Dictionary

All Word

11701 चर्मकूप ना. घिउ, तेल आदि हाल्ने छालाको भाँडोविशेष, सिजिया ।
11702 चर्मचक्षु ना. १ भौतिक जगत्का विषयवस्तु देख्ने इन्द्रिय; बाहिरी वा बाह्य आँखा ।
11703 चर्मचक्षु ना. २. सतही दृष्टि स्थूल दृष्टि |
11704 चर्मतरङ्ग ना. उमेर वा रोगका कारणले शरीर वा अनुहारमा पर्ने चाउरी |
11705 चर्मदूषिका ना. दाग उब्जिई बेसरी चिलाउने एक चर्मरोग, दाद ।
11706 चर्मपट्टिका ना. पासा खेल्दा गोटी राखिने चार कुना परेको छालाको टुक्रा ।
11707 चर्मपत्र ना. अभिलेखका रूपमा छालामा लेखिएको वस्तुविशेष |
11708 चर्मपुट ना. पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो, मसक ।
11709 चर्मयष्टि ना. छालाको कोर्रा वा चाबुक ( हन्टर ) ।
11710 चर्मरोग ना. रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना-साना फोका निस्कने आदि रोग ।
11711 चर्मरोगी ना. छालाको रोग लागेको व्यक्ति ।
11712 चर्मरोग विशेषज्ञ ना. छालाका रोगहरूमा विशेषता प्राप्त गरेको डाक्टर |
11713 चर्मोपचार ना. चर्मरोगको उपचार |
11714 चर्मोपचारक ना. १. चर्मरोगको उपचारमा प्रयोग गरिने वस्तु ( औषधी आदि) ।
11715 चर्मोपचारक ना. २. छालाको विशेषज्ञ ।
11716 चर्मोपचार शास्त्र ना. चर्मरोगसम्बन्धी शास्त्र |
11717 चमचुरुम क्रि.वि. कुनै वस्तु साना टुक्रा भएर फुट्ने गरी ।
11718 चर्या ना. १. घुमफिर, सैर।
11719 चर्या ना. २. प्रथा, रीतिरिवाज, अनुष्ठान ।
11720 चर्या ना. ३. आचरणविधि, चालचलन ।
11721 चर्या ना. ४. जीविका ।
11722 चर्यामचुर्लुम क्रि.वि. १. कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी, झऱ्यामकुरुम ।
11723 चर्यामचुर्लुम क्रि.वि. २. पानीमा पुरै चोपिने वा डुब्ने गरी ।
11724 चर्यामचुर्लुम्म क्रि.वि. चर्यामचुर्लुम |
11725 चर्याम्म क्रि.वि. १. कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी ।
11726 चर्याम्म क्रि.वि. २. झऱ्याम्म।
11727 चर्वण ना. १. चपाउने वा खाने काम ।
11728 चर्वण ना. २. आचमन ।
11729 चर्वण ना. ३. स्वाद चाख्ने काम ।
11730 चर्वित वि . १. चपाइएको; खाइएको ।
11731 चर्वित वि . २. चाखिएको ।
11732 चर्वित चर्वण ना. १. गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य ।
11733 चर्वित चर्वण ना. २. भनिसकिएको कुरो दोहोर फेरि भन्ने कार्य, पुनरुक्ति, निरर्थक आवृत्ति ।
11734 चर्व्य वि . चबाइने वा चबाउनुपर्ने, चबाउन योग्य |
11735 चर्सा ना. छाला ।
11736 चर्सा ठेक्का ना. छाला- ठेक्का ।
11737 चर्सा रकम ना. १. छालाको ठेकदारीमा बुझाउनुपर्ने रकम ।
11738 चर्सा रकम ना. २. छालाको ठेक्कापट्टा |
11739 चल्नु अ.क्रि. १. चलमलाउनु, हल्लनु, हिल्नु, काँप्नु ।
11740 चल्नु अ.क्रि. २. चकचक गर्नु ।
11741 चल्नु अ.क्रि. ३. हिँड्नु जानु ।
11742 चल्नु अ.क्रि. ४. चलनमा आउनु ।
11743 चल्नु अ.क्रि. ५. जिस्किनु ।
11744 चल्नु अ.क्रि. ६. टिक्नु, खट्नु ।
11745 चल्नु अ.क्रि. ७. प्रारम्भ हुनु ।
11746 चल्नु अ.क्रि. ८. पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु ।
11747 चल वि . १. चल्ने, काम्ने, हल्लिने, स्पन्दित हुने ।
11748 चल वि . २. अस्थिर, चञ्चल।
11749 चल वि . ३. हिँडडुल गर्ने; जङ्गम ।
11750 चल वि . ४. चलाउन सकिने (वस्तु) ।