Dictionary

All Word

11501 चम्पावत ना. प्राचीन कूर्माचल देशको राजधानी, हालको कुमाऊँ प्रदेशको एक प्रसिद्ध स्थल |
11502 चम्पावती ना. गङ्गाको किनारमा रहेको एक प्राचीन नगरको नाम, अङ्गदेशको राजधानी (वर्तमान भागलपुर ) ।
11503 चम्पासरी ना. मसिना र बास्नादार चामल हुने एक प्रकारको धान |
11504 चम्पू ना. गद्य र पद्य दुवै मिसिएको काव्य (उदा. मेरो कविताको आराधना, सम) ।
11505 चम्बल ना. १. भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष |
11506 चम्बल ना. २. भारतको एक प्रसिद्ध नदी र सो नदी भएको उपत्यका ।
11507 चम्बलघाटी ना. डाँकुहरूको बिगबिगी भएको कुख्यात आश्रयस्थल ।
11508 चम्बु ना. सानो मुख भएको टुटीवाल एक प्रकारको जलपात्र, एक प्रकारको लोहोटा ।
11509 चम्मु वि. अग्घोर बाठो असाध्य चतुरो, छट्टु ।
11510 चम्लायो ना. एक जातको वृक्षविशेष |
11511 चम्सुर ना. तरकारी खाइने, काँचै खाँदा नाकमा राग आउने, मसिना डाँठ र फाटेका पात हुने प्रसिद्ध सागविशेष |
11512 चय ना. सङ्ग्रह, समूह, थुप्रो; राशि |
11513 चयन ना. १. टिप्ने काम (फूल आदि) ।
11514 चयन ना. २. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम थुपार्ने वा जम्मा गर्ने काम ।
11515 चयनशील वि. चयन गर्ने स्वभाव भएको ।
11516 चयनहरा ना. थारू स्त्रीहरूले गलादेखि छातीसम्म लट्कने गरी लगाउने एक थरी गहना ।
11517 चयनिका ना. सङ्ग्रह गरिएका कुनै पनि वस्तु, पदार्थ वा तत्त्व।
11518 चयनीय ना. चयन गर्न योग्य; जम्मा गर्न हुने |
11519 चर्नु अ.क्रि. घँसिलो चौर, डाँडो, जङ्गल आदिमा गाईबस्तुले डुलेर घाँस आदि खाँदै पेट भर्नु ।
11520 चर ना. १. जासुस, गुप्तचर, गूढपुरुष, सी. आई.डी २. दूत, कलियो ।
11521 चर ना. ३. घरको जग ।
11522 चर ना. ४. रोग ।
11523 चर ना. ५. सुइँको, भेद ।
11524 चर ना. वि. ६. हिँडडुल गर्ने, चल्ने, जङ्गम ।
11525 चर ना. ७. सजीव ।
11526 चरक ना. १. भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता' का लेखक ।
11527 चरक ना. २. शेषनागका अवतार मानिने तिनै आचार्य ।
11528 चरक ना. ३. डुलुवा, बटुवा पथिक ।
11529 चरकसंहिता ना. चरक मुनिले लेखेको आयुर्वेदीय चिकित्सासम्बन्धी एक प्रसिद्ध ग्रन्थ |
11530 चरक्क क्रि.वि. १. चिरिने वा धाँजा फाट्ने गरी ।
11531 चरक्क क्रि.वि. २. घाम आदि चर्केर पोल्ने गरी ।
11532 चरचर क्रि.वि. १. धमाधम फाट्ने वा चिरिने भएर ।
11533 चरचर क्रि.वि. २. घाउ आदि दुख्ने वा चर्कने गरी ना. ३. चररको ध्वनि वा पीडा ।
11534 चरचर क्रि.वि. ४. चिरिने प्रक्रिया |
11535 चरचरी क्रि.वि. १. धमाधम फाट्ने वा चिरिने भएर, चरचर ।
11536 चरचरी क्रि.वि. २. घाउ आदि दुख्ने वा चहऱ्याउने गरी ।
11537 चरचरी क्रि.वि. 3. घाँस उखेल्दा धमाधम चरचर आवाज आउने गरी ।
11538 चरचरे वि. १. चरचर आवाज निकाल्ने वा त्यस्तो आवाज आउने गरी बोल्ने ।
11539 चरचरे वि. २. चिडाहा स्वभावको, झर्काहा |
11540 चरण ना. १. पाद, पाउ, पयर, गोडा ।
11541 चरण ना. २. श्लोकको एक पङ्क्ति, चौथाइ अंश ।
11542 चरण ना. ३. वेदको एक शाखा वा सम्प्रदाय ।
11543 चरण ना. ४. वंश पुस्ता ।
11544 चरण ना. ५. स्तम्भ |
11545 चरणकमल ना. कमलको फूलजस्तो पाउ वा पादतल, चरणपद्म चरणारविन्द (मानमर्यादा जनाउँदा प्रयोग गरिने शब्द) ।
11546 चरणचिह्न ना. पाउको चिह्न, कुनै चिज माथि परेको पाइलाको डोब |
11547 चरणतल ना. पैतालो; पादतल ।
11548 चरणन्यास ना. कदम, पाइला ।
11549 चरणपादुका ना. १. खराउ ।
11550 चरणपादुका ना. २. ढुड्गा आदिमा कुँदेर पूजा गर्ने हेतुले बनाइएको पादचिह्न |