Dictionary

All Word

11401 चपाइ ना. २. पचाउने वा चप गरिने क्रिया वा प्रक्रिया ।
11402 चपाइ ना. [चाप् + आई ] ३. चाप्ने भाव, क्रिया वा प्रक्रिया, चाप थिचाइ |
11403 चपाउनु प्रे. क्रि. चाप्न लगाउनु; चापिने पार्नु; थिचाउनु ।
11404 चपाती ना. १. पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी, फुल्का, सुखा रोटी ।
11405 चपाती ना. २. पुरी रोटी |
11406 चपेट/चपेटा ना. १. लबटो।
11407 चपेट/चपेटा ना. २. हत्केला ।
11408 चपेट/चपेटा ना. ३ थप्पड |
11409 चपेट/चपेटा ना. ४. कामको चापाचाप ।
11410 चपेट/चपेटा ना. ५. कुनै काम चाँडो गराउन दिइने प्रेरणा |
11411 चपेट/चपेटा ना. ६. तरताकिता वा दबाव ।
11412 चप्काइ ना. १. चप्काउने वा टाँस्ने क्रिया वा प्रक्रिया |
11413 चप्काइ ना. २. चप्काउने वा पचाउने भाव, क्रिया वा प्रक्रिया |
11414 चप्काइनु क.क्रि. १. चप गरिनु, चोरिनु ।
11415 चप्काइनु क.क्रि. २. चप्काउने काम गरिनु; टँसाइनु ।
11416 चप्काउनु स.क्रि. चप गर्नु, चप पार्नु, चोर्नु, टप्काउनु ।
11417 चप्काउनु स.क्रि. गुँद, माड आदि लेसाइलो वा लेदो पदार्थले कुनै वस्तु टाँस्नु, जोड्नु ।
11418 चप्प क्रि.वि. कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी ।
11419 चप्प क्रि.वि. (उदा. - मुखभित्र एउटा उसिनेको लप्सी चप्प हालेर राम भाग्यो । ) ।
11420 चप्पन ना. चप गर्ने काम अर्काको चिज लाई अनैतिक रूपले आफ्नो पार्ने दुष्ट्याइँ कर्म; चप्पु ।
11421 चप्पल ना. चट्टी ।
11422 चप्पा ना. १. चपरी, चाको ।
11423 चप्पा ना. २. भुटेको गहुँ, जौ आदिको पिठो वा सातु।
11424 चप्पू ना. हे. चप्पन |
11425 चप्पु, ना. हे. चट्कन; चड्कन ।
11426 चप्लेटी वि. १. च्याप्टो र फराकिलो ( ठाउँ आदि) ।
11427 चप्लेटी वि. २ समतल परेको ।
11428 चप्लेटी वि. ना. ३. चिप्लेटी (खेल) ।
11429 चप्लेटी ढुङ्गो ना. चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठुलो र चेप्टो, चिप्लो ढुङ्गो, चिप्लेटी खेल्ने ढुड्गो, चिप्लेटी ढुड्गो ।
11430 चप्प्रासी वि. / ना. हे. चपरासी ।
11431 चप्रास ना. हे. चपरास ।
11432 चप्रासी वि. / ना. हे. चपरासी ।
11433 चबाइ ना. चाब्ने क्रिया, भाव वा प्रक्रिया ।
11434 चमक ना. प्रचण्ड तापबाट आएको प्रकाश, ज्वालाविनाको चहक, उज्यालो प्रकाश, तेज, टलक, प्रभा, टक; दीप्ति ।
11435 चमकदमक ना. शोभा; चहकमहक, छवि, कान्ति ।
11436 चमकदार वि. चमक भएको ।
11437 चमकिन अ.क्रि. हे. चम्किनु ।
11438 चमकिलो वि. हे. चम्किलो |
11439 चमक्क क्रि.वि. खुबसित चम्कने गरी ।
11440 चमचम क्रि.वि. १. थोरै उज्यालो छर्दै चम्किने गरी ।
11441 चमचम क्रि.वि. ना. २. छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष |
11442 चमचमाइ ना. चमचम गर्ने भाव, क्रिया वा गुण ।
11443 चमचमाइनु अ.क्रि. चमक निस्किनु चम्किनु ।
11444 चमचमाउनु अ.क्रि. चम्कनु, चमक आउनु ।
11445 चमचा ना. हे. चम्चा ।
11446 चमजुम्रो ना. मानिसका छालामा बलियोसँग टाँसिएर बस्ने मासु रङको सानो किनुविशेष, छालामा टाँसिने जुम्रो ।
11447 चमडा ना. छाला ।
11448 चमत्कार ना. १. आश्चर्य; अचम्म विस्मय ।
11449 चमत्कार ना. २. खेल तमासा |
11450 चमत्कार ना. ३. साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्यसौन्दर्य ।