Dictionary

All Word

1251 करवीर, ना. १. सुइरे पात हुने, पहेँलो रङको फूल फुल्ने र हाडेबदामका जत्रा दानाभित्र झन्डै आरुका झैं खबटा हुने फल लाग्ने ठिक्क आकारको वृक्ष वा त्यसको फूल।
1252 करवीर, ना. २. झन्डै वज्रदन्तीको जत्रो बोट हुने र त्यसरी नै झाँगिने सेतो अथवा रातो फूल फुल्ने एक वृक्ष वा त्यसको फूल।
1253 करवीर, ना. नेपाली लौकिक अनुश्रुतिअनुसारको एक प्रसिद्ध मसान, काठमाडौंको विष्णुमती र भद्रमतीको दोभानमा रहेको प्रसिद्ध मसानघाट |
1254 कर शाखा ना. अर्थ मन्त्रालयको मातहत रहेको करको असुलउपर गर्ने मुख्य कार्यालयभन्दा तल्लो तहको शाखा कार्यालय (जिल्लास्तरीय वा अञ्चलस्तरीय)।
1255 करसम्पुट ना. अभिवादनका समयमा नमस्कार आदिमा झैँ दुई हत्केलालाई पूरै नजोडी औंलाका टुप्पा र मणिबन्ध मात्र जोडेर बुढी औंलातिर खुला राख्ने एक विशेष मुद्रा (प्रायः धार्मिक); अञ्जलिमुद्रा।
1256 कराँत ना. १. समात्न वा पक्रन अनुकूल पर्ने स्थिि (कुस्ती खेल्दा, भारी बोक्ता आदि ) |
1257 कराँत ना. ( उदा.- राम त बलियै हो, तर कराँत नपरेकाले कुस्तीमा उसको जित हुन सकेन )।
1258 कराँत ना. २. बल, तागत; शक्ति।
1259 करौँतिलो वि. १. बोक्ता, समाउँदा वा अँगाल्दा प्रतिकूल नहुने।
1260 करौँतिलो वि. २. बलियो शक्तिशाली, दहो; दर्बिलो।
1261 कराँते ना. जापान र त्यसका छिमेकका देशहरूमा प्रचलित मर्मस्थलमा प्रहार गरेर आफूभन्दा निकै बलियो विपक्षीलाई समेत पराजित गर्ने केही प्रसिद्ध दाउ, कुम्फु, कराँते, जुडो आदिमध्ये एक (जसका आधुनिक प्रवर्तक ब्रुसली मानिन्छन्।)।
1262 कराँसो ना. हे. करेंसो।
1263 कराँसो घराँसो ना. घरघडेरी।
1264 कराइ ना. कराउने काम वा प्रक्रिया |
1265 कराइनु अ. क्र. ठुलो स्वरले बोलिनु, चिच्याइनु।
1266 कराउनु अ.क्रि. १. रुने, हप्काउने, विरोध जनाउने, बोलाउने आदि उद्देश्यले ठुलो स्वर गरी चिच्याउनु।
1267 कराउनु अ.क्रि. २. नचाहिँदो किसिमले चर्को स्वर निकाली बोल्नु।
1268 कराउनु अ.क्रि. (उदा.- माली गाईले धान खायो, नकरा कान्छी कान खायो )।
1269 कराउनु अ.क्रि. ३. झर्को लाग्ने गरी बोलेर केही सुनाउनु, माग्नु, प्रशंसा गर्नु वा निन्दा गर्नु, कचकचाउनु, करकराउनु।
1270 कराउनु अ.क्रि. ४. अन्याय र थिचोमिचोका विरुद्ध मर्कामा पर्नेले प्रायः मौखिक वा अलिखित रूपमा उजुर गर्नु, फिराद गर्नु।
1271 कराकर ना. १. ठुलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ.) मा हुने असाधारण व्यस्तता; चटारो; लछारो।
1272 कराकर ना. २. त्यस्तै अवसरमा भेला हुने समुदाय, हुल, घुइँचो, ठेलमठेल; किचाघान।
