Dictionary

All Word

11651 चर्चनु स.क्रि. १. चलन गर्नु, भोग गर्नु ।
11652 चर्चनु स.क्रि. २. तह लगाउनु, सुमर्नु, काममा ल्याउनु ।
11653 चर्चराइ ना. चर्चराउने भाव, क्रिया वा प्रक्रिया |
11654 चर्चराइनु अ.क्रि. चर्चराउने होइनु ।
11655 चर्चराउनु अ.क्रि. १. चहऱ्याउनु भबाउनु ।
11656 चर्चराउनु अ.क्रि. २. चरचर गरेर आवाज आउनु ।
11657 चर्चरिका ना. १. नाटक प्रदर्शन गर्दा एउटा प्रकरण खतम भई, पर्दा गिराई फेरि अर्को प्रकरण सुरु गर्ने अवस्थामा पर्दा उठाउँदा गाइने एक प्रकारको गीत ।
11658 चर्चरिका ना. २. नाटकका दुई नटुवाले आलोपालो गरी गाउने गीत ।
11659 चर्चरिनु अ.क्रि. चरचर गरी दुख्नु, चरचर हुनु, चहऱ्याइनु, चर्कनु ।
11660 चर्चरी ना. १. वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष |
11661 चर्चरी ना. २. सङ्गीतका तालमा बजाइने ताली ।
11662 चर्चरी ना. 3. विद्वान्हरूद्वारा गरिएको सस्वर पाठ ।
11663 चर्चरी ना. ४. आमोदप्रमोद, हर्षक्रीडा ।
11664 चर्चरी ना. ५. रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पपाँच अक्षरमा विश्राम हुने एक छन्द ।
11665 चर्चरे ना. १. च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो ।
11666 चर्चरे ना. २. गाईबस्तुलाई हुने एक भयङ्कर सरुवा रोग, गाईबस्तुको देसान |
11667 चर्चरे ना. ३. सारौं चरो, चर्चरो।
11668 चर्चरो ना. सारौं चरो ।
11669 चर्चा ना. १. विचारविमर्श गम्भीर छलफल ।
11670 चर्चा ना. २. प्रसङ्ग कथन; प्रकरण।
11671 चर्चा ना. ३. आवृत्ति, स्वरपाठ; अध्ययन ।
11672 चर्चापीठ ना. कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था, आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुयाउन खडा भएको एक एकाइ ।
11673 चर्चाइ ना. चर्चने क्रिया, भाव वा प्रक्रिया ।
11674 चर्चाइनु क.क्रि. चर्चाउन लगाइनु ।
11675 चर्चाउनु प्रे. क्रि. चर्चने काम गराउनु; चर्चन लाउनु ।
11676 चर्चित वि. १. चर्चा गरिएको, प्रासङ्गिक ।
11677 चर्चित वि. २. विचार गरिएको; मनन गरिएको ।
11678 चर्चिनु स.क्रि. १. हे. चर्चनु ।
11679 चर्चिनु स.क्रि. क. क्रि. २. चर्चिने होइनु।
11680 चर्तिकला ना. १. चहलपहल, चकचकी, चहकमहक ।
11681 चर्तिकला ना. २. रवाफ, झुट्टो चरित्रको प्रदर्शन ।
11682 चर्तिकला ना. ३. स्त्री जातिको दुश्चरित्रता ।
11683 चर्तिकले वि. चर्तिकला गर्ने ।
11684 चर्ना ना. हे. चरना।
11685 चर्पट ना. १. औंलाहरू फिंजिएका अवस्थाको हत्केला |
11686 चर्पट ना. २. थप्पड, लपेटा, चपेटा।
11687 चर्पट ना. चटपट हतपत चटारो |
11688 चर्पट ना. २. क्रि.वि. जल्द जल्दी, झटपट ।
11689 चर्पटाइ ना. चर्पटाउने भाव, क्रिया वा प्रक्रिया |
11690 चर्पटाइनु स.क्रि. हडबडाइनु, चटपटाइनु ।
11691 चर्पटाउनु स.क्रि. हडबड गर्नु, हडबडाउनु, छटपटाउनु, चटपटाउनु।
11692 चर्पटी ना. चटपटी |
11693 चर्पटी ना. चिल्लो नहाली पकाइएको रोटी, सुक्खा रोटी, फुल्का ।
11694 चर्पटे वि. चर्पट गर्ने, चटपटे स्वभावको।
11695 चर्पी ना. दिसा पिसाब गर्ने ठाउँ वा कोठा, चर्पीघर, पाइखाना, शौचालय, टट्टीखाना (ल्याट्रिन, बाथरुम) ।
11696 चर्म ना. १. मानिस वा जनावरका शरीरको बाहिरी अंश, छाला; चमडा; चाम।
11697 चर्म ना. २. ढाल ।
11698 चर्मकला ना. काँचो छालालाई प्रशोधन गरी त्यसबाट जुत्ता, सेला, कम्मरपेटी आदि विभिन्न सामानहरू बनाउने सिप ।
11699 चर्मकार ना. छालाको काम गर्ने मानिस, चमार, सार्की, मोची ।
11700 चर्मकील ना. अलकाई, बवासीर, हर्सा, अर्श ।