Dictionary

All Word

11851 चल्नी ना. १. चल्ने ठाउँ ।
11852 चल्नी ना. २. कन्चट र छातीका दुईतिर बल्किने ठाउँ मर्मस्थल ।
11853 चल्नी ना. ३. चलनी ।
11854 चल्ली ना. कन्चट |
11855 चल्ली पुर्पुरो ना. आँखीभुइँमाथि निधारका दायाँबायाँ रहेको चल्ली र निधार वा पुर्पुरो ।
11856 चल्लो ना. कुखुरा आदिको बच्चो; चिंगना; चिड्ना; चल्ला |
11857 चवन्न ना. १. पचास र चारको योगबाट बन्ने सङ्ख्या, '५४' को अङ्क ।
11858 चवन्न ना. वि. २. पचास र चारको योगसङ्ख्याको त्रिपन्न पछि आउने ।
11859 चवन्नी वि . पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्य बराबरको सिक्का वा मान, चारानी, चारआनी चउन्नी ।
11860 चवन्नौँ वि . गणनाका क्रमले चवन्नमा परेको, चवन्न सङ्ख्याको चउन्नौँ।
11861 चवालिस ना. १. चालिस र चार सङ्ख्याका योगले बनेको सङ्ख्या ४४ को अङ्क ।
11862 चवालिस ना. वि. २. चालिस र चार ।
11863 चवालिसौं वि . गणनाका क्रमले चवालिसको सङ्ख्याको ।
11864 चवालीस ना. हे. चवालिस |
11865 चवालीसौं वि . हे. चवालिसौं ।
11866 चषक ना. सुरापात्र रक्सी पिउने भाँडो, प्याला ।
11867 चसक ना. मानसिक वा शारीरिक पीडा ।
11868 चसक्क क्रि.वि. १. रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी ।
11869 चसक्क क्रि.वि. २. कुनै पनि तिखो वस्तु दुख्ने गरी बिकेर ।
11870 चसक्क क्रि.वि. ३. नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी ।
11871 चसाइ ना. चास्ने क्रिया वा प्रक्रिया |
11872 चसाइनु क.क्रि. चास्ने काम गरिनु ।
11873 चसाउनु प्रे. क्रि. चास्न लगाउनु, चासिने पार्नु ।
11874 चस्कनु अ.क्रि. चसक्क हुनु वा दुख्नु, बिझाउन चस्किनु।
11875 चस्को ना. चस्कने चाल, चस्का, दुखाइ, चसक ।
11876 चस्क्याइ ना. चस्किने भाव, क्रिया वा प्रक्रिया |
11877 चस्क्याहट ना. चस्क्याइ |
11878 चस्मदिद वि . कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने, प्रत्यक्षदर्शी (साक्षी, गवाही ) ।
11879 चस्मा ना. आँखासम्बन्धी रोग वा कमजोरीबाट बची त्यसलाई सुरक्षित तुल्याउन नाक र कानको अवलम्बमा दुवै आँखामा लगाइने सिसाको एक उपकरण, उपनेत्र |
11880 चस्याकचुसुक क्रि.वि. १. लगातार घोच्ने वा भनिबिझाउने गरी ।
11881 चस्याकचुसुक क्रि.वि. ना. २. जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सस्स ।
11882 चस्याकचुसुक क्रि.वि. ३. छास्सछुस्स ।
11883 चस्याकचुसुक क्रि.वि. ४. चुबुरचाबुर ।
11884 चस्स क्रि.वि. १. एकाएक तिखो रूपमा मसिनु काँडा बिने गरी ।
11885 चस्स क्रि.वि. २. अप्रिय कुरा सुन्नाले मन दुख्ने गरी ।
11886 चहक्नु अ.क्रि. १. चम्कनु, जगमगाउनु ।
11887 चहक्नु अ.क्रि. २. भित्रैदेखि प्रसन्न भएर रवाफिलो व्यवहार गर्नु ।
11888 चहक्नु अ.क्रि. 3. चिरबिराउनु, चहचहाउनु ।
11889 चहक ना. १. प्रकाश; उज्यालो टलक ।
11890 चहक ना. २. तेज कान्ति |
11891 चहकदार वि . १. टलकदार, चहक भएको, चम्किलो ।
11892 चहकदार वि . २. उज्जर; उज्यालो (कपडा आदिको रङ वा बुट्टा)।
11893 चहकमहक ना. १. चमकदमक सौन्दर्य शोभा ।
11894 चहकमहक ना. २ आनन्दमय वातावरण |
11895 चहकाइ ना. चहकिने भाव, क्रिया वा प्रक्रिया ।
11896 चहकाइनु क.क्रि. चहकिन लाइनु ।
11897 चहकाउनु अ.क्रि. १. चहकिलो हुनु ।
11898 चहकाउनु अ.क्रि. प्रे. क्रि. २. चहकिने पार्नु वा पार्न लगाउनु ।
11899 चहकिनु अ.क्रि. चहकनु, जगमगिनु ।
11900 चहकिलो वि . चहक भएको; चहकदार ।