1273 करामत ना. १. असाधारण वा असामान्य काम; चमत्कार, कमाल।
1274 करामत ना. २. पुरुषार्थ; बहादुरी।
1275 करायें वि. सलामी परेको, अलिअलि ढल्केको, करालो; थालेभन्दा कम सम्म र भिरालोभन्दा कम ढल्किएको।
1276 करार ना. १. कुनै कार्य लिखत रूपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व।
1277 करार ना. २. त्यसरी जिम्मा लिन गरिने लिखित कबुल वा प्रतिज्ञा।
1278 करारनामा ना. एक पक्षले अर्को पक्षलाई कुनै सेवा, भारा, अभिभारा आदि सुम्पँदा र घर, पसल, गाडी आदि भाडामा दिँदा दुवै पक्षले करार गरी सही गरेको लिखत, कबुलनामा कबुलियतनामा।
1279 करारपत्र ना. करारनामा।
1280 करार सेवा ना. तलब, कार्यावधि, सेवासर्त आदि तोकिएर नियुक्त हुने कर्मचारीको पद वा सेवा।
1281 करारोपण ना. सरोकारवाला सरकारी निकायले संविधान वा ऐनकानुनअनुसार नागरिकहरूलाई कर लगाउने कार्य।
1282 कराल वि. डरलाग्दो, भयङ्कर; विकराल।
1283 करालो ना. भिरालो जग्गा, ओह्रालो।
1284 करालो ना. वि. अलि अलि ढल्किएको; करायें |
1285 कराहट ना. कराउने काम, चिच्च्याहट; करकराहट; कचकचाहट।
1286 कराही ना. दुईतिर कडा लागेको र मुख फरक हुने पकाउने भाँडो।
1287 कराही ना. शिरीषको जस्तो बोट हुने र सेतो अपराजिताको झैँ फूल फुल्ने एक राइली वृक्ष वा त्यसको स्वादको फल |
1288 करिब क्रि.वि. १. नजिकमा छेउमा, पासमा (उदा.- म उसलाई सधैँ आफ्नो करिब देख्न चाहन्छु। )।
1289 करिब क्रि.वि. २. प्रायः झन्डै झन्डैले; लगभग (उदा.- तिम्रो अनुहार करिब रामसित मिल्छ। )।
1290 करिब करिब क्रि.वि. झन्डै झन्डै पुगनपुग लगभग।
1291 करिया ना. अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने गरेका घरेलु नोकर, कमारो, बाँधा; दास।
1292 करिया अमलेख सं. १९८१ मा श्री ३ चन्द्रको पालामा करियाहरूलाई प्रदान गरिएको मुक्ति; दासत्वमोचन।
1293 करिया प्रथा ना. दासप्रथा।
1294 करीर ना. खार वा गेगर जमिनमा हुने, पात नहुने, वसन्त ऋतुमा हरिया डाँठका टुप्पामा ससाना गोल राता फूल फुल्ने र फूल झरेपछि गोलकाँक्रीजस्ता बाटुला फल फल्ने एक प्रकारको बोट |
1295 करीष ना. १. गाईभैंसी आदिको मल विभिन्न आकारमा सुकाई बाल्नका निम्ति बनाइएको विशेष प्रकारको गुइँठो।
1296 करु ना. हिमाली भागको लेकतिर खेती गरिने, बोट र दाना जौका आकारको हुने एक प्रकारको अन्नविशेष।
1297 करु ना. (यसको सत्तु बनाएर उपयोग गरिन्छ )।
1298 करुणा ना. करुण; दया, माया |
1299 करुणानिधान वि. दुःखी, दरिद्री, रोगी आदिलाई दया गर्ने स्वभाव भएको; दयालु मायालु।
1300 करुणानिधि वि. करुणा भएको; अरूलाई दयामाया गर्ने, दयालु।