालमा शरद् ऋतुको पूर्णिमाका अवसरमा मनाइने एक उत्सव |
11353 चन्द्रोदय ना. १. चन्द्रमाको उदय जून उदाएको अवस्था वा समय ।
11354 चन्द्रोदय ना. २. आयुर्वेदीय पद्धतिअन्तर्गत पारो र सुन भस्म गरेर बनाइने एक उत्तेजक औषधी ।
11355 चन्नी ना. रामगिनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट |
11356 चप ना. आलुको भाती अथवा मुछेको पिठोभित्र केराउ, तरकारी वा मासु हाली बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु ।
11357 चप २ ना. १. खाने वा पचाएर निल्ने काम ।
11358 चप २ ना. २. कुनै पनि चिज (पैसालगायत) नफर्काउने नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैंमा खाइदिने काम पच ।
11359 चपक्क क्रि.वि. नउप्किने वा नछुट्टिने गरी (टाँसिनु, जोडिनु, जडिनु, समाउनु इ.) ।
11360 चपचप क्रि.वि. १. कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी ।
11361 चपचप क्रि.वि. (उदा. चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ) ।
11362 चपचप क्रि.वि. २. गर्मी वा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी प्याकप्याक |
11363 चपट ना. १. ढोका, दैलो; द्वार ।
11364 चपट ना. २. पहरा; चौकी, पालो; गारद ।
11365 चपटे ना. ढोके, द्वारे; पहरेदार; पाले ।
11366 चपडा ना. हे. चपरा ।
11367 चपत ना. १. थप्पड ।
11368 चपत ना. २. आघात वा क्षति ।
11369 चपत ना. ३. चोटपटक ।
11370 चपरा ना. खारेर वा शुद्ध पारेर पातलो पाप्रा पाप्रा बनाइएको लाहा, चपडा।
11371 चपरास ना. अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज, चप्रास ।
11372 चपरासी वि. १. चपरास लगाउने (व्यक्ति) ।
11373 चपरासी वि. ना. २. चप्रास लगाएको कर्मचारी, चप्रासी ।
11374 चपरासी अड्डा ना. १. सिपाहीद्वारा पालोपहराको बन्दोबस्त मिलाउने अड्डा (प्राचीन कालमा ) ।
11375 चपरासी अड्डा ना. २. जेलको हेरचाह गर्ने अड्डा (राणाकालभन्दा अघि); बाटोकाजसम्बन्धी अड्डा ( राणाकालमा ) ।
11376 चपरासी अड्डा ना. ३. थोरै मात्र कैदको सजाय बाँकी रहेका कैदीबाट बाटाको सुघरसफाइ गर्न लगाउने अड्डा ।
11377 चपरी ना. १. दुबो, झार आदिसमेतको माटाको ढेलो, चोइली, चोइलो, चाको ।
11378 चपरी ना. २. पन्युले झिकेको भातको चोइलो |
11379 चपरो ना. ठुलो परिमाणको चपरी, चप्पा |
11380 चपर्चन्ड वि. १. कडा स्वभाव वा मिजासको; प्रचण्ड, उग्र ।
11381 चपर्चन्ड वि. २. रिसाहा, मापाको, झक्कड, झक्की |
11382 चपर्चन्ड वि. ३ चम्मू; छुकछुके।
11383 चपर्चन्डी ना. १. चपर्चन्ड हुने स्वभाव वा प्रवृत्ति ।
11384 चपर्चन्डी ना. वि. २. त्यस्तो स्वभाव वा प्रवृत्तिकी (स्त्री) ।
11385 चपल वि. १. चकचक ] ; चञ्चल ।
11386 चपल वि. २. स्थिर नरहने, अस्थिर |
11387 चपल वि. ३. थरथराउने; हल्लने।
11388 चपल वि. ४. अनित्य, क्षणिक ।
11389 चपल वि. ५. फुर्तिलो, छरितो ।
11390 चपलता ना. १. नाटक आदिका पात्रमा राग, द्वेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद ।
11391 चपलता ना. २. चपल हुने भाव वा गुण; चङ्ख्याइँ, बठ्याइँ |
11392 चपला वि. १. चपल स्वभावकी (स्त्री); बाठी |
11393 चपला वि. ना. २. बिजुली (मेघको) ।
11394 चपला वि. ३. वेश्या, व्यभिचारिणी स्त्री ।
11395 चपला वि. ४. धनकी देवी लक्ष्मी ।
11396 चपला वि. ५. जिब्रो ।
11397 चपला वि. ६. रक्सी ।
11398 चपला वि. ७. त्रिष्टुप् जातिको एक समवृत्त छन्दविशेष|
11399 चपलावक्त्र ना. विषम पाउमा चारौं अक्षरदेखि पर नगण र सम पाउमा त्यस्तै गरी यगण हुने एक छन्द ।
11400 चपाइ ना. १. चपाउने भाव, क्रिया वा प्रक्रिया |