Dictionary

All Word

11451 चमत्कारिता ना. चमत्कारपूर्ण गुण ।
11452 चमत्कारी वि. चमत्कार गर्ने ।
11453 चमत्कृत वि. आश्चर्य वा विस्मयमा परेको ।
11454 चमत्कृति ना. १. चमत्कार ।
11455 चमत्कृति ना. २. शिल्पक नामक उपरूपकका सत्ताइस अङ्गमध्ये एक ।
11456 चमर ना. १. हम्कनाका निम्ति प्रयोग गरिने चौरीगाईको पुच्छरको फुर्को वा झुप्पो ।
11457 चमर ना. २. राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो, चँवर ।
11458 चमरा ना. मकैको बोटको टुप्पोमा निस्कने धानचमरा जस्तै गरी आउने बोटबिरुवा र झारपातका टुप्पाको झुप्पो ।
11459 चमरी ना. काला लामालामा बाक्ला रौं हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने, तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष, चमरी गाई, चौंरी, चौरीगाई, याक, चुँगुर ।
11460 चमरी गाई ना. हे. चमरी ।
11461 चमस ना. काठको चम्चाजस्तो आकारको एक सोमपान पात्र ।
11462 चमाचम क्रि.वि. खुब चमक आउने वा दिने गरी ।
11463 चमार ना. १. छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति, सार्की ।
11464 चमार ना. २. मिझार ( सम्मान गर्दा ) ।
11465 चमू ना. प्राचीन कालको सेना (७२९ हात्ती, ७२९ स्थ, २१८७ घोडचढी र ३६४५ पदाति रहेको ) |
11466 चमेना ना. खाजा; जलपान ।
11467 चमेना गृह / घर ना. चमेना गर्ने ठाउँ वा घर, रेस्टुराँ ।
11468 चमेरी ना. चमेरोको लघु रूप ।
11469 चमेरी झ्याँट ना. प्रभात हुने समय वा बिहानको निछ्याम अवस्था ।
11470 चमेरो ना. १. दिउँसो रुखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जिउभरि भुत्ला भएको, पातलो कपडा झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी प्राणी ।
11471 चमेरो ना. २. दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को ।
11472 चमेली ना. लहरामा फुल्ने सेतो वा पहेंलो बास्नादार साना साना फूलविशेष।
11473 चमोट ना. विशिष्ट स्तरका अपराधीहरूलाई मात्र लगाइने छालाको नेल विशेष ।
11474 चम्कनु अ.क्रि. १. छिनछिनमा झल्कनु, तेजिलो हुनु, टल्कनु, जगमगाउनु।
11475 चम्कनु अ.क्रि. २. कसैलाई नटेर्नु, सेखी खोज्नु, मात्तिनु; बढ्नु ।
11476 चम्कनु अ.क्रि. ३. उन्नतिमा लाग्नु, तरक्की हुनु ।
11477 चम्कनु / चम्कनो ना. मानिसको कपालमा लाग्ने जुम्राको पुरै हुर्किएको अवस्था ढाडीभन्दा सानु र भुसुनुभन्दा ठुलो जुम्रो ।
11478 चम्काइ ना. चम्कने भाव, क्रिया वा गुण।
11479 चम्काइनु क.क्रि. चम्कने पारिनु।
11480 चम्काउनु स.क्रि., प्रे. क्रि. १. चम्किने पार्नु टल्काउनु ।
11481 चम्काउनु स.क्रि., प्रे. क्रि. २. मत्ताउनु ।
11482 चम्काउनु स.क्रि., प्रे. क्रि. ३. चम्कन लगाउनु ।
11483 चम्काचम्की ना. सानाठुला चम्काहरूको समूह ।
11484 चम्काचम्की ना. बाझ्ने र जुध्ने होडबाजी, चम्काइको प्रतियोगिता |
11485 चम्किनु अ.क्रि. झलक्क झल्कनु, तेजिलो हुनु, चम्कनु ।
11486 चम्किलो वि. चमक भएको, चमकदार, चहकिलो ।
11487 चम्की ना. सानो खालको चम्को |
11488 चम्के वि. चम्को भएको (चुलो); चुलोको चम्कोजस्तो आकारको (कुनै वस्तु)।
11489 चम्को ना. चुलाको मुखमा भाँडा अड्याउन तीनतिर उठाइएको थुम्को ।
11490 चम्चा ना. एकापट्टि समाउनाका लागि बिंड भएको र अर्कापट्टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच; चमचा ।
11491 चम्चागिरी ना. चाकरी, स्वार्थपूर्ण सेवाकार्य ।
11492 चम्ची ना. सानो खालको चम्चा ।
11493 चम्पक ना. १. सुगन्धमय सेतो वा पहेंलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल, चाँपो; चम्पा ।
11494 चम्पक ना. २. एक प्रकारको सुगन्धी द्रव्यविशेष।
11495 चम्पक ना. ३. एक प्रकारको केरा ।
11496 चम्पकमाला ना. १. प्राचीन कालमा प्रचलित एक प्रकारको गहना ।
11497 चम्पकमाला ना. २. चम्पक फूलबाट बनाइएको माला ।
11498 चम्पकमाला ना. ३. प्रत्येक पाउमा क्रमशः भ, म, सगण र दुई गुरु वर्ण भईकन पाँचौँ अक्षरमा विश्राम हुने एक वार्णिक छन्दविशेष।
11499 चम्पत ना. भाग्ने वा कुलेलम ठोक्ने काम, बेपत्ता हुने काम, टाप ठोक्ने क्रिया वा प्रक्रिया; सुइँकुच्चा ।
11500 चम्पा ना. हे. चम्पक |