Dictionary

All Word

11601 चरिपन्जा ना. एउटा पासामा पन्जा र बाँकी दुई पासामा दुवा दुवा पर्दा हुने, पासाखेलको एक दाउ |
11602 चरिपाईं / चरिफाई ना. छारे रोग, मृगी, अपस्मार ।
11603 चरी ना. १. चराको बच्चा ।
11604 चरी ना. २ सानो चरो ।
11605 चरी ना. ३. पोथी चरो ।
11606 चरी ना. ४. चरो (बालबोलीमा) |
11607 चरी अमिलो ना. गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेंला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी ।
11608 चरीखुट्टे वि. चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ.); सिट्ठा; खियाउटे ।
11609 चरीघाँटी ना. १. चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति, आरीस्याँगी ।
11610 चरीघाँटी ना. २. बित्न लागेको अवस्था ।
11611 चरचराइ / चराउ ना. १. गाईबस्तु चराउने वा चर्ने ठाउँ, चरन ।
11612 चरचराइ / चराउ ना. २. बस्तुभाउ चराउने काम ।
11613 चरीचुच्चे वि. १. चराको जस्तो चुच्चो मुख हुने (व्यक्ति) ।
11614 चरीचुच्चे वि. २. चराको झैं चुच्चो भएको, चुच्चे ।
11615 चरीचुच्चे वि. ३. अक्षरारम्भ गर्दा 'च' वर्णका निम्ति प्रयोग गरिने (शब्द) ।
11616 चरीनङ्ग्रा वि. १. निर्बाङ्ग, दिगम्बर, लङ्गट ।
11617 चरीनङ्ग्रा वि. २. गरिब ।
11618 चरीनङ्ग्री ना. १. केटाकेटीहरूको एक खेलविशेष ।
11619 चरीनङ्ग्री ना. वि. २. ज्यादै दुब्ली ख्याउटी |
11620 चरीनङ्ग्रे वि. १. दुब्लो पातलो ।
11621 चरीनङ्ग्रे वि. ना. २. मसिनो खालको धान ।
11622 चरीफाल ना. १. छटपटिएर मर्न लागेको चरीको झैँ अवस्था वा चाल ।
11623 चरीफाल ना. २. छटपटी ।
11624 चरीबाघ ना. बिरालो जत्रो हुने, एक जातको रुखमा बस्ने, टाटेपाटे चितुवा, निगाले चितुवा ।
11625 चरीलमिनी ना. सगरमाथाको अर्को नाउँ, झ्यामोलुङ्मोको नेपाली पर्याय नाम ।
11626 चरु ना. १. जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु आहुति हव्य ।
11627 चरु ना. २. ठाडो बिट भएको, धातुको एक भाँडोविशेष; सानो ठो ।
11628 चरुवा ना. १. गाईबस्तु चराउने मानिस, गोठालो ।
11629 चरुवा ना. वि. २. चर्ने गरेको (बस्तुभाउ) ।
11630 चरेस १ ना. १. काँसो र जस्ता बराबर अनुपातमा मिसाएर तयार पारिएको एक प्रकारको धातुविशेष ।
11631 चरेस १ ना. २. असल जातको मिहिन, पातलो र सेतो सुती कपडा ।
11632 चरेस ना. गाँजाको लट्टाको चोप वा खोटो, तमाखु भैं धूम्रपान गरिने एक लागु पदार्।
11633 चरो ना. चराचुरुङ्गीवर्गको, पखेटा र चुच्चो हुने कुनै दोपाया प्राणी |
11634 चर्कनु अ.क्रि. १. फुट्नु, चिरिनु, चिरा पर्नु, धाँजा फाट्नु ।
11635 चर्कनु अ.क्रि. २. प्रचण्ड हुनु, कडा हुनु ।
11636 चर्कनु अ.क्रि. ३. सोला हान्नु, घाउ चर्केर दुख्नु, चस्कनु ।
11637 चर्कनु अ.क्रि. ४. ठुलो स्वरले बोल्न, कड्कनु ।
11638 चर्काइ ना. चर्कने भाव, क्रिया वा प्रक्रिया |
11639 चर्काइनु क.क्रि. चर्कने पारिनु, चर्कने पार्न लगाइनु ।
11640 चर्काउनु स.क्रि. १. कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु ।
11641 चर्काउनु स.क्रि. २. चिरा पार्नु ।
11642 चर्काउनु स.क्रि. ३. कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु ।
11643 चर्काचर्की ना. दुवैतर्फबाट भएको साहो झगडा, बाझाबाझ, उग्र कलह |
11644 चर्किनु अ.क्रि. १. चर्को हुनु, चर्कनु।
11645 चर्किनु अ.क्रि. २. चर्को बनिनु।
11646 चर्कुले / चर्कुलो वि. १. कान खाने चर्को वा तिखो स्वर भएको, चरचरी बाझेजस्तो गरी बोल्ने ।
11647 चर्कुले / चर्कुलो वि. २. छुकछुके; चकचके; चनमते, चञ्चले ।
11648 चर्को वि. तिक्खर, कडा; तीव्र तेजी; कठोर; ज्यादा ।
11649 चर्खा ना. चक्र झैं पाङ्ग्रो जडी प्युरीबाट धागो कात्न बनाइएको, काठको घरेलु यन्त्रविशेष |
11650 चर्च ना. इसाई मतावलम्बीहरूको उपासना गर्ने सार्वजनिक भवन वा मन्दिर, गिर्जाघर |