Dictionary

All Word

11801 चलाउनु स.क्रि. ३. चलनमा ल्याउनु ।
11802 चलाउनु स.क्रि. ४. जिस्क्याउनु ।
11803 चलाउनु स.क्रि. ५. प्रारम्भ गर्नु ।
11804 चलाउनु स.क्रि. ६. मोटर आदि हाँक्नु ।
11805 चलाउनु स.क्रि. ७. खपाउनु।
11806 चलाउनु स.क्रि. ८. सञ्चालन वा व्यवस्थापन गर्नु ।
11807 चलाउनु स.क्रि. ९. प्रयोग गर्नु ।
11808 चलाक वि . चलाख |
11809 चलाकी ना. चलाखी ।
11810 चलाख वि . बाठो; चङ्ख; टाठो; चतुर ।
11811 चलाखी ना. चतुऱ्याइँ, चङ्ख्याइँ ।
11812 चलाचल ना. आपसमा जिस्किने वा कुटाकुट गर्ने क्रिया |
11813 चलाचल वि . चल र अचल; स्थावर र जङ्गम; चराचर ।
11814 चलान ना. १. चलाउने वा हिर्काउने काम प्रस्थापन ।
11815 चलान ना. २. पठाउने काम निकासी ।
11816 चलानी ना. १. चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र |
11817 चलानी ना. वि. २. चलान गरिएको ।
11818 चलानी ना. चलानी ।
11819 चलानी पुस्तक / बही ना. चलानी पुर्जीहरू दर्ता गरिने वा राखिने फाइल, चलानी दर्ता गरिने किताब |
11820 चलायमान वि . १. चलिरहेको; हल्लिरहेको ।
11821 चलायमान वि . २. अस्थिर ।
11822 चलायमान वि . ३. गतिशील ।
11823 चलार्थ ना. चल सम्पत्ति, चलाचल।
11824 चलार्थपत्र ना. नोट, पत्रमुद्रा, साखपत्र ।
11825 चलिचलाउ वि . १. हिँड्न लागेको प्रस्थान गर्न तयार भएको ।
11826 चलिचलाउ वि . २. हिंडिरहेको; हिँडेको हिँड्यै ।
11827 चलित वि . १. चलेको हिँडेको ।
11828 चलित वि . २. हल्लिएको ।
11829 चलित वि . ३. विसर्जित ।
11830 चलु ना. पानीबलोभन्दा मुन्तिरको मुसी अड्याउने तेर्सो काठ |
11831 चलुवा वि . नचाहिँदो किसिमले चली हिँड्ने; चकचके; रगरगे; तबर, चुलबुले |
11832 चलुवी वि . चलुवाको स्त्रीलिङ्गी रूप ।
11833 चल्ता वि . चल्ने वा चलिरहेको; चालु ।
11834 चल्तापुर्जा वि . चलतापुर्जा ।
11835 चल्ताफिर्ता वि . चलताफिर्ता ।
11836 चल्ती ना. १. आउने जाने काम आवत-जावत ।
11837 चल्ती ना. २. लेनदेनको व्यवहार, सुक्रीबिक्री।
11838 चल्ती ना. 3. चलन, व्यवहार ।
11839 चल्ती ना. ४. सबैको जानकारीका निमित्त गरिएको प्रचार ।
11840 चल्ती ना. ५ इज्जत, मानमर्यादा, प्रतिष्ठा ।
11841 चल्ती ना. ६. चर्तिकला, प्रसिद्धि ।
11842 चल्ती ना. वि. ७. चल्ने, चल्ता; चालु ।
11843 चल्ती औषधी ना. उपचारका निम्ति बहुप्रचलित तथा सुलभ घरेलु ओखती ।
11844 चल्ती खाता ना. ब्याङ्कको नियमभित्र रही खातावालले आफ्नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्व्याजी रकमको खाता; खातावालाले मागेमा जहिले जति पनि निकाल्न सकिने गरी चल-निक्षेपका रूपमा रकम जम्मा गरिएको खाता ।
11845 चल्तीफिर्ती ना. १. चलफिर ।
11846 चल्तीफिर्ती ना. २. चल्ती ।
11847 चल्दो वि . १. चलिरहेको ।
11848 चल्दो वि . २. चल्न सक्ने ।
11849 चल्दोमिल्दो वि . १. व्यवहार सुहाउँदो पङ्क्तिमा मिसाउन हुने, हारमा मिलाउन सकिने, लेनदेन गर्न हुने ।
11850 चल्दोमिल्दो वि . २. चालचलन थाहा पाइएको र मिल्न सक्ने, मिलनसार ।