Dictionary

All Word

11751 चल वि . ५. चल्ती, चल्तीफिर्ती ।
11752 चल वि . ६. चलनचल्तीमा आएको ।
11753 चलअचल वि . चल्ने र नचल्ने; जङ्गम र स्थावर, अस्थिर र स्थिर |
11754 चलखेल ना. क्रियाशीलता, चल्ने खेल्ने काम, कुनै काममा हात हाल्ने काम ।
11755 चलचित्र ना. बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने - फिर्ने कथात्मक नाट्यचित्र; सिनेमा, टाकिज ।
11756 चलचित्र प्रदर्शक ना. चलचित्र देखाउने यन्त्र चलाउने मानिस ।
11757 चलचित्र संस्थान ना. चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय ।
11758 चलचित्र सम्पादक ना. चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ ।
11759 चल जोर्नी ना. शरीरको खास जोर्नी कीलेजोर्नी ।
11760 चलता वि . चालु; चल्ता ।
11761 चलतापुर्जा वि . १. सक्रिय, फुर्तिलो, जाँगरिलो, व्यवहारकुशल ।
11762 चलतापुर्जा वि . २. हाकधाक भएको ।
11763 चलताफिर्ता वि . चलतापुर्जा ।
11764 चलती ना. हे. चल्ती ।
11765 चलतीफिर्ती ना. चल्तीफिर्ती ।
11766 चलदल ना. पात फिरफिर भइरहने एक वृक्षविशेष, पीपलको रुख, चलपत्र |
11767 चलन ना. १. रीतिपरम्परा, प्रथा ।
11768 चलन ना. २. गति, चाल ।
11769 चलन ना. वि. ३. गतिशील, कम्पायमान, काम्ने, हल्लने ।
11770 चलनकलन ना. उच्चस्तरीय गणितको एक प्रकार |
11771 चलनचलाइ ना. चलनमा चलेको कामकुरो ।
11772 चलनचल्ती ना. चलन वा व्यवहारमा उपयोग हुँदै आइरहेको कुरा, चलन ।
11773 चलनचाँजो ना. कामकुराको व्यवस्था, घरायसी कारोबार, कामधन्दा ।
11774 चलनचाँदीको वि . चलनचल्तीमा ल्याइएको (चाँदीको सुका, मोहर, रुपियाँ इ.) ।
11775 चलनपुर्जी ना. कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज, पट्टा, आज्ञापत्र, अधिकारपत्र |
11776 चलनिक्षेप ना. ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्व्याजी रकम भागनिक्षेप ।
11777 चलनी ना. सानो चाल्नु, चालनी, चल्नी ।
11778 चलबल ना. चञ्चलता; चकचक; चुलबुल ।
11779 चलबलाइ ना. चलबलाउने काम वा किसिम |
11780 चलबलाइ अ.क्रि. चलमलाइनु, छटपटाइनु ।
11781 चलबलाउनु अ.क्रि. चलमलाउनु, छटपटाउनु ।
11782 चलबले वि . चलबल गर्ने; चञ्चले ।
11783 चलमल ना. हल्लने वा चलमलाउने काम, हलचल, चलबल |
11784 चलमलाइ ना. चलमलाउने भाव, क्रिया वा प्रक्रिया |
11785 चलमलाइनु अ.क्रि. छटपटाइनु, चलबलाइनु ।
11786 चलमलाउनु अ.क्रि. चल्नु, छटपटाउनु, चलबलाउनु ।
11787 चलमले वि . चलमल गर्ने, चञ्चल स्वभावको ।
11788 चलमल हल ना. चलमल; चलबल |
11789 चलमाल ना. हे. चलसम्पत्ति ।
11790 चलविद्युत् ना. लगातार प्रवाहित भइरहने विद्युत् ।
11791 चलसम्पत्ति ना. घरबारी, खेत, घडेरी आदि बाहेकका अरू सम्पत्ति सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति ( रुपियाँ, सुन, चाँदी इ.) ।
11792 चला ना. १. लक्ष्मी ।
11793 चला ना. २. बिजुली ।
11794 चलाइ ना. १. चल्ने वा चाल्ने भाव, क्रिया वा प्रक्रिया ।
11795 चलाइ ना. [चलाउ + आइ] २. चलाउने भाव, क्रिया वा प्रक्रिया |
11796 चलाइ ना. ३. चकचक, छुकछुक ।
11797 चलाइनु क.क्रि. चल्ने पारिनु ।
11798 चलाउनी ना. चाल्ने वा चलाउने कुनै पनि साधन ।
11799 चलाउनु स.क्रि. १. हल्लाउनु ।
11800 चलाउनु स.क्रि. २. चलन गर्नु ।