Dictionary

All Word

11551 चरणयुगल ना. दुई पाउ, दुई खुट्टा |
11552 चरणरेखा ना. पादचिह्न; चरणचिह्न ।
11553 चरणसेवा ना. १. आफूभन्दा ठुला वा बडाको सेवा, मान्यजनको सेवा ।
11554 चरणसेवा ना. २. पाउ दाब्ने वा मिच्ने काम ।
11555 चरणसेवी ना. १. सेवक, नोकर, भक्त ।
11556 चरणसेवी ना. वि. २. सेवा गर्ने ।
11557 चरणामृत ना. १. श्रद्धेय व्यक्तिको पाउ धोइएको पानी ।
11558 चरणामृत ना. २. देवप्रतिमा आदिलाई स्नान गराइएको पानी; चरणोदक |
11559 चरणायुध ना. आफ्नो गोडा नै हतियार भएको प्राणी, कुखुरो |
11560 चरणायुध ना. ना. चरणकमल ।
11561 चरणार्ध ना. श्लोकको एक पाउको आधा भाग; आठौं भाग वा अष्टमांश ।
11562 चरणोदक ना. चरणामृत ।
11563 चरणोपधान ना. राजामहाराजाको सिंहासनमुनि पाउ राख्न बनाइएको एक आसन; पाउदान; पादपीठ |
11564 चरन ना. १. हे चरण ।
11565 चरन ना. २. गाईबस्तु चर्ने ठाउँ, घाँस भएको ठाउँ, चउर, गोचर, गौचर ।
11566 चरन क्षेत्र ना. गाईबस्तु चराउने निश्चित क्षेत्र |
11567 चरना ना. अन्तःपुरका केटी सुसारेहरूले भित्रपट्टि लगाउने तीन तहको जाँघवाल सुरुवाल, लामो जाँघिया, चर्ना ।
11568 चरम वि. अन्तिम अन्त्यको ।
11569 चरम वि. २. सबभन्दा पछिल्लो पश्चवर्ती ।
11570 चरम अवस्था ना. आखिरी अवस्था अन्त्यकाल वा पछिल्लो अवस्था ।
11571 चरमकाल ना. अन्तिम अवस्था अन्त्यकाल वा मृत्युको समय ।
11572 चरमबिन्दु ना. १. रुचि, उत्तेजना आदिको सर्वोच्च बिन्दु ।
11573 चरमबिन्दु ना. (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन) ।
11574 चरमबिन्दु ना. २. कुनै एक श्रृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरमसीमा; पराकाष्ठा ।
11575 चरमोत्कर्ष ना. १. अन्तिम सीमासम्म पुगेको उत्कर्ष, परम उत्कर्ष ।
11576 चरमोत्कर्ष ना. २. साहित्यमा घटनाक्रमको तीव्रतम स्थिति वा बिन्दु, पराकाष्ठा ।
11577 चराइ ना. चर्ने क्रिया वा प्रक्रिया ।
11578 चराइनु क.क्रि. चर्ने पारिनु, चर्न लगाइनु ।
11579 चराउनु प्रे. क्रि. बस्तुभाउलाई डुलाएर घाँस खुवाउनु ।
11580 चराचर ना. १. चर र अचर वस्तु स्थावर र जङ्गम।
11581 चराचर ना. २. विश्व ।
11582 चराचुरुङ्गी ना. दुई खुट्टा हुने, फुल पार्ने र प्वाँख तथा पखेटा हुने, मेरुदण्डीय पक्षीजाति ।
11583 चरित ना. १. जीवनको कथा वा विशेष घटना; जीवनी |
11584 चरित ना. २. आचरण, चरित्र ।
11585 चरितनायक ना. कुनै काल्पनिक आख्यान वा ऐतिहासिक घटनाको मुख्य पात्र, चरित्रनायक ।
11586 चरितार्थ वि. १. अभीष्ट ध्येय पूरा गरेको, सफल ।
11587 चरितार्थ वि. २. लक्ष्य हासिल गरेको ।
11588 चरितार्थ वि. ३. कृतार्थ, सन्तुष्ट, तुष्ट ।
11589 चरितार्थ वि. ४. कार्यान्वित; सम्पन्न।
11590 चरितार्थता ना. चरितार्थ हुने कार्य ।
11591 चरितावली ना. अनेक विशिष्ट व्यक्तिहरूको जीवनीको सङ्ग्रह |
11592 चरित्र ना. १. जीवनी, चरि।
11593 चरित्र ना. २. चालचलन, बानीबेहोरा; व्यवहार ।
11594 चरित्रचित्रण ना. नाटक, उपन्यास, कथा आदिमा काल्पनिक पात्रको बिम्ब सिर्जना गर्ने प्रक्रिया तथा कार्य; साहित्यिक कथात्मक कृतिमा पात्रको स्वरूप र प्रकृतिलाई रूपायित गर्ने काम ।
11595 चरित्रदोष ना. नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी, नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भुल; चरित्रमा हुने दोष |
11596 चरित्रनायक ना. हे चरितनायक ।
11597 चरित्रप्रधान ना. घटना वा कथावस्तुको भन्दा चरित्रको प्राधान्य वा बढी महत्त्व भएको (कथा, उपन्यास आदि) ।
11598 चरित्रवान् वि. राम्रो स्वभाव, प्रकृति, चालचलन आदि भएको (व्यक्ति); सच्चरित्र भएको ।
11599 चरित्रहत्या ना. अनावश्यक वा निराधार लाञ्छना लगाएर कसैको प्रतिष्ठामा धक्का पुयाउने वा कसैलाई अपमानित गर्ने काम, कसैको सम्मान वा प्रतिष्ठालाई खसाल्ने काम; अनावश्यक लाञ्छना ।
11600 चरित्रहीन वि. खराब गुण, शीलस्वभाव, आचरण, अनुष्ठान आदि भएको; दुश्चरित्रले युक्